झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ असार । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म झापालगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ । मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा हुन्छ ।’ मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।

Read More

पाँचथर, २७ असार । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ बस्ने लोकबहादुर राईको छोरा ९ बर्षीय दिवन राईलाई खोलाले बगाउदा बेपत्ता भएका छन । आज बिहान ०९ः५० बजे दाजुसंग घरबाट विद्यालयतर्फ जाँदै गर्दा उक्त स्थानमा रहेको नुवाखोला तर्ने क्रममा दिवनलाई खोलाले बगाएको ईलाका प्रहरी कार्यालय रबिले जनाएको छ । बालकको प्रहरी र स्थानीयको सहयोगमा खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

भोजपुर, २७ असार । भोजपुर रामप्रसाद राई गाउँपालिका–७ बासिखोरा बस्ने ६६ बर्षिय जगत बहादुर राईको आफ्नै घरको गाह्रो लडी सोही गाह्रोले किच्दा मृत्यु भएको छ । २५ गतेदेखी आएको अबिरल बर्षाको कारण घरमा पानीको भेल पस्दा पिढिमा सुतिरहेका राईको गाह्रोले किची मृत्यु भएको हो । राई घरमा एक्लै बस्दै आएका र २५ गते राति के कुन समयमा उनको मृत्यु भएको भनि स्थानीयले २६ गते ईलाका प्रहरी कार्यालय घोडेटारमा खबर गर्न साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

भद्रपुर, २७ असार । भद्रपुर नगरपालिकाले न्यायिक समितिका प्रतिनिधि र जनप्रतिनिधिहरुका लागि कानुनमा भएका महिलाका अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण बुधबार सम्पन्न गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी झापाको सभाहलमा सम्पन्न अभिमुखीकरणमा लैंगिक हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिकालगायतका विषयमा कानुन व्यवसायी अधिवक्ता कविता शर्मा र वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए । नगर उपप्रमुख तथा नगरपालिकाको नययिक समितिकी संयोजक चन्द्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा न्यायिक समितिमा परेका उजुरीहरुउपर न्याय सम्पादनका क्रममा देखिएका समस्याहरुका बारे समितिका प्रतिनिधिहरुले आफ्ना अनुभव सुनाएका थिए । निकाश पाण्डेले सञ्चालन र महिला तथा बालबालिका शाखा प्रमुख…

Read More

भद्रपुर, २७ असार । बाम राजनीतिज्ञ स्व. द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापित द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालमा दोस्रो कार्यकालका लागि चन्द्रमणि पौडेल चयन भएका छन् । जिल्ला समन्वय समिति झापाको सभाहलमा बिहीबार सम्पन्न प्रतिष्ठानको पहिलो अधिवेशनले अध्यक्षमा पौडेललाई सर्वसम्मत चयन गरेको हो । पौडेलकै अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष चन्द्रा श्रेष्ठ, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिव लोकनाथ भट्टराई कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराई तथा सदस्यमा सन्तोष पोखरेल, पवित्रा महतारा, अच्युतराज पोखरेल, लक्ष्मीप्रसाद गुरागाई, कुञ्जा रुचाल, देवराज कार्की, शंकर गौतम, कौशल्या अधिकारी र सोमनाथ ओझा चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय कमिटी सदस्य नरेश खरेल, १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ, पूर्व सांसद पुष्पराज…

Read More

धरान, २७ साउन । धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनका भतिजा डा रामहरि रौनियारसहित आठ लाख घुस लेनदेन हुँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले राससलाई जानकारी दिनुभयो । उनीहरुलाई गए राति ८ बजे नियन्त्रणमा लिइएको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिशनवापत घुस बुझ्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

Read More

भद्रपुर, २७ असार । झापा जिल्लामा चक्रीय व्याजको अवैध कारोवार हुने गरेको पाइए पनि नियामकले सानो संकेत समेत पाउने गरेको छैन । स्थानीयलाई महंगो व्याजको लोभ देखाएर अवैध कारोवारीले ठग्ने नियत राखी करोडौं रकम उठाएर फरार भएपछि चक्रीय व्याजको कारोवार भइरहेको रहस्य सार्वजनिक भएको हो । महँगो व्याजको लोभ देखाउँदै लाखौं रूपैया स्थानीयबाट उठाएर झापा भद्रपुरका एक व्यक्ति वेपत्ता भएपछि जिल्ला प्रशासन कार्यालयमा ठगिको उजुरी दर्ता भएको छ । पीडितले दिएको उजुरी अनुसार सप्तरी दौलतपुर स्थायी ठेगाना भई हाल भद्रपुर–१० धनुषमोड वी पी टोल बस्दै आएका ४५ वर्षीय राजकुमार राउतले २३ जनाको करोडौं रकम लिएर वेपत्ता भएको उजुरी परेको हो…

Read More

नरेश गुरुङबिर्तामोड, २७ असार । इलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ वर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् । उनी गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेका थिए । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि अस्पताल ल्याइ पुराउँदा उनको अवस्था निकै गम्भीर रहेको उपचारमा संलग्न सर्जन डाक्टर बासुदेव बास्कोटाले बताए । हालसम्म विभिन्न गरी ९ वटा अपरेसन गरिएको र त्यसमध्ये हात, मलद्वार, मुत्रनली फुटेको थियो । उपचारमा संलग्न डाक्टर बास्कोटाका अनुसार मुत्रनलीसँगै…

Read More

भोजपुर, २७ असार । बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए । त्यसैबेला गोलीको अर्को आवाज सनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुने–देखेका कुरा गर्दैनन्–गर्न चाहँदैनन् । प्रतिबन्धित नेकपा (विप्लव समूह) का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ । कसैले केही कुरा गर्न खोज्यो भने सदरमुकामवासी केही थाहा नभएको भन्दै तर्किन्छन् । ‘को…

Read More

बिर्तामोड, २७ असार । झापासहित देशभरका २५ जिल्लामा भारी वर्षा भइरहेको छ । झापाको दक्षिणी क्षेत्रमा ‘वाटर लक’ भए पनि बस्ती पसिसकेको छैन । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भारि वर्षा भए पनि जिल्लामा आपतकालीन अवस्था नआएको बताउनुभयो । भन्नुभयो, ‘झापाको दक्षिणी बेल्टमा वाटर लक भएको छ, तर पानी गाउँ पसेको छैन ।’ पहाडमा पानी परेमात्र झापाको नदीमा पानीको वहाव बढ्ने र बाढीको जोखिम हुन्छ । तर, इलाममा पानी परिरहेको भए पनि क्षति गर्ने गरीको भएको छैन । वर्षा मापन यन्त्रले पनि खतरा हुने अवस्थाको संकेत नगरेको सभापति ढकालले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर…

Read More