
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १४ साउन । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५÷७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस ९टिपिएस० दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन् । यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन् । राष्ट्र बैंकको गत आवको ११ महिना (साउन–जेठ)को तथ्यांकअनुसार बढी…
काठमाडौं, १४ साउन । विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । आर्थि वर्ष २०७५/७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन् भने २०६८–६९ मा १० हजार ३२४ जनाले लिएका थिए । ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’ शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले परामर्शदातासँग भने, ‘तपाईँहरुले जस्तोसुकै कलेज र युनिभर्सिटीमा विषय अमिल्दो किसिमले परामर्श दिनुहुन्छ भन्ने छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
सुनसरी, १४ साउन । भारतको अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० बर्षीय बिकेशकुमार राय १२ केजी लागु औषध गाँजा सहित पक्राउ परेका छन् । हिजो साँझ ७ बजे सुनसरी बर्जु गाउँपालिका–३ केशलिया खोला छेउ नेपाल भारत जोडने बाटोमा चेकीङमा खटिएको प्रहरी टोलीले रायलाइ नियन्त्रणमा लिई निजले बोकेको दुई वटा कालो ब्याग चेँकजाच गर्दा सिलप्याक गरेको १÷१ केजी को १२ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै रायको साथमा भएको २ वटा मोबाईल समेत बरामद गरी उनि उपर लागू औषध गाँजा मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट १५ दिन को म्याद थप अनुमती लिई अनुसन्धान अगाडी…
मोरङ, १३ साउन । नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाँउपालिका–१ बस्ने २० बर्षीय सुरज कामत पक्राउ परेका छन । साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका थिए । फरार रहेका कामतलाई हिजो बिराटनगर १ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैयाँ र १ लाख ५ हजार पर्ने १ थान सामसुङ मोबाइल समेत बरामद गरिएको साथै उनी उपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, १३ साउन । झापा कन्काई नगरपालिका–२ सेल्फीडाँडाका १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे सोही स्थानमा रहेको टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लाग्दा उपचारको क्रममा किस्कुको १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ ।
सुनसरी, १३ साउन । धरान उपमहानगरपालिका–८ स्थित तिनकुने चोकबाट २३ वर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ साढे ५ बजे अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले सवारी–साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट धरानतर्फ आउँदै गरेको यात्रु बाहक बस रोकी बसमा सवार धरान २ बस्ने साहीलाई नियन्त्रणमा लिएको हो । साहीले बोकेको झोलामा खानतलासी गर्दा सो झोला भित्र लुकाई छिपाई राखेको लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल, डाईजेलाभ ७३ एम्पुल लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका साही उपर कानुनी कारबाही अगाडी बढाइएको साथै थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ…
काठमाडौँ, १३ असार । नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्र विवाद रहेको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि यसअघि बसेको सचिवालय बैठकले कार्य्विभाजनको टुंगो लगाउन सकेको थिएन । दुई नेताबीच विवाद बढेपछि पार्टी्भित्र आधा दर्जनभन्दा बढी नेताहरुले स्कुल विभागको दावी गरेका छन् । स्कुल विभागको विवाद…
काठमाडौँ, १३ असार । नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा सप्तकोसी उच्च बाँध परियोजना अघि बढाउन नसकिने भन्दै विराटनगरस्थित संयुक्त कार्यालयलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उठाएको थियो । भारतीय पक्षले भने कार्यालयलाई निरन्तरता दिँदै परियोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, १३ असार । आगामी तीन दिन अर्थात् बुधबारसम्म छिटफुट वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को अनुमान छ। मौमस पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आउने तीन दिनसम्म देशभर बदली तथा छिटफुट वर्षा त हुन्छ तर त्यस्तो बाढी–डुबान हुने गरी वर्षा हुने सम्भावना छैन। ‘तर पहाडी भेगमा पहिलेकै वर्षाले जमिन गलेकाले सानो पानी पर्दा पनि पहिरो जान सक्छ,’ उनले नेपालखबरसँग भने, ‘त्यसकारण त्यस्ता क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन जरुरी छ।’ उनका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालभन्दा धेरै दक्षिण रहेकाले आगामी तीन दिन त्यस्तो ठूलो पानी पर्ने सम्भावना नरहेको हो। तर सानातिना र छिटफुट वर्षा भने जारी…
काठमाडौँ, १३ साउन । तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा कार्यरत घरेलु नेपाली महिला कामदारलाई भेट्दै नभेटी श्रम स्वीकृतिमा रोक लगाउन सरकारलाई निर्देशन दिएको पाइएको छ । स्थलगत अध्ययनमा गए पनि समितिले नेपाली दूतावासमा भेटिएका केही पीडित महिलासँग मात्र कुराकानी गरेको पाइएको हो । समितिको निर्देशनपछि सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको थियो, जसका कारण वर्षौंदेखि खाडीमा घरेलु कामदारका रूपमा कार्यरत लाखौं पुरुष र महिला प्रभावित भएका छन् । करिब एक लाख ३९ हजार घरेलु कामदार रोजगार गुम्ने डरले कम्तीमा अढाई वर्षदेखि घर आउन पाएका छैनन् । स्वदेश फिरेका कामदार पुरानै रोजगारदाताको घरमा पुनः…