झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सान नेपाल गौरादह, २२ भदौ । झापाको गौरादह–४ मिलनचोक स्थित थामी डाडामा निर्माणाधिन अवस्थामा रहेकोे सत्सङ्ग भवन आर्थिक अभावका कारण निर्माणकार्य स्थगित भएको छ। ऐतिहासिक रूपमा परिचीत उक्त क्षेत्रमा नेपाल मानव धर्म सेवा समितिले सन्तमहात्मा आवास ९आश्रम० सहितको सत्सङ भवन निर्माण गर्न लागेको हो । पहिलो तलामा फराकिलो सत्सङ्ग हल संगै दुईवटा कोठा रहनेछन् र माथिल्लो तलामा सन्त आवासको लागि ४ वटा कोठा रहनेछन्, संस्थाका सचिव कर्ण श्रेष्ठले भनें । २०४३ साल देखि नेपाल मानवधर्म सेवा समितिले सत्संङ्ग प्रवचन र भजन किर्तन नियमित रूपमा हुँदै आएको पाइन्छ । बि। सं। २०४५ साल तिर सानो आश्रम भाटाले बेरेर निर्माण गरिएको थियो,…

Read More

भद्रपुर, २२ भदौ । भद्रपुर–१० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औँ वार्षिक साधारण सभाको अवसर पारेर पूर्वकर्मचारीसहित ४ जनालाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा सहकारी निरीक्षक वशिष्ठ अधिकारीको प्रमुख आतिथ्यमा चन्द्रगढी स्थित विपि चौकमा रहेको दुर्गा पञ्चायन मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा पूर्व व्यवस्थापक मञ्जु खतिवडा अधिकारी सहित उत्कृष्ट बचत कर्ता अरूणा शर्मा तथा असल ऋण कारोवारी सदस्य मदन खतिवडा र उत्कृष्ट सञ्चालक प्रकाश निरौलालाई सम्मान गरिएको हो । पुरूष १९६, महिला १२३ र अन्य ३ जना गरी ३२२ जना शेयर सदस्य रहेको संस्थाले गएको आर्थिक वर्षमा २ करोड ६१ लाख २७…

Read More

बिर्तामोड, २२ भदौ । मिस तामाङ प्रदेश नं. १ का प्रतियोगीहरुको फेसन शो हुने भएको छ । यही भदौ २४ गते हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल तामाङ घेदुङ उर्लाबारीको आयोजनामा हुन गइरहेको मिस तामाङका सहभागी किशोरीहरुले कार्यक्रममा फेसन शो गर्नेछन् । सोही कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामा र साउथ एसियन स्टार असुसेन लामाले सांगीतिक प्रस्तुति दिनेछन् । मिस तामाङको फिनाले भने भदौ २८ गते धनकुटाको हिलेमा हुनेछ । कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राई रहने आयोजकका फुर्वा लामाले जानकारी दिए ।

Read More

बिर्तामोड, २१ भदौ । बिर्तामोडको देवी माध्यमिक विद्यालयमा सगरमाथा टिन्स क्लब गठन भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ को कार्यक्रमअन्तर्गत विद्यालयमा टिन्स क्लब गठन गरिएको हो । कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुबाट सो क्लब गठन गरिएको विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । उक्त क्लबको समितिको अध्यक्षमा अशेष बुढाथोकी, उपाध्यक्षमा प्रभात मिश्र, निहारीका ताम्लिङ, सचिव प्रज्ज्वल संग्रौला, कोषाध्यक्ष गोमा तामाङ चयन भएका छन । १५ सदस्यीय उक्त क्लबका सदस्यहरुमा विनिषा गुरुङ, शितल गुरुङ, किरण गौतम, रश्मि मुर्मू, रविना बुढाथोकी, मनिष सुनार, जगत बुढाथोकी, जमुना विक, सवा फिरिदोस अन्सारी र तेजु सिंह चयन भएको…

Read More

भद्रपुर, २१ भदौ । भद्रपुरस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले साप्ताहिक वरूणकी सम्पादक माया पकुवाल सहित दर्जन बढी व्यक्तिलाई सम्मान गरेको छ । भद्रपुर ५ स्थित मोहपाल धर्मशालामा आयोजित संस्थाको सातौँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कार्य गरेवापत उनीहरूलाई सम्मान गरिएको हो । समृद्धि साकोस उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यस वर्ष वरुण साप्ताहिककी सम्पादक माया पकुवाललाई सम्मानपत्रसहित पुरस्कृत गरिएको छ । महिला सम्पादक पकुवाललाई नगद ५ हजार एक सय रुपैयाँसहित पुरस्कृत गरिएको हो । त्यस्तै वर्ष उत्कृष्ट कर्मचारीतर्फ रेणु धमलालाई नगद ३ हजार र रविना थापा मगरलाई नगद २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको हो । त्यसैगरी वर्ष उत्कृष्ट ऋणी…

Read More

इलाम, २१ भदौ । इलामको रोङ गाउँपालिका–१ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् । शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थानबाट तिनघरे इलामतर्फ बाँस लोड गरी आउँदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अन्दाजी ७० मिटर तल खसी दुर्घट्ना भएको हो । दुर्घटनामा झापाको बुद्दशान्ति गाउँपालिका–५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपालको गाडीमुनि चेपिएर मृत्यु भएको छ भने बर्ष ३२ को नरेन्द्र खड्का र बर्ष २५ को रमेश चौहान घाईते भएका छन् । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरीको…

Read More

झापा, २१ भदौ । झापामा बोक्सीको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–२ की ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले गत १९ गते रातको पौने ११ बजे स्थानीय २२ वर्षीया महिलालाई बोक्सीको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै उक्त महिलाले २० गते बिहान ८ बजेको समयमा प्रहरीमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २१ भदौ । पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् । ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता…

Read More

झापा, २१ भदौ । पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए । विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ । उनका अनुसार यो…

Read More

झापा, २१ भदौ । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रुप लिएपछि किशोरी डिप्रेसनमा गएकी छिन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More