
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ३० वैशाख । मोरङको कटहरी गाउँपालिका(१ मा गए राती हावाहुरीबाट घर लडेर किच्दा १ जनाको मृत्यु भएको छ । राती १ बजे आएको हावाहुरीबाट सोही स्थान बस्ने बर्ष ५१ को चन्द्र दासको टाटी बेरा र टिनको छानो भएको घर लडेर किच्दा दासको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय हाडखोलाले जनाएको छ । हावाहुरीले दासको मृत्यु भएको भन्ने विहान ७ बजे खबर पाउनासाथ खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।
वीरगञ्ज, ३० वैशाख । एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ। कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन्। एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले ‘हामी काम गरिरहेका थियौं। साढे १२ बजेतिर मुखमा कालो कपडा बाँधेका केही मानिसहरू आएर तोडफोड गरे। सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिएको’ बताईन । उनले भनिन्, ‘उनीहरू को हुन् र किन आएर तोडफोड गरे, केही भनेनन्। समाजवादी पार्टीका कार्यकर्ता हुन् कि जस्तो लाग्छ।’ उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर…
इलाम, ३० वैशाख । इलामको देउमाई नगरपालिका–१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतवार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई उक्त कार्यालयमा राखि थप अनुसन्धान भईरहेको छ ।
उपेन्द्र येक्तेन पाँचथर, ३० बैशाख । पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएको छ । हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो । शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजेको समयमा सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले बताउनुभयो । शीतल आइतबार अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिर निस्केको परिवारले जनाएको छ । हत्या कस्ले र किन गर्यो भन्ने खुलेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । किशोरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।
इलाम, ३० बैशाख । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन। अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन्। भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन्। केही दिन अघिमात्रै ललितपुर र रामेछापका २१ किसानले यहाँका बगानमा चिया खेती सिक्न आए। ललितपुरका नौ र रामेछापका एक गरी १० वटा चिया सहकारीका अगुवा सदस्य चिया खेती सिक्न र अवलोकनका लागि इलाम आएका थिए। उनीहरूलाई चिया खेतीसम्बन्धी…
विराटनगर, ३० वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो होइन भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्नु हुँदैन भन्नुभयो । केन्द्रीय सदस्य कोइरालाले जनताका आवाज उठाउने पत्रकार संयमित भएर कलम चलाउनुपर्ने बताउँदै संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने धारणा व्यक्त गर्नुभयो ।
काठमाडौँ, ३० वैशाख । नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिदैं “काठमाडौँमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो”, भन्नुभयो । महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई…
अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उनको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरुले हत्यारालाई कारबाही माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानुनबमोजिम कारबाहीका लागि पनि माग गरेका छन् । उनी विगतमा टेलिभिजनमा कार्यरत थिइन् । पत्रकार मिना मङ्गलको राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो । उनी राजनीतिमा पनि सक्रिय थिइन् । उनी राजनीतिक सल्लाहकारको रुपमा कार्यरत थिइन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मङ्गलका हत्यारालाई पक्राउ गरी कानूनी कारबाही…
काठमाडौँ, ३० वैशाख । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो । यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिनुभयो । यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ । पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन…
झापा, ३० बेशाख । अर्जुनधारा नगरपालिकाले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत २ सय विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न प्रस्ताव पेश गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत २ सय विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न निर्णय गरेको नगर प्रमुख हरि कुमार रानाले बताए । विपन्न घर परिवारका लागि सामूहिक आवास निर्माण गर्न सँगै नगर कार्यपालिकाको ५२ औँ बैठकले ९ बुँदे महत्पवपूर्ण निर्णय समेत सर्वसम्मतले पारित गरेको छ । जसमा अर्जुनधारा नगर क्षेत्रभित्र छरिएर रहेका साना मझौला तथा कुटिकर उद्योगहरुलाई प्रवद्र्धत प्रोत्साहन गर्न छ । जसबाट औद्योगिक ग्राम स्थापना गर्न सँगै…