झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्घाखाँची, २६ असार । नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ–लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् । उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाँउपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए । आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २६ असार । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् । उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन् । बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले अन्नपूर्णलाई बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर…

Read More

काठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे । त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी कार्यक्रममा गरी ७० हजार ७७ जनशक्ति उत्पादन भएका छन् । त्रिभुवन विश्वविद्यालयमा एकै वर्षमा ७० हजार जनशक्ति उत्पादन गरेका छन् । त्रिविका त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवसको अवसरमा आयोजित त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ग्रेस लिस्ट पारित गरेको हो । त्रिविका पाँचवटा अध्ययन संस्थानबाट…

Read More

काठमाडौं, २६ असार । मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । “काठमाडौँ उपत्यकामा पूर्ण बदली छ,” उनले थपे, “अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ । ” उनका अनुसार गएको “मनसुनको न्यून चापीय क्षेत्र नेपाल र…

Read More

चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थालेकी मुना गौचनलाई चलचित्रकी नायिकाले भन्दा बढी मोडेलिङले नै फापेको छ भन्दा फरक नपर्ला । किनकि चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको भने राम्रै चर्चा भयो । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन् । त्यसै गरी विभिन्न र्याम्पमा सहभागिता जनाउँदै आएकी छिन् । तिनै क्युट मुना अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरुलाई यस्ता छन् –

Read More

मोरङ, २५ असार । मोरङको रंगेली नगरपालिका–५ आपगाछी बस्ने १२ वर्षीय प्रमोद ऋषिदेवको आज दिउँसो करेन्ट लागी मृत्यु भएको छ । आफ्नै घर छेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्था अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यस्तै सुनसरी धरान थाक्करडाँडा बस्ने ६७ बर्षिय बिर्ख बहादुर राईको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा आफ्नै घरमा रेडियो बजाउनको लागि रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा करेन्ट लागी बेहोस भएका राईको उपचारको क्रममा बीपी कोईराला स्वास्य्थ बिज्ञान प्रतिष्ठान घोपा धरानमा दिउसो मृत्यु भएको अस्थाई प्रहरी…

Read More

झापा, २५ असार । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ सिद्दीचरण राजमार्ग डडुवाडाडा स्थितमा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको काकडभिट्टाबाट सोलुतर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको मातृ भाग्यरेखा प्रालिको नाईट बस आज बिहान साढे ३ बजे आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खसि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा जनाएको छ। दुर्घटनाबाट बसमा सवार २० जनामध्ये झापा पथरियाका ४५ बर्षिय कृष्ण बहादुर बस्नेत (चालक), सोलु दुधकुण्डकी ५२ बर्षिया माया थापा र सिन्धुली कमलामाईका ३५ बर्षिय लाल बहादुर धामिको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट घाईते भएका ५ जनालाई उपचारको लागि काठमाण्डौ पठाईएको…

Read More

काठमाडौं, २५ असार । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक भएकोले त्यसलाई अन्यथा लिन नहुने बताए । ‘सीमा जोडिएका दुई मुलुकबीच आआफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारबीच पत्रहरु आउने/जाने चलिरहन्छ’ बाँस्कोटाले भने, त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वाभाविक रुपमा लिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २५ असार । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गरे । ‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकतान्त्रिक अभ्यासमा लागेको नेपाललाई समृद्ध बनाउन छिमेकी भारतको सहयोग आवश्यक छ’ राजदूत आचार्यले बताए । यसका लागि ‘रोडम्याप’ तयार पारेर भारतबाट अटुट सहयोगका लागि पूर्ण विश्वासको वातावरण तयार पार्नुपर्ने उनको धारणा थियो । भारतस्थित नेपाल राजदूतावास र नेपाल उद्योग संघ (सीएनआई) को सहयोगमा भारत–नेपाल केन्द्रले आयोजना गरेको भेलामा राजदूत आचार्यले सो विचार प्रकट…

Read More

काठमाडौं, २५ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादी परीक्षण प्रकरणमा माफी मागेका छन् । सरकारले गत २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेस्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार बिन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने सरकारी निर्णयलाई फिर्ता लिएका भन्दै चौतर्फी आलोचना भएपछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले माफी मागेका हुन् । उनले कार्यक्रममा बोल्दै पूर्वाधार तयार नभएर विषादी परीक्षण सुरु गर्ने कार्य गल्ती भएका बताए । भन्सार बिन्दुमा विषादी परीक्षण प्रयोगशाला छैन भन्ने कुरा आफूलाई जनकारी नभएको बताए ।

Read More