
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २४ साउन । जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ । पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द गर्ने निर्णय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौता एक्सप्रेस १९७६ को जुलाई २२ देखि सुरु भएको थियो । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोबीच सिमलामा भएको वार्तापछि दुई देशबीच सम्बन्ध सुधार्ने उद्देश्यले नयाँदिल्लीबाट अटारी हुँदै लाहोरसम्म रेल सेवा सुरु गरिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, २४ साउन । सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी अधिकृत, प्राधिकरणले तोकेको व्यक्ति अधिकृत वा ट्राफिक प्रहरीको कम्तीमा सहायक निरीक्षकले उक्त जरिवाना गर्न सक्ने प्रावधान विधेयकमा छ । यात्रुसँग अमर्यादित व्यवहार र भाषा प्रयोग गर्नेलाई समेत हजार देखि ५ हजारसम्म जरिवाना प्रस्ताव गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, २४ साउन । छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् । अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लागे । श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन । आजको गोरखापत्र दैनिकमा खबर…
भद्रपुर, २४ साउन । झापाको भद्रपुर–९ स्थित चन्द्रगढी दोस्रो खानेपानी तथा सरसफाई समितिको पदाधिकारी छनोटका लागि साउन २५ गते शनिबार हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच त्रिपक्षीय भिडन्त हुने भएको छ । दलीय भागबण्डामा सहमति गरी सर्वपक्षीय बनाउने भन्दै छ सदस्यीय छनोट कार्यमा कांग्रेस र नेकपाले सदस्य पद बाँडफाँड गरे पनि माथिल्लो पाँच पदका लागि सहमती नभएपछि त्रिपक्षीय भिडन्त हुने भएको हो । कांग्रेसले राजेन्द्र रिजालको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपाले चुडामणि मैनालीलाई अगाडि सारेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले रामबहादुर थापाको प्यानल खडा गरेको छ । ११ सदस्यीय समितिमा ५ पदाधिकारी तथा…
सुनसरी, २४ साउन । सुनसरीको बराह नगरपालिका–६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन् । जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा रहेको पाएको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सक सहितको टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोरङ, २४ साउन । मोरङ र संखुवासभामा तीन वटा भिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङ विराटनगर महानगरपालिका–५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर–१ का ३५ वर्षीया स्वेता सहनीको मृत्यु भएको छ । हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको ल्ीण्ज्ञीछज्ञघछ नम्बरको भारतीय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किँदै गरेको साइकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सहनीको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुर बस्ने ३३ बर्षीय मो. सम्सुललाई उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।…
बनियानी, २२ साउन । झापामा थुनुवा भेट्न आएका एक जना लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवा भेट्न आएका बिर्तामोड–१ का २४ वर्षीय विशाल शाक्य लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नाउब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । जबरजस्ति करणी मुद्दाका एक थनुवालाई भेट्न शाक्य मंगलबार राति ८ः४५ बजे इप्रका अनारमनी गएका थिए । शाक्यलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्लेड एक थान, ०.१७ मिलिग्राम ब्राउन सुगर र ०.६९ मिलिग्राम गाँजा फेला परेको उहाँले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका शाक्यलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
उदयपुर, २२ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ बाट नेपाली १००० दरका नक्कली नोट सहित १५ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १ हजार दरको नेपाली नोट लिएर स्थानीय एक पसलमा किराना सामान किन्न गएका बालकले पसलमा दिएको नोट शंका लागि चेक गर्दा नक्कली जस्तो देखिएपछी किराना पसल संचालकले ईलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए । खबर प्राप्त भए लगत्तै घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले स्थानीय १५ बर्षीय बालकलाई १ हजार दरका ४१ थान नक्कली नोट सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेका बालकको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
मोरङ, २२ साउन । मोरङको बेलवारी नगरपालिका(११ मा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् भने करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ । मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बिक र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगलागीमा परी दिल कुमारी लिम्बुको ४ वटा बाख्रा…
भारतको हरियानाका किसानहरुले एउटा अनौठो तथा नौलो प्रयोग सुरु गरेका छन् । त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि निकै रोचक उपाय अपनाएका छन् । किसानहरुले बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेका छन् । पानीमा मिलाएर बालीनालीमा रक्सी छर्किने यो विधि अनौठो त छँदैछ, यो विधि कति सफल होला रु त्यो पनि हेर्न बाँकी नै छ । तथापि किसानहरु भने बालीनालीलाई मदिरा शेचन गर्ने विधि निकै सफल हुने विश्वासमा छन् । कृषि वैज्ञानिकहरुले भने यस्तो विधिलाई किसानहरुको भ्रम भनेका छन् । बालीनालीमा रक्सी छर्किनाले कुनैपनि किटाणु नमर्ने उनीहरुको भनाई छ । किसानहरुलाई भ्रममा…