
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २३ जेठ । प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश गरेको हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमा दुवै टिमबाट गोल हुन नसके पनि पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट उत्कृष्ट गोल भएको थियो । राजन माझीले सम्झनलायक प्रहार गरेर १—० को स्थितिमा ल्याए । तर, तीन मिनेटपछि सुनसुरीको पाञ्चायनका लागि कप्तान तीर्थ बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म दुवै टिमको समान १—१ गोल रहेकोमा दोस्रो हाफमा गोलको वर्षा भएको…
सुरुङ्गा, २२ जेठ । झापाको कनकाई नगरपालिका ४ टेक्रामा बिषालु च्याउ खाएर २ जना सिकिस्त बिरामी परेका छन् । कनकाई नगरपालिका ४ टेक्रामा कनकाई बगर काँसघारीबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाँदा स्थानीय लक्ष्मण तामाङ्ग र उनकी श्रीमती फुलमाया तामाङ्ग सख्त बिरामी भएपछि हाल दुबैको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा सघन उपचार कक्ष आइसियुमा उपचार भैरहेको छ । लक्ष्मणले गाई पगाह लगाउन जादा खेतमा भेटेको च्याउ पकाएर दुबै जनाले खानासाथ बान्ता सुरु भएको स्थानीय लङ्गबहादुर खड्काले जानकारी दिनुभयो ।
भद्रपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विभिन्न जातका विरूवा रोपिएकोे छ । वन डिभिजन कार्यालय झापाको आयोजनामा चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको १२ बिगाहा खाली जमिनमा विभिन्न प्रजातिका विरूवा रोपिएको हो । “स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ मनाइएको विश्ववातावरण दिवस सफल पार्न डिभिजन वन कार्यालय झापाले भद्रपुर स्थित चन्द्रगढी सामुदायिक वन क्षेत्र रोजेको हो । डिभिजन वन झापाका प्रमुख विष्णुलाल घिमिरेको अध्यक्षता तथा प्रदेश संसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपभोक्ता महासंघ झापाका अध्यक्ष…
मोरङ, २२ जेठ । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा आज मोटरसाईकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् । रंगेली विराटनगर सडक–खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ७४१ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा सोही स्थान बस्ने दशरथ साहको छोरा वर्ष १० को अंकित साहलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–२ झुर्कियाका ३६ वर्षीय रितलाल राजवंशी र पछाडी सवार वर्ष २८ की याद कुमारी राजवंशी घाइते भएका हुन् । घाइते तिनै जनालाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय रंगरलीले जनाएको छ ।
जाकार्ता, २२ जेठ । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ । शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो । यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सवै चालक दलका सदस्यहरु भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गईरहेको थियो । चालक दलका सदस्यहरु यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धार कार्य…
चन्द्रकला भण्डारीभद्रपुुर, २२ जेठ । जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यसबेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन। हरेक किसान र व्यापारीसँग गाडा हुन्थे। किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली घर भित्र्याउन र राइस मिलमा कुटानी पिसानीको लागि धान लैजान राँगागाडीको प्रयोग गर्थे। पहिला पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्न समेत गोरुगाडीको प्रयोग गर्ने चलन थियो। अहिले प्रविधिको विकासले चलन फेरिएको छ। गोरुगाडा वा राँगागाडा अब इतिहास भइसके। कार, जिप, ट्रक र ट्र्याक्टर व्यापक हुँदै गएपछि जनावरले तान्ने गाडीहरु प्रायः गायब भएका छन्। तर, यतिबेला भद्रपुर भन्सार कार्यालय या छेवैको मेची पुलमा पुग्नुभयो भने सामान लाद्न…
वासिङ्टन, २२ जेठ । ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्नेगरी खर्च गरिएको अनुसन्धानबाट देखिएको जनाएको छ । क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाएने र मानवीय सङ्कट…
मेलन्ची, २२ जेठ । शैक्षिक क्षेत्रको अन्यौलतालाई न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याइन लागिएको हो । भेलामा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता कार्यान्वयन गर्न सहयोग गर्ने बताएका छन् । सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटारमा आयोजित कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा स्थानीय तहका शिक्षा शाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमपछि नौ बुँदे पाङ्ग्रेटार घोषणापत्रसमेत जारी गरिएको थियो । जिल्लाभरिका स्थानीय तहले जारी गरेका…
काठमाडौं, २२ जेठ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ। प्रदीप खड्गी यो चलचित्रका निर्देशक हुन्। फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो। ‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो। आफू कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु, चलचित्रका युवा निर्देशक प्रदीप खड्गीको भनाइ छ। साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक…
बाँके, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।” राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै…