
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ साउन । वैदेशिक रोजगारीका लागि विदेशिने युवाको पक्षमा देखिनेगरी अनेकौं महत्वाकांक्षी निर्णय गनेर्, तर कार्यान्वयनमा तदारुकता नदेखाउने सम्बद्ध निकायको प्रवृत्तिका कारण वैदेशिक रोजगारको क्षेत्रमा सुधार हुन सकेको छैन । हरेक पटक सरकार परिवर्तन भएपिच्छे फेरिने श्रम मन्त्रीहरूले वैदेशिक रोजगारलाई मर्यादित एवम् पारदर्शी बनाउने, कामको खोजीमा विदेशिने युवालाई सर्वसुलभ ढङ्गले पढाउने लगायतका निर्णय गरे पनि कार्यान्वयनमा तदारुकता नदेखाउँदा विदेशिने युवा ठगिने क्रम बढ्दै गएको छ । श्रममन्त्रीहरूले आफूले गरेका निर्णय कार्यान्वयन गराउन नसक्दा म्यानपावर व्यवसायी ठग र झुठा, सरकार असफल र कामदार पीडित बन्न पुगेका छन् । तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले २०७१ साल माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारसँगको आर्थिक…
बिर्तामोड, २५ साउन । प्रजातन्त्र सेनानी टुङ्गबहादुर बस्नेतको ९७ वर्षको उमेरमा निधन भएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत रहेका उनको शुक्रबार विहान बिर्तामोडमा निधन भएको हो । बस्नेत नेपाली कांग्रेसका निष्ठावान अभिभावक थिए । समाजसेवी बस्नेत केही दिनदेखि अस्वस्थ्य थिए । पूर्णटुङ्ग बिर्तासिटी अस्पतालका संस्थापक एवम् संरक्षक बस्नेतको निधन भएको हो । टुङ्गबहादुर बीरता जेसीजका संस्थापक, संरक्षक गोपालकुमार बस्नेत, पूर्व अध्यक्ष जितेन्द्रकुमार बस्नेत र श्याम बस्नेतका पिता हुन् । उनको शुक्रबारै कनकाई माई सुरुङ्गामा दाहसंस्कार गरिएको छ । बस्नेतलाई बिर्तामोडको अभिभावकको रुपमा हेर्ने गरिन्थ्यो । बस्नेतको पार्थिव शरीरमा कांग्रेस नेताहरु पूर्वमन्त्री केशवकुमार बुढाथोकी, पूर्व सांसद् डिल्ली सिटौला र…
भद्रपुर, २५ साउन । मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाले विसं २०६७ असार १४ गतेको फैसलाअनुसार नौ वर्ष कैद र पाँच लाख ३० हजार जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । त्यसैगरी, कनकाई नगरपालिका–२ जामुनखाडीका ६७ वर्षीय उदयनारायण गिरी र उनका ४० वर्षीय छोरा रनबहादुर गिरीलाई १३.८० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको छ । गिरीको घरको दराजमा…
कनकाई, २५ साउन । झापा क्षेत्र नम्बर–४ मा सबैभन्दा बढी क्षेत्रफल भएको बहु उपयोगी सामुदायिक भवन निर्माण भइरहेको छ । कनकाई नगरपालिका–१ मा निर्माणाधिन ८ सय स्क्वार मिटर क्षेत्रफलमा रहेको नर्वदेश्वर सामुदायिक भवनको शुक्रबार छत ढलानको काम सम्पन्न भएको हो । नर्वदेश्वर शिवालय संरक्षण समितिद्वारा ०७३ सालमा लगाइएको स्कन्द पुराणमा सङ्कलित रकमको बचतबाट सुरुवात गरिएको उक्त भवनको करिव ६० प्रतिशत काम सम्पन्न भएको छ । कनकाई नगरपालिका कार्यालय नजिकै रहेको ०–४–५ धुर नीजि जमिनमा निमार्णधिन रहेको भवनमा अहिलेसम्म करिब ७५ लाख भन्दाबढी रकम खर्च भइसकेको निर्माण समितिका संयोजक उमाप्रसाद सिटौलाले जानकारी दिए । नर्वदेश्वर शिवालय संरक्षण समितिकै पहलमा निर्माण हुँदै…
सान नेपाल गौरादह, २५ साउन । गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्ताहरुको हितलाइ ध्यानमा राख्दै अनलाइन विलिङ प्रणाली शुरु गरेको छ । अनलाइन विलिङ प्रणालीको सुरुवातसंगै आगामी दिनमा उपभोक्ताले लाइनमा बसेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । अनलाइन विलिङ शुरूवात भएसंगै उपभोक्ताहरु हर्षित देखिएका छन् भने कतिपय उपभोक्तालाइ यो प्रणालीको बारेमा थाहा नहुँदा अन्योलमा परेका छन् । इ–सेवाको बारेमा जानकारी नभएमा वा उपभोक्ता स्वयंले आफ्नो बिल भुक्तानी गर्न नसकेको खण्डमा इ–सेवा प्रदायक बित्तीय संस्था बाट उक्त सेवा प्राप्त गर्न सकिने गौरादह खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारी बताउछन् । धारामा पानी घट्यो गत चैत्र महिनामा सम्पन्न निर्वाचनले गौरादह…
बिर्तामोड, २५ साउन । झापाका मधेसवादी दलका नेताहरुले प्रदेश नं. १ को नामाकरण प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर सबैको भावनाको सम्मान हुनेगरी सहमतीय प्रणालीबाट गर्नुपर्नेमा जोड दिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागी मधेसवादी दलका नेताहरुले प्रदेश सरकारले पहिचान पक्षधर नेताहरुसँग संवाद मार्फत सहमतिका आधारमा साझा धारणा तयार गरी सहमतिबाट प्रदेशको नामांकन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा समाजवादी पार्टी नेपालका झापा अध्यक्ष दिपेनवाला राईले प्रदेश नं. १ को नामाकरण गर्दा पहिचानलाई आधार मानेर गर्नुपर्ने बताए । उनले प्रदेश नं. १ को नाम ‘किरात’ वा ‘किरात–लिम्बुवान–कोचिला’ राख्दा राम्रो हुने बताए । त्यस्तै समाजवादी…
झापा, २४ साउन । झापाको भद्रपुर नगरपालिका–१० लेखनाथ चोकबाट अन्दाजी ३ लाख बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजे भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको कुर्था सुरुवाल, सर्टको टोल कपडा र सारी गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालय बुझाईएको उक्त कार्यालयले जनाएको छ ।
झापा, २४ साउन । झापाको कमल गाउँपालिका–१ का ७० बर्षीय सुर्य बहादुर थापालाई आफ्नै ३१ छोरा प्रकाश थापाले चिर्पटले हिर्काउँदा मृत्यु भएको छ । आज बिहान सवा ७ बजे घरायशी कारणले बादबिबाद हुँदा छोराले बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी चौकी तोपगाछीको प्रहरी टोलीले प्रकाश थापालाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षण लागि मंगलवारे अस्पताल पठाएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २४ साउन । सडक विभागको स्वीकृति नलिई सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन नपाइने नियम छ । तर, झापामा नियमको उल्लङ्घन भएको वर्षाैं बित्दा समेत नियमनकारी निकाय सडक विभाग बेखबर छ । सार्वजनिक सडक ऐन २०३१ लाई लत्याउँदै पूर्वको मेचीदेखि पश्चिमको सिमाना मावा खोलासम्मको ५५ किलोमिटर सडक खण्डमा स्वीकृति बिना नै राजमार्गसँग जोडिने गरी बग्रेल्ती शाखा सडक निर्माण गरिएको छ । सार्वजनिक सडक ऐनको परिच्छेद–३ को दफा १९ मा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै पनि किसिमको काम गर्न नहुने उल्लेख छ । ‘सडक विभागको स्वीकृति नलिई कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र…
काठमाडौं, २४ साउन । सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ० हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२।०७३ देखि २०७४।०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अपचलन भएको रकम चालु आव २०७६।०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आवको बजेटको ८ प्रतिशत हुन…