झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए । उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरुको खोजी गरिने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामको वार्षिक समीक्षा सुरु गरेका छन् । उनले नयाँ आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा चालु आर्थिक वर्षको मन्त्रालयगत कार्ययोजनाको प्रभावकारिता बुझ्न बिहीबार प्रगति विवरण लिएका छन् । प्रधानमन्त्री ओलीले ६ घण्टा बसेर १८ वटा मन्त्रालयको वार्षिक प्रगतिको ब्रिफिङ लिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीलाई विवरण सुनाएका थिए । अधिकांश प्रतिवेदनमा एक वर्षको प्रगति विरण उल्लेख छ । सबै मन्त्रालयको ब्रिफिङ सकिएपछि शुक्रबार प्रधानमन्त्रीले आफ्नो धारण राख्नेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २७ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ । कांग्रेसका शीर्ष नेताहरूसँग भेटघाट भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनील झाले स्वीकारे । उनले भने, ‘भेटघाटमा लोकतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यता जोगाउन मिलेर अघि बढ्नुपर्छ भन्ने कुरा भएको छ।’ साझा मुद्दा बनाएर अघि बढ्ने विषयमा…

Read More

धरान, २७ असार । बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो । त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ । सुनसरी भोक्राहा नर्सिङ–१ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी थिइन् । शल्यक्रिया गरी प्रसुति गराइएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाइृ अस्पतालमै राखिएको थियो । बुधबार बिहानसम्म उनका श्रीमान् दीपनारायण हेरचाहमा खटिएका थिए । राति भने भतिज रोशनलाई रेखदेखको जिम्मा लगाई उनी घर गएका थिए । बबिता र रोशन निदाएका बेला…

Read More

झापा, २६ असार । झापाको गौरादह नगरपालिका–८ थापा चोक स्थितमा बस्दै आएका ६ बर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ। मोरङ रतुवामाई नगरपालिका १ घर भई मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनले आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

Read More

नेपालगञ्ज, २६ असार । कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । जिल्लाको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई बलात्कार गरेका भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएको भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् । घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् । छोरीलाई…

Read More

इटहरी, २६ असार । इटहरी उपमहानगरपालिका–४ स्थित बिश्वआदर्श स्कुल छेउको नालीमा करेन्ट लागी २९ बर्षिय महेश चौधरीको मृत्यु भएको छ । सोही स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने चौधरीले राती १२ बजे नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Read More

चन्द्रकला भण्डारीभद्रपुर, २६ असार । बर्षेनी बाढीको चपेटामा पर्दै आएको झापाको सदरमुकाम भद्रपुरलाई सुरक्षित बनाउन स्थानीय सबै नदीमा पाँच करोडभन्दा बढी लगानी गरेर तटबन्ध निर्माण गरिएको छ । शिवसताक्षीस्थित जनताको तटबन्ध कार्यक्रमको १ नं फिल्ड कार्यालयले सदरमुकामका तीन वटा नदी मेची, निन्दा र देउनियामा चालु आर्थिक वर्ष २०७५÷७६ मा उक्त तटबन्धन बनाएको हो । सदरमुकाम नै बाढीको जोखिममा परेको हुँदा उच्च जोखिम भएका नौ स्थान छानेर रु पाँच करोड ५० लाखको लागतमा व्यवस्थित तटबन्ध सम्पन्न गरिएको कार्यालयका प्रमुख मेखनाथ शर्माले बताउनुभयो । तटबन्ध गरिएको एउटा स्थान भद्रपुर–३ भाङबारीस्थित मेची नदी पारिको नेपाली भूभाग पर्दछ ।सो तटबन्ध अनुगमन गर्न तटबन्धन कार्यालयका…

Read More

काठमाडौं, २६ असार । बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् । बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् । बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित भएपछि बाँदरलाई पनि भान्सामा पसेर मानिसको भातको थालै खोस्नुपर्ने अवस्था आएको छ । यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन्…

Read More

भोजपुर, २६ असार । सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए । प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने–जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरु मान्छेसँग ‘हाईहेल्लो’ गरिरहेका थिए । करिब ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट…

Read More