झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बाँके, १७ जेठ । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ । तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको उल्लेख छ । त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर…

Read More

बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति घोेषणा गरिएको छ । भदौ २७ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । भने, सन्नी फिचर्ड गीत ‘सन्नी हो नाम मेरो’ जेठ २० गते युट्युबमा रिलिज हुने निर्देशक सम्राट बस्नेतले जानकारी दिए । सन्नीले पहिलो पटक नेपाली फिल्मको गीतमा नृत्य गरेकी हुन् । उनले यो गीतमा कम्मर मर्काउन दुई करोड भारतीय रुपैयाँ बुझेको निर्माण टिमले बताएको छ । उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् ।

Read More

काठमाडौँ, १७ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ । उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र सरकार सञ्चालनमा अहिले ओली हावी हुँदै गएपछि असन्तुष्टिस्वरुप सहमतिपत्र बाहिर आएको हो । त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए । तर, अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ । जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता…

Read More

काठमाडौँ, १७ जेठ । नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ । भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले सो टोलीमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधित्व समेत रहने जानकारी दिए । मन्त्रिपरिषद्को जेठ १०, १३ र १५ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो…

Read More

काठमाडौँ, १७ जेठ । श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन् । वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्गचरीका भालेपोथीले आफ्ना बचेरा कोरलेका हुन् । “पर्यटकीय नगरी सौराहाका विभिन्न होटलका बगैँचामा पनि धेरैले गुँड लाएका छन्,” चराविद् बासु बिडारीले भने, “निकुञ्जको सुकेभार जङ्गलमा अझ बढी गुँड भेटिएका छन् ।” लामो सेतो वा खैरो रङ्गको पुच्छरसँगै सुन्दर आकृतिको स्वर्गचरी साँच्चैको स्वर्गबाट आएझैँ देखिने बिडारी बताउँछन् । बच्चा हुर्काउन न्यानो मौसमको खोजी गर्दै यो सिजनमा धेरै चरा नेपाल भित्रिने गर्छन् । कतिपय चरा…

Read More

काठमाडौं, १७ जेठ । आर्थिक बर्ष २०७६र७७ को बजेटले केही मोटरसाइकलको मूल्य घट्ने भएको छ । बजेटले १५५ सिसी क्षमतासम्मको मोटरसाइकललाई एउटै समूहमा राखेर अन्तःशुल्क कायम गरेपछि केही मोटरसाइकलको मूल्य घट्ने भएको हो । यसअघि ५० सिसीभन्दा माथि १५० सिसी क्षमतासम्मको एउटा समूह र अर्को समूहमा १५५ सिसी क्षमतादेखि २५० सिसी क्षमताको मोटरसाइकललाई अर्को समूहमा राखिएको थियो । तर आर्थिक विधेयकमा न्यूनतम ५० देखि १५५ सिसी क्षमतालाई एउटै समूहमा राखी अन्तःशुल्क कायम गरिएको छ । विधेयकका १५५ सिसी क्षमतासम्मका मोटरसाइकलमा ४० प्रतिशत अन्तः शुल्क लाग्नेछ । साथै १५५ सिसी क्षमता नाघेको र २५० सिसी क्षमताको मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्नेछ…

Read More

काठमाडौँ, १७ बैशाख । सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो । सुनका गहना २५ तोलासम्म नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

धनुषा, १६ जेठ । आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन । अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई…

Read More

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेस÷एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी (एमओयू) गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

कचनकवल, १६ जेठ । कचनकवल ६ बनियानीकी पुतुल राजवंशी आफ्नो पति अनिलकुमार राजवंशीसित मिलेर सामान्य होटल व्यवसाय गरी जीवनयापन गरिरहेकी थिइन् । बनियानी बजारमा होटल सञ्चालन गर्दै परिवार धान्न सफल राजवंशी दम्पत्तीको जीवनमा एकाएक बज्रपात परयो । घटना हो २०७५ मंसीर २७ गतकोे— छिमेकी उमेश मण्डल र जोगिन्द्र मण्डलले पति अनिलकुमारलाई चियापसलबाट जवरजस्ती नबोलाएको विवाह पार्टीमा भद्रपुर लगे । सोही रात मण्डल द्वयले अनिलको षड्यन्त्रपूर्वक हत्या समेत गरेपछि पुतुलको जीवन दुःखै दुःखको भूमरीमा फस्न गयो । जीवन गुजाराको चिन्ता त छँदै छ, त्यसमा असुरक्षाको त्रास पनि गाँसिएपछि उनमा रातको निन्द्रा र दिनको भोक समेत हराएको छ । पतिको हत्या आरोपमा…

Read More