झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २४ जेठ । प्रदेश नं १ स्तरीय पुरुष कबड्डी प्रतियोगितामा झापा च्याम्पियन बनेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा मेचीनगर–६ काँकरभिट्टामा सम्पन्न उक्त प्रतियोगितामा १३ जिल्लालाई उछिन्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापाले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न प्रतियोगितामा मोरङ दोस्रो भएको छ । मोरङले रु ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ताप्लेजुङ र सोलुखम्बु तेस्रो भए । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका एक सय २६ खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णायक संयोजक रतिया राजवंशीले जानकारी दिनुुभयो । प्रतियोगितामा उत्कृष्ट रेडर झापाका धिरज चौधरी,…

Read More

धनगढी, २४ जेठ । गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो । जिल्लामा मुक्त कमैया, गरीब र विपन्न सयौँ परिवारको घरको छाना उडाइ क्षति पु¥याएको अनुमान गरिएको छ । यद्यपि यसको एकीन विवरण अहिलेसम्म आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–१ का दिलबहादुर शाहीले घरको छाना उडाइ घरमा रहेको खाद्यान्न पानीले भिजाएर नष्ट भएपछि आफू बिचल्लीमा परेको गुनासो गर्नुभयो । आँधीबेहरीका कारण कैलालीको टीकापुरका लाहनु चौधरीको पोल्टी फर्म भत्किँदा च्यापिएर मृत्यु भएको छ । यस्तै गोदावरी नगरपालिमा आँधीका समयमा टिपरसँग मोटरसाइकल ठोक्किँदा…

Read More

दाङ, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ हेमन्तपुरस्थित रेडियो नेपाल प्रदेश नं ५ को प्रादेशिक प्रसारण कार्यालयको शुभारम्भ तथा रेडियोको नयाँ भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले रेडियो नेपाल जनताको सम्पत्ति र सबैको साझा संस्था भएको बताउनुभयो । “विकास क्रमिक रुपमा हुने कुरा हो, अहिले शुरु गरे त्यो परिमाण, दुई÷तीन वर्षमा देखिन्छ, पत्रकारहरुले पनि आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नुु हुँदैन”, उहाँले भन्नुभयो । मुलुकमा तीव्र प्रविधिको विकास भएसँंगै सबै नागरिकलाई कम्प्युटरमा पहुँचमा ल्याउने गरी सरकारले काम…

Read More

काठमाडौँ, २४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ । योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ । आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ…

Read More

काठमाडौँ, २४ जेठ । सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

Read More

लहान, २४ जेठ । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिनुभयो । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड…

Read More

काठमाडौँ, २४ जेठ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी छन् । तथ्याङ्कअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै बालकको ९२८ प्रतिशत० बालविवाह भएको छ भने निकाराग्वा ९१९ प्रतिशत० र मदगास्कर ९१३ प्रतिशत० पनि बालकको बालविवाह हुने गरेको छ । सो हैसियतमा नेपालमा दशौँ स्थानमा…

Read More

विराटनगर, २४ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (आधिकारिक ट्रेड युनियन) क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जनतालाई विश्वको नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायी भई संस्थाभित्रको विसङ्गति तथा विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा जोड दिँदै सगरमाथा, मकालु, कञ्जनजङ्घा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले सङ्घ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास…

Read More

झापा, २४ जेठ । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले बिहिवार साँझ अन्दाजी ७५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ७५ हजार मूल्य बराबरको बिभिन्न किसिमका किराना तथा हार्डवयरका समानहरु बरामद गरेको हो । बरामद गरेको उक्त परिमाणको सामान आवश्यक कारवाहीको लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Read More

बिर्तामोड, २४ जेठ । झापाको दमक नगरपालिका–१ फागुनन्द चोकबाट बिहिवार साँझ सालकको खपेटा सहित १ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरी टोलीले पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० बर्षीय सुरज चेम्जोङलाई ३५० ग्राम लोपोन्मुख वन्यजन्तु सालकको खपेटा सहित पक्राउ गरेको हो । पक्राउ परेका चेम्जोङलाई ईलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको छ ।

Read More