
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २८ असार । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई लक्षित गर्दै भएको अभद्र व्यवहारप्रति दुःख व्यक्त गरेको छ । सञ्चालक परिषद्को १९औँ बैठकको समुद्घाटनका क्रममा शुक्रबार मन्त्री पण्डितमाथि प्रतिष्ठानसँग असम्बन्धित व्यक्तिले दुव्र्यवहार गरेको प्रतिष्ठानले जनाएको छ । उहाँ प्रतिष्ठानका सह–अध्यक्षसमेत हुनुहुन्छ । मन्त्री पण्डितले ‘नेपालको संविधानमा प्रत्याभूत भएका आदिवासी जनजाति, लोपोन्मुख र अतिसीमान्तकृतलगायत उत्पीडनमा परेका समुदायको हक अधिकारलाई सुनिश्चित गर्दै न्यायोचित माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको’ भन्ने भनाइ राखिरहँदा उहाँप्रति देखाइएको अलोकतान्त्रिक र अवाञ्छित गतिविधि लोकतान्त्रिक मूल्य मान्यताअनुरुप नभएको प्रतिष्ठानको ठहर छ । व्यवस्थापकीय असावधानीबस घटना हुन पुगेको र मन्त्री पण्डितमाथि पर्न…
बनियानी, २८ असार । गत २६ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश नं. १ मा ९ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन् । भोजपुरमा २ जना, खोटाङमा ३, झापा, ओखलढुंगा, इलाम र सुनसरीमा १÷१ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा सूचना समन्वय अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचथर, झापा, मोरङ र सुनसरीमा खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा.भोजपुर रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई रहेका छन् । उनको अविरल वर्षाका कारण घरले किचेर…
बनियानी, २८ असार । झापामा तीन दिनयता आएको अविलर वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न बनेको छ । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् । त्यस्तै, खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्लाको दक्षिणी गाउँपालिका झापा–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी ‘ओभर फ्लो’ भएर बस्ती पस्दा ७८ घरधुरी प्रभावित भएका छन् । घरमा पानी पस्दा स्थानीयबासीको दैनिकी कष्टकर बनेका छ । त्यस्तै, कनकाई नगरपालिका–६ स्थित विजनी खोल्साको पानी भरिएर बाँसको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका ११० घरधुरीमा पानी पसेको नेपाल रेडक्रस…
बिर्तामोड, २८ असार । झापा कनकाई–२ स्थित सुकेडाँगी सामुदायिक वनमा शुक्रबार एक पुरुषको शव फेला परेको छ । वनमा कनकाई–७ का २९ वर्षीय डिल्लीराम गौतमको शव फेला परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वनमा शव फेला परेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले मृतकको आफन्तबाट शवको सनाखत गराएका थिए । शुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानपछि आफन्तले सनाखत गरेपछि डिल्लीराम गौतम रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । यस अघि पनि यहाँका वनमा कहिले झुण्डिएको त कहिले भुइँमै लडेको अवस्थामा शव फेला परिसककेका छन् ।
काठमाडौं, २८ असार । पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतले हेटौँडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध उक्त आदेश जारी गरेको हो । उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिँदैनथ्यो । मानसिक एवम् शारीरिक लगायतका विभिन्न तनाव दिइ आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइँदैनथ्यो । गत भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने जोकोही पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ…
काठमाडौँ, २८ असार । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक छ । केन्द्रमा जेठ मसान्तसम्म ३२ सय ४ वटा उजुरी परेका थिए । उजुरी परेकामध्ये १३ सय ९३ बालबालिका भेटिएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए । १ हजार ८ सय ११ को खोजी जारी छ । ‘हराएपछि अभिभावकले आत्तिएर फोन गर्छन् । तर फेला परेपछि जानकारी दिन आवश्यक ठान्दैनन् । त्यसैले पनि फेला नपर्नेको संख्या बढी देखिएको हो,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, २८ असार । वैदेशिक रोजगारीमा जान कामदारले अनिवार्य रुपमा सीपमूलक तालिम लिनुपर्ने भएको छ । वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन सरकारले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्न लागेको हो । वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् । कामदारको संख्या उच्च भएपनि उनीहरुको पारिश्रमिक न्यून हुँदा रेमिट्यान्समा समेत कमी आउँछ । औसतमा एक कामदारले ३० हजार रेमिट्यान्स पठाउने गरेको देखाएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका दक्षता बृद्धि गरेर पठाउने तयारी गरेको हो । सीप सिकेर जाँदा उनीहरुको औसत कमाइ दोब्बर हुन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
भोजपुर, २८ असार । भोजपुर ट्याम्केमयुम गाउँपालिका–९ ऐराङ बस्ने १४ बर्षीय जनक बिकको ट्वाईलेटले पुरिएर मृत्यु भएको छ । शुक्रबार ट्वाईलेट गएको अबस्थामा ट्वाईलेट माथिको काल्ला अचानक झरी ट्वाईलेट समेत बगाई बिकलाइ पुरेको अबस्थामा निजकै दिदीले देखि स्थानीय समेतको सहयोगमा उद्दार गरी घरमा ल्याई राखेको अवस्थामा अपरान्ह २ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ ।
भद्रपुर, २८ असार । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ४१ लाख ९४ हजार रकम बराबरको विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक श्रोततर्फ ५० करोड ७० लाख, नेपाल सरकारबाट प्राप्त अनुदान ८५ करोड ३१ लाख ८४ हजार र प्रदेश सरकारबाट ६ करोड ५२ लाख आय अनुमान सहित ७१ करोड ४१ लाख ९४ हजार बजेट प्रस्ताव गरिएको हो । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा संघीय संसद सुरेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा वजेट सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, गोपालकुमार बुढाथेकी, नेकपाका जिल्ला सदस्य असारू राजवंशी, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राख्दै…
भद्रपुर, २८ असार । भद्रपुर नगरपालिकाबाट सात वर्षयता वार्षिक रूपमा वितरण हुँदै आएको विकास पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार नकुल काजी सम्मानित भएका छन् । दुई वर्षयता रोकिएको नगर पत्रकारिताको पाचौं संस्करण अन्र्तगत दीर्घसेवा पुरस्कारको नाम दिइएको सो सम्मानमा नगद १५ हजारसहित काजी पुरस्कृत भएका हुन् । त्यसैगरी नगर पत्रकारिता प्रोत्साहन पुरस्कार भद्रपुरबाट प्रकाशन हुने बरूण साप्ताहिका व्यवस्थापक धर्मराज राईलाई १० हजार नगदसहित सम्मानित गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट प्रमोद प्रधान र मनकुमार डाँगी सम्मानित भए भने जग्गादाता, उपभोक्ता समितिका उत्कृष्ट पदाधिकारी लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।