
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २२ साउन । भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्रायाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ । भारत सरकारको निर्णयसँगै प्रस्तावित ‘गार्खाल्यान्ड’ प्रति सरकारको ध्यानाकर्षण गर्न विभिन्न राजनैतिक दलका नेताहरु सक्रिय बनेका छन् । सोमबार बोडोल्यान्ड पिपुल्स फ्रन्टका सांसद विश्वजित दैमारीलगायतले राज्यसभामा गोर्खाल्यान्ड लगायत बोडोल्यान्ड राज्य गठन हुनुपर्ने माग गरेका छन् । भूमिगत नेता विमल गुरुङले प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रलाई पनि केन्द्र अधीनस्थ राख्नुपर्ने माग गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
मोरङ, २१ साउन । मोरङको लेटाङ नगरपालिका–६ घुम्तिमा आज बिहान भएको आगलागीमा परी ३ घर जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । बिहान ५ स्थानीय मेशबहादुर बिकको भान्सा घरबाट अचानक आगलागी शुरु भई बिकको भासा घर, छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २–२ तले घर तथा घर भित्र रहेको सम्पूर्ण समान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, नेपाली सेना, बारणयन्त्र तथा स्थानीयवासी समेतको सहयोगमा बिहान ५ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ भने कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको…
बनियानी, २१ साउन । झापाका विभिन्न स्थानमा सोमबार चार जनाको शव फेला परेको छ । झापाको दमक, हल्दिबारीमा एक÷एक र कनकाईमा दुई जनाको शव फेला परेको हो । दमक–४ अर्नाखाडीस्थित धान खेतमा दमक तारावारी स्थितमा डुलि हिँड्ने मानसिक सन्तुलन ठिक नभएको नाम ठेगाना नखुलेको करिब २२ वर्षीय पुरुष शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि मोरङ मंगलबारे पठाएको जनाइएको छ । त्यस्तै, झापा हल्दिबारी गाउँपालिका–३ जम्बाजोमा खोल्सामा सोही स्थानका ४५ वर्षीय शुकबहादुर फागोको शव फेला परेको छ । खोल्सामा…
बिर्तामोड, २१ साउन । झापाको भद्रपुरमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट भद्रपुर–१ का ७२ वर्षीय पदम बहादुर प्रधानको मृत्यु भएको हो । सर्पले टोकेपछि प्रधानलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ उपचार हुन नसकी थप उपचारको लागि बि.एण्ड सी. अस्पताल ल्याएकोमा अस्पताल ल्याई पु¥याउनु अघि नै मृत्यु भइसकेको भनी डाक्टरले जानकारी गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
उदयपुर, २१ साउन । उदयपुरको त्रियुगा नगरपालिका–६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् । सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
विराटनगर, २१ साउन । उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् । झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाटतर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका-६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका-६ का सदहरुल मिया, निजको छोरी २८ बर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, बर्ष ४० की सहिपुन खातुन, बर्ष ७५ की हजरा खातुन, त्रियुगा नगरपालिका-१२ की ३२ बर्षीय अम्बिका बि.क. र निजको छोरा ११ बर्षीय अशोक बि.क. घाईते भएका हुन् । घाईते सबैजनाको जिल्ला अस्पताल…
काठमाडौं, २१ साउन । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन । नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बताए । ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१’ अनुसार भोगाधिकार प्राप्त संस्थाले तेस्रो पक्षलाई सरकारी जग्गा दिए…
काठमाडौं, २१ साउन । भारत प्रशासित उत्तरी राज्य जम्मु–कस्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्दै सो राज्यलाई दुई टुक्रामा विभाजन गरिएको छ । राष्ट्रपति रामनाथ कोविन्दले जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्न व्यवस्था गरिएको भारतको संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ खारेज गरेको सूचना जारी गरेकोबारेको जानकारी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशको माथिल्लो सदन लोकसभालाई गराएसँगै यो विषय बाहिरिएको थियो। भारतको संविधानको धारा ३७० लाई अति नै संवेदनशील मानिन्छ किनभने सोही धाराले मुसलमान बाहुल्य रहेको उत्तरी राज्य जम्मु–कस्मिरको महत्वपूर्ण स्वायत्तता प्रदान गरेको थियो। भारत सरकारले जम्मु–कस्मिरका बासिन्दाबाहेक अन्यले सो क्षेत्रमा सम्पत्ति किन्न नपाइने यसअघिको प्रतिबन्ध पनि फुकुवा गरेको छ।…
काठमाडौं, २१ साउन । सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानी)ले आर्थिक वर्ष ०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बोरोरेको छ । आर्थिक वर्ष २०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष २०७३/०७४ मा भने निममले २४ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले २०७५÷०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५…
झापा, २१ साउन । राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए । तर उड्ने बेला यी अन्तरेका ठाउँमा अरु कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो थाहा भयो । ‘म भुटानको दागाना जिल्लाबाट बुबाआमाका पछि लागेर सन् १९९२ मा बेलडाँगी शिविर आइपुग्दा ११ वर्षको थिएँ,’ बेलडाँगी शिविरमा भेटिएका थपाले सुनाए, ‘यतै पढियो, बढीयो । शरणार्थी दर्ता र प्रमाणीकरणमा पनि परें । घरफिर्तीको कुरा सुरु हुँदै गर्दा बाबु लालबहादुर यही शिविरमा सन् २०१२ मा वित्नुभयो ।’ बीचमा मोतीलाल भारतको मणिपुर गएर गाईपालनमा लागे । सन् २०१५ को…