झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

संखुवासभा, १६ जेठ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ टेङछुङमा बुधवार राती कुटपिटबाट १ जनाको मृत्यु भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र ३० वर्षका बिनोद भन्ने किशोर राई बीच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै–झगडा हुँदा रिसको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिसुवाखोला लगिएकोमा उपचारकै क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी सिसुवाटारबाट प्रहरी टोली खटिन गई निज किशोर राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान…

Read More

इलाम, १६ जेठ । इलाम नगरपालिका–१२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा आज बिहान ९ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । खुकुरी प्रहार गरी फरार रहेका बिनोद राईलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका–१२ को जंगलमा लुकीछिपी बसिरहेको अवस्थामा आज बिहान पक्राउ गरेको छ । पक्राउ परेका राईकको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यलयले जनाएको…

Read More

बनियानी, १६ जेठ । झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवनको आज शिलान्यास गरिएको छ । हल्दिबारी–५ स्थित धनुषपोखरीमा बन्न लागेको कार्यालय भवनको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष डम्बर गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटा लगायतले शिलान्यास गर्नुभएको हो । स्थानीयबासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा रू तीन करोड ९० लाख ७९ हजार ३०३ को लागतमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो । ‘भवनको गुणस्तरीयता र समयमै सम्पन्न गर्ने कुरामा सम्झौता हुँदैन’, भवन शिलान्यस कार्यक्रममा अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘यो विषयमा ठेकेदार कम्पनीले प्रतिबद्धता जनाइसक्नुभएको छ ।’ भवन निर्माण कार्यको नियमित अनुगमन र अवलोकन गरिने उहाँले बताउनुभयो ।…

Read More

बाुधबारे, १६ जेठ । नेपाल महिला चेम्बर अफ कमर्श बुद्धशान्ति विहिबार गठन भएको छ । समितिको अध्यक्षमा देवकुमारी मगर (शेर्मा) सर्वसम्मत चयन भएकि छिन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा कमला प्रधान, वाणिज्य उपाध्यक्षमा हिमा खतिवडा, उद्योग उपाध्यक्षमा चन्द्रा न्यौपाने चयन भएका छन् । त्यस्तै महासचिवमा नर्वदा चापागाईं बाँस्कोटा चयन भएकी छिन् । उद्योग सचिवमा शान्ता श्रेष्ठ, वाणिज्य सचिवमा हेमा चापागाईं, कोषाध्यक्षमा मञ्जु तिम्सिना सर्वसम्मत चयन भए । २७ सदस्यीय समितिको सदस्यमा पुनम पौड्याल, ललिता पोखरेल, अनु लिमखिम राई, उषा बराईली, दिप्ती मैनाली, भीमा कोइराला, स्मिता ठकुरी, दुर्गा मगर, गंगा लिम्बु, रिमा कोइराला, अनिता विश्वकर्मा, सेमी केसी प्रसाईं, सुमि अधिकारी, पिङ्की राय…

Read More

सुर्खत, १६ जेठ । पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गर्नुभएको थियो । सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले…

Read More

भेराक्रुज, १६ जेठ । मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो । स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो ।

Read More

सान नेपाल गौरादह, १६ जेठ । झापाको गौरादह नगरपालिकास्थित किस्ने खोलामा झुलुङ्गे पुल निर्माण हुने भएको छ । प्रदेश नं. १ सरकारको भौतिक मन्त्रालयबाट प्राप्त रू ८२ लाखको लागतमा झुलुङ्गे पुल निर्माण हुन लागेको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । पुलले गौरादह–१ र कमल गाउँपालिका–१ लाई जोड्ने उहाँले बताउनुभयो । पुल निर्माण भएपछि यहाँका पाँच सयभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । ‘कमल गाउँपालिका–१ का बासिन्दालाई पुलले धेरै राहत मिल्ने छ’, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘पुल नहुँदा वर्खाको समयमा तीन किलोमिटर घुमेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।’ कमल–१ का वडाध्यक्ष केदार कट्वालले कमल–१ मा सन्थाल…

Read More

सिरहा, १६ जेठ । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार, मिर्चैयालगायतका शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको स्थानीयवासी सन्तोष साहको…

Read More

काठमाडौ, १६ जेठ। धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाई…

Read More

हेटौँडा, १६ जेठ । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राख्नुभयो । चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो ? उहाँले प्रश्न गर्नुभयो । तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको आज तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गरिएको थियो ।…

Read More