
सुरुङ्गा, २२ जेठ । झापाको कनकाई नगरपालिका ४ टेक्रामा बिषालु च्याउ खाएर २ जना सिकिस्त बिरामी परेका छन् ।
कनकाई नगरपालिका ४ टेक्रामा कनकाई बगर काँसघारीबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाँदा स्थानीय लक्ष्मण तामाङ्ग र उनकी श्रीमती फुलमाया तामाङ्ग सख्त बिरामी भएपछि हाल दुबैको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा सघन उपचार कक्ष आइसियुमा उपचार भैरहेको छ ।
लक्ष्मणले गाई पगाह लगाउन जादा खेतमा भेटेको च्याउ पकाएर दुबै जनाले खानासाथ बान्ता सुरु भएको स्थानीय लङ्गबहादुर खड्काले जानकारी दिनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

