
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १५ साउन । सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टी्भित्र दुई खेमा देखिएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्वएमाले र माओवादीेका प्राध्यापकलाई नियुक्ति गर्ने आन्तरिक तयारी गर्नुभएको छ । अबको २० दिनपछि अर्थात भदौ ५ गतेदेखि त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति रिक्त हँुदै छ । विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणबाट फर्किएपछि कुलपति छनोट…
काँकरभिट्टा, १५ साउन । झापा मेचीनगर नगरपालिका –११ का वडाध्यक्ष सन्तोष मेचेले आफ्नो नाममा देखिएको बेरुजु रकम फिर्ता गरेका छन् । वडाध्यक्ष मेचेले सोमबार नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा रहेको नगरपालिकाको खातामा बेरुजु देखिएको ६५ हजार रुपैयाँ जम्मा गरेका हुन् । वडाध्यक्ष मेचेका अनुसार बैंकमा रकम जम्मा गरी त्यसको भौचर नगरपालिकाको लेखा शाखामा बुझाइएको छ । सुरुमा नगरसभाले निर्णय गरेर लिएको सेवा सुविधामा प्रदेश कानूनले तोकिदिए भन्दाबढी भएको रकम महालेखाले बेरुजु देखाए पनि नैतिक रुपमा पनि उक्त रकम जनप्रतिनिधिले फिर्ता गर्नु पर्छ भनेर नै मैले आफ्नो नाममा देखिएको रकम फिर्ता गरेको वडाध्यक्ष मेचेले बताए । यस अघि मेचीनगर ६ का…
बिर्तामोड, १४ साउन । झापाको बाह्रदशी गाउँपालिकामा आज एक बालकको शव फेला परेको छ । बाह्रदर्शी–२ का रोहित मलिकका ११ वर्षीय छोरा सागर मलिकको बिरीङ खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो सोही स्थानका १२ वर्षीय बादल मलिक र सागर साइकलमा खेल्न भनी हिँडेका थिए । साँझसम्म घर नफर्केपछि खोज तलासका क्रममा आफन्तले सोही स्थानको घाग्रा खोलाका किनारमा साइकल र कपडा फेला परेको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराएपछि खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान ८ः४५ बजे बाह्रदर्शी–१ स्थित बिरीङ खोलामा सागरको शब फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
रियो दि जेनेरो, १४ साउन । ब्राजिलको जेल भित्र भएको झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ। यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन्। पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ । स्थानीय समयानुसार सोमबार बिहान करिब ७…
भोजपुर, १४ साउन । भोजपुर रामप्रसाद राई गाउँपालिका ६ वैकुण्ठे थापा टोल बस्ने प्रकाश थापाको ४ बर्षीय छोरा प्रमिश थापाको पानीमा डुबेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे घर देखी ५ मिनेटको दुरीमा खेल्दै जाने क्रममा गाई बस्तुलाई खुवाउनको लागि बनाएको पानीको आहालमा डुबेर बालकको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी मानेभञ्ज्याङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिर्तामोड, १४ साउन । पाँचथर फाल्गुन्नद गाउँपालिका–५ का ४८ वर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खाँदा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी दुबै जान बिरामी भएका थिए। सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ भनि सुनिताको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
काठमाडौँ, १४ साउन । भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको जनाइएको छ । भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि उक्त क्षेत्रमा करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ । काश्मिर क्षेत्रमा पछिल्ला बर्षहरूमा विद्रोहीहरूका गतिविधि बढेको भारतीय बुझाई छ भने भारतको सर्वोच्च अदालतले गत बर्ष काश्मिरसम्बन्धी एउटा मुद्दामा सुनुवाई शुरू गरेपछि स्थानीयहरूमा उनीहरूमा निहित विशेषाधिकार गुम्नसक्ने त्रास बढेको बताइएको छ । अधिकारीले भनेका छन्, “सैनिक दस्ताको तैनादी…
कन्नड एक्टर यश स्टारर ‘केजीएफ च्याप्टर १’ फिल्मलाई साउथमा मात्र नभएर संसारभर निकै रुचाइएको थियो । ८० करोडमा निर्माण भएको फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो । फिल्मका लेखक तथा निर्देशक प्रशान्त नील हुन् । यसको दोस्रो च्याप्टरको छायांकन सुरु भइसकेको छ । फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । सम्भवतः यो फिल्म अर्को वर्षको मध्यरतिर प्रदर्शनमा आउनेछ । यसबीच, ‘केजीएफ च्याप्टर २’ मा बलिउड सुपरस्टार सञ्जय दत्तको प्रवेश भएको छ । फिल्म समीक्षक तरण आदर्शले एक ट्वीट गर्दै यसको जानकारी दिएका छन् । फिल्ममा सञ्जयले ‘अधीरा’ नामक चरित्र निभाउने छन्, जुन यो फिल्मको प्रमुख भिलेन हो । आइतबार उनले मुठी…
काठमाडौं, १४ साउन । गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् । राष्ट्रिय सभा अन्र्तगत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले निर्मला हत्याकाण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतीलाई नै बिस्थापित गर्दे नयां शुत्र लगाएर अनुसन्धान प्रकृया अगाडि बढाउन लागेको जानकारी दिए । २०७५ साउन १० गते कन्चनपुरको उल्टाखाममा पन्तको बलात्कारपछि हत्या भएपछि उक्त मुद्धा अन्तराष्ट्रिय करण हुनुको साथै सरकारमाथि पटक पटक दवाव परेको थियो । उक्त हत्याकाण्डमा कुनै पनि ठुला भनिएका ब्यक्तिलाई जोगाउन कुनै प्रकारको षडयन्त्र नभएको बताए । उक्त घटनामा संलग्न रहेका जतिसुकै हाई प्रोफाईलका मान्छे संलग्न…
काठमाडौँ, १४ साउन । बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई ललाइफकाई सामूहिक बलात्कार गरेको आरोप छ । घटना बाहिरिएपछि गाउँमै समाजको पञ्चायत बसेर स्थानीयले असार २६ मा मिलापत्र गराएका थिए । रोमनका बाबु चेतबहादुर मगरलाई किशोरीको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ साउन ६ भित्र दिनुपर्ने भन्दै सहीछाप गराएर पञ्चले…