
भद्रपुर, २४ जेठ । प्रदेश नं १ स्तरीय पुरुष कबड्डी प्रतियोगितामा झापा च्याम्पियन बनेको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा मेचीनगर–६ काँकरभिट्टामा सम्पन्न उक्त प्रतियोगितामा १३ जिल्लालाई उछिन्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापाले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न प्रतियोगितामा मोरङ दोस्रो भएको छ । मोरङले रु ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ताप्लेजुङ र सोलुखम्बु तेस्रो भए ।
मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका एक सय २६ खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णायक संयोजक रतिया राजवंशीले जानकारी दिनुुभयो । प्रतियोगितामा उत्कृष्ट रेडर झापाका धिरज चौधरी, उत्कृष्ट डिफेन्डर झापाकै अमृत मेचे, उत्कृष्ट क्याचर सोलुखुम्बुका वीर बस्नेत, उत्कृष्ट बोनस मोरङका बविस थापा मगर तथा उत्कृष्ट खेलाडी मोरङका निकेश राजवंशी घोषित भए । उनीहरुलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

