झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ साउन । चट्याङले हानेर झापा र इलाममा ४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजे इलामको चुलाचुली गाउँपालिका–३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ । त्यसैगरी, झापाको बाह्रदशी गाउँपालिका–६ का २६ वर्षीया सुनिता मुर्मु, ४५ वर्षीया माइन सोरेन र ३४ वर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाईते भएका हुन् । घाइतेहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ४ साउन । झापाको बाह्रदशी गाउँपालिका–३ चकचकीका २८ बर्षीय मोहमद रियाज नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राति साढे ९ बजे रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, ३ असार । प्रदेश नं. १ अन्तरगत भिन्न–भिन्न घटनामा खोटाङ, सुनसरी र सोलुखुम्बुमा एक÷एक जनाको मृत्यु खोटाङको हलेसि तुवाचुङ नगरपालिका–७ का ४० बर्षीय गणेश बि।क।को भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ५ बजे घरबाट दुध बेच्न भनी हलेसी बजार तर्फ हिडेका बि।क। दुध बेचेर फर्कने क्रममा बाटोमा रहेको तारेभिरबाट अचानक लडी करिव २०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै, सोलुखुम्बुको दुधकुण्ड…

Read More

द्रोण अधिकारीभद्रपुर, ३ साउन । झापाको कचनकवल गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क घोषणा गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कक्षा–१२ सम्मको शिक्षा निःशुल्कको घोषणा गरेको हो । त्यस्तै, गाउँपालिकाले आगामी आवका लागि ४७ करोड ६० लाख विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक श्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजश्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार, शसर्त अनुदान १६ करोड ३४ लाख, तराइ मधेस समृद्धि कार्यक्रम अन्र्तगत एक करोड, पूर्वाधार विकास कार्यक्रम २ करोड ५० लाख र अन्य…

Read More

मेचीनगर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताउनुभयो । भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व सङ्कलन हुने लक्ष्य राखेको थियो । उक्त आवमा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार मात्र राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताउनुभयो । यो रकम…

Read More

झापा, ३ साउन । झापाको बाह्रदशी गाउँपालिका(३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् । असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पश्चात बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Read More

सुनसरी, ३ साउन । सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेको पानीको खाल्डोमा पर्दा मोटरसाईकल चालक गढी गाउँपालिका–६ का ३० बर्षीय राजेश्वर मण्डल घाईते भई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका–६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम…

Read More

काठमाडौं, १ साउन । नेपाली चर्चित गायक लोकगायक बद्री पंगेनीवि बेला–बेलामा विवादमा आइरहने व्यक्तिमा पर्छन् । पछिल्लो समय भने उनलाई निकै ठुलो र गम्भीर आरोप लागेको छ । उनलाई अहिले ज्यान मार्ने धम्कि दिएको आरोप लागेको छ । काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौमा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्कीको उजुरी परेको हो । काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मार्ने धक्की…

Read More

मुम्बई, १ साउन । भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् । भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी रहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ । उक्त भवन मंगलबार बिहान ११ बजे भत्किएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । स्थानीय महानगरले उक्त भवनलाई सन् २०१७ मा तत्काल भत्काउने गरी ग वर्गमा वर्गीकरण गरेको थियो । मुम्बईमा पुराना भवनहरु भत्किएर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको…

Read More

मोरङ, १ साउन । मोरङको बिराटनगर महानगरपालिका(१५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान(६ का ३१ बर्षीय पुर्ण थापा मगरलाई चिनी र चना भित्र लुकाई छिपाई ल्याउँदै गरेको डाईजोल्याब १०० ऐम्पुल , लुपिजेसिक ९९ एम्पुल , एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More