झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १२ साउन । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा शनिबार साँझ ७ बजे आगलागी भएको छ । घटनाको प्रारम्भिक नतिजा अनुसार महलको तल्लो तलामा एसीको तार सर्ट भएर आगो सल्किएको इलाका प्रहरी कार्यालय बिर्तामोडको सञ्चार शाखाले जनाएको छ । साँझ ७ बजेबाट इर्की जुत्ता पसलको एसीमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपीको कमाण्डमा खटिएको प्रहरीको टोली, शनिश्चरेको शसस्त्र प्रहरी, चारआलीबाट आएको सेनाको टोली र स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको छ । आगो निभाउन बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको हो । आगलागी हनुमान…

Read More

सुनसरी, १० साउन । सुनसरीको देबानगंज कप्तानगंज सडक खण्डमा बिधालयबाट फर्कीदा पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ । हिजो १२ः०० बजेको समयमा देवानगञ्ज गापा– ५ साहटोलस्थित साहेवगंज कप्तानगंज सडक खण्डमा लिटिल गार्डेन बोर्डिङ स्कुलमा एलकेजीमाअध्ययनरत जयकृष्ण पालको छोरा वर्ष ८ को प्रिपेस पाल बोर्डिङ छुट्टी भई घर फर्कने क्रममा सडकको नालीमा जमेको पानीमा डुबेर बेपत्ता भएका थिए । बालकको मृत अवस्थामा फेला परेको थियो ।

Read More

काठमाडौं, १० साउन । निर्वाचन आयोगले आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी कार्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी लक्ष्य मिति तोक्न सरकारसंग परामर्श गर्ने बताएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्य्विधि बनाइरहेको जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘उपनिर्वाचन गराउन के के आवश्यक छ रु के कस्तो अवस्था छ भन्ने ब’झ्ने काम भइरहेको छ । ती कार्य सकिएपछि सरकारसंग परामर्श गर्ने छौं ।’ स्मरणीय छ, निर्वाचनसम्बन्धी ऐनमा सरकारले आयोगसंग परामर्श गरेर निर्वाचनको मिति तोक्ने प्रावधान छ । यस्तै आयोगले उपनिर्वाचनका लागि ७७ वटै जिल्ला निर्वाचन, जिल्ला प्रशासन र…

Read More

विराटनगर, ९ साउन । मोरङ विराटनगर महानगरपालिका १५ स्थित राम जानकी मन्दिर छेउबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान सवा ६ बजे स्थानीय ३० बर्षीय अरजिना खातुनलाई पक्राउ गरेको हो । पक्राउ परेका खातुनले झोलामा लुकाई छिपाई ल्याएको लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका खातुनलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद…

Read More

बिर्तामोड, ९ साउन । खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका – १ गोलधाप निवासी ३८ वर्षीय विरेन्द्र वुढाथोकी र कमल गाउँपालिका – ५ निवासी ६८ वर्षीय काजीवहादुर जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार वुढाथोकी आज विहानै हिँडेको र घर नफिर्किएपछि खोजी गर्ने क्रममा घर जकिकैको खेतमा जमेको पानीमा डुवेर मृत भेटिएका थिए । उता कमल गाउँपालिका–५ मा जाशीको पैनीले बगाएर मृत्यु भएको हो । घरबाट गोठ जाने क्रममा चिप्लिएर पैनीमा खसेका जोशीलाई पैनीले बगाएको प्रहरीले जनाएको छ । उनको…

Read More

लीलाराज झापालीविर्तामोड, ७ साउन । बिर्तामोडका एक व्यवसायीलाई अपरिचित केटीको नम्बरबाट फोन आउँछ । फोनबाट सुरु भएको मित्रता सामाजिक सञ्जाल इमो हुँदै माया प्रेममा पुग्छ । यो क्रममा उनीहरुबीच यौनसम्बन्धका कुरा समेत हुन थाल्छन् । उनीहरूबीच अश्लील भिडियो कल पनि हुन्छ । केटीले प्रस्ताव अनुसार भेट्न विर्तामोड पुगेका व्यवसायी १९ वर्षकी युवती देखेपछि मक्ख भए । व्यापारी केटीलाई होटलमा जाँउ भन्छन् केटीले होटलमा असुरक्षित हुने भन्दै कोठामा जान आग्रह गर्छिन । व्यापारीले केटीको आग्रहलाई नर्कान सक्दैनन् र केटीको कोठासम्म पुग्छन् । कोठमामा केटीसँग कुराकानी गर्दै गर्दा नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँछन् । ढोका खोल्दा हातमा छुरा बोकेका ती युवाले…

Read More

भद्रपुर, ७ साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको प्रथम नगर अधिवेशनले द्रोण अधिकारीको नेतृत्वमा २१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्ष विदुर ढुंगाना, सचिव खिलनाथ पाण्डे, सहसचिव विकास राजवंशी र कोषाध्यक्ष माया चौहानलाई सर्वसम्मत चयन गरेको हो । यसैगरी सदस्यहरूमा क्रमशः मिनकुमार अधिकारी, रमेश भट्टराई, देवीप्रसाद सुवेदी, मानबहादुर राई, मदनबहादुर थापा, दुर्गा घिमिरे, नुतन थापालाई सर्वसम्मत चयन गरिएको छ । बाँकी सदस्यहरू भूगोल, विद्यालयको प्रतिनिधित्व र संरक्षित कोटाका आधारमा समितिले मनोनयन गर्ने व्यवस्था सहित राखिएको छ । नगर संयोजक द्रोण अधिकारीको अध्यक्षता तथा इस्टु केन्द्रीय समितिका सदस्य…

Read More

मोरङ, ७ साउन । मोरङको जहदा गाउँपालिका(१ बुधनगरमा सोमवार पोखरीमा डुबेर १ बृद्धको मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने बर्ष ६० को किसन राजवंशीको मृत्यु भएको हो । अपरान्ह ४ बजे पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Read More

गौरादह, ७ साउन । अद्दैत संस्था नेपाल झापा जिल्ला अध्यक्ष तथा समाजसेवी व्यक्ति रत्न बहादुर श्रेष्ठ (नायाजु) लाई पत्नी शोक परेको छ । गौरादह १ ट्राफिक चोक निवासी पान कुमारी श्रेष्ठ (नायाजु) को ९० बर्षको उमेरमा काठमाडौमा रहेको आफ्नै निवासमा गत आइतबार निधन भएको हो । नायाजु दम्पतीले गौरादहका विभिन्न संघ संस्था, विद्यालय, कलेज जस्ता क्षेत्रहरूमा विभिन्न समयमा महत्त्वपूर्ण आर्थिक सहयोग गर्दै आउनुभएको छ । सहयोगी मनका धनी वहाँहरुले आफ्नै गृह निवास गौरादह–१ मा ट्राफिक भवन निर्माणका लागि जग्गा दान गर्नुभएको छ । र, उक्त जमिनमा हाल ४ कोठाको ट्राफिक भवन निर्माण भइ सञ्चालनमा आइसकेको छ । नायाजु दम्पतीले गौरादहमा…

Read More

झापा, ५ साउन । झापाको मेचीनगर नगरपालिका–६ भन्सार गेट अगाडिबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । आज दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सबार ब्यक्तिहरु लाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा चालक जिल्ला झापा कमल गाउँपालिका–४ केर्खा बस्ने ३१ बर्षीय मोहन सुबेदी र पछाडी सवार सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय युवराज गुरुङले मुखमा हाली ल्याएको ३ ग्राम ब्राउन सुगर सहित निजहरुलाई नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले…

Read More