
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पछिल्लो केही समय यता अभिनेता अक्षय कुमारले एक पछि अर्को विवादको सामना गरिरहेका छन् । भारतमा भैरहेको चुनावका कारण उनको क्यानडाको नागरिकता चर्चाको विषय बनेको छ । उनको त्यही नागरिकताका कारण दुई वर्ष अघि ‘रुस्तम’ फिल्मका लागि पाएको राष्ट्रिय पुरस्कारका कारण विवादमा मुछिएका छन् । अक्षय कुमारसँग क्यानडाको नागरिकता रहेको छ । तसर्थ अक्षय कुमार विदेशी नागरिक भएका कारण उनलाई राष्ट्रिय पुरस्कार दिन नहुने भन्दै विवाद सिर्जना भएको छ । सामाजिक सञ्जालमा अक्षय कुमार क्यानडियन नागरिक भएका कारण उनलाई दिइएको राष्ट्रिय पुरस्कार प्रति आपत्ति जनाएका छन् । साथै उनी भारतीय नागरिक नभएका कारण पुरस्कारका लागि योग्य नएको भन्दै बहस चलेको…
काठमाण्डौ, २३ बैशाख । नेपाली कांग्रेसले जागरण अभियानअन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । कांग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो । कार्यक्रमलाई छोटो र छरितो बनाउने नाममा आसन र भाषणमा देशभरि महिलाले मौका नै नपाउने अवस्था देखिएपछि उनीहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेत्री डिला सङ्ग्रौला, पुष्पा…
इस्लामिक स्टेट (आईएस) मा जानका लागि ब्रिटेन छाडेकी किशोरी शमिमा बेगमलाई कुनै पनि देशले आफनो नागरिकको रुपमा स्वीकार गरेको छैन । उनले सिरियामा गएर आइएस लडाकुसँग प्रेम बिवाह गरेपछि बेलायतले पनि उनको नागरिकता रद्ध गरिसकेको छ । बेलायतले उनलाई आमाबुवा बाङ्ग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य नरहेको भन्दै बंगलादेश नै जान भनेको थियो । तर बंगलादेशले पनि शमिमासँग आफनो देशको कुनै सम्बन्ध नरहेको भन्दै आफनो नागरिकको रुपमा स्वीकार गर्न मानेको थिएन । उनले शमिमालाई बंगलादेशसँग जोडेको भन्दै उसले आपत्तिसमेत जनाएको थियो । जिहादीको श्रीमती बनेकै कारण यतिबेला शमिमासँग आफु कुन देशको नागरिक हो भन्ने नै कुनै परिचय छैन…
काठमाडौँ, २३ बैशाख । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ ।शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो । विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि आइतबार सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी शिक्षक सरुवा फुकुवा गरेको जानकारी दिनुभयो । संविधानतः विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवा केन्द्र सरकारको शिक्षा एकाइको…
बिर्तामोड, २३ बैशाख । पानी उत्पादकहरुले उत्पादन लागतभन्दा मूल्य कम भएका कारण प्रशोधित पानी उद्योग संकटमा परेको बताइरहेका बेला झापामा अढाई करोडभन्दा बढीको लगानीमा नयाँ पानी उद्योग सञ्चालनमा आएको छ । बुद्धशान्ति गाउँपालिकास्थित सुनमाईमा युवा उद्यमी मिनप्रकाश मैनाली र सागर मैनालीले सुनमाई वाटर प्रालि सञ्चालनमा ल्याएका हुन् । प्रालिले गत चैतबाट सुनमाई झरना ब्राण्डको प्रशोधित पिउने पानी बजारमा ल्याएको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निदेर्शिका २०७४ अनुसार सञ्चालनमा आएको उद्योगको दैनिक १२ सय कार्टुन पानी उत्पादन गनेर् क्षमता छ । तर, अहिले तीन सय कार्टुन पानी दैनिक उत्पादन भइरहेको सञ्चालकले बताएका छन् । ‘हामी माग अनुसार उत्पादन बढाउँछौँ’, उद्योगका उत्पादन म्यानेजर सुनिल…
काठमाडौं, २३ बैशाख । अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण वर्षको जेल सजाय सुनाएको छ । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो । वासिङ्टन पोस्टले दिएको समाचरमा स्टिफन आयोवा ब्रनस्टामर्समा एलिय युथ प्रोग्राम चलाउँछन् । उनले केटाहरुसँग बिना लुगा होटल तथा आफ्ना दुई निवासमा सुतेको समयमा क्यामरामा रेकर्ड गरेका थिए । स्टिफनका वकिलले उनका लागि २० वर्ष सजायका लागि आग्रह गर्दै उनी अब समाजका लागि खतरा नभएको बताएका थिए । उनका विरोधी वकिलले स्टिफन आफैँले १३ जना बच्चाको निजी अंग खेलाएको कुरा स्वीकारेको तर्क दिएका थिए ।…
बिर्तामोड, २३ बैशाख । मोरङको सुन्दर–हरैँचा नगरपालिका–८ सलकपुरमा बसको ठक्करबाट आइतबार मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार झापा मेचीनगर नगरपालिका–२ का २६ वर्षीय जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा साँझ ६ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।
झापा, २३ बैशाख । झापाको मेचीनगर नगरपालिका–६ र ७ बाट प्रहरीले आइतबार करिब १ लाख १९ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका कपडा, भाँडावर्तन, हार्डवेयरको सामान, डाल्डा–१ कार्टुन, चामल–४ बोरा, मैदा–१ बोरा बरामद गरेको हो । त्यसैगरी, नेपालबाट भारततर्फ लैजाँदै गरेको कालो मरिच–१ बोरा, मटर–९ बोरा, सुपारी–१५ किलो बरामद गरिएको छ । बरामद सामान आज आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सन्तोष शर्माझापा, २३ बैशाख । झापाका पाँच सामुदायिक विद्यायलमा यसै शैक्षिक सत्र २०७६ देखि प्राविधिक विषयमा अध्यापन शुरु हुने भएको छ । सरकारको ‘एक स्थानीय तह एक प्राविधिक शिक्षा’ नीति अन्तरगत झापाका पाँच सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यापन हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख जयनारायण महतले जानकारी दिनुभयो । प्राविधिक विषयमा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशभरका १५० वटा स्थानीय तहमा एक साथ प्राविधिक विषयको अध्यापन शुरु हुन लागेको उहाँले बताउनुभयो । ‘देशभरका १५० वटा स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ’, उहाँले भन्नुभयो, ‘एक स्थानीय तहमा एउटा विषय भनिए पनि यस वर्ष झापाका पाँच स्थानीय तहमा…
द्रोण अधिकारीहल्दिबारी, २३ बेैशाख । ‘समृद्ध वडा सवल वडाबासी’ अभियान चलाइ रहेको झापाको हल्दिबारी ४ नम्बर वडाले व्यावसायिक कृषि उत्पादन अनुदान वितरण गरेको छ । दोस्रो गाउँ सभाबाट अनुमोदित कार्यक्रम अन्र्तगत कृषक अनुदानमा च्याउ खेती, बाख्रापालन, सब्जी खेती र महिला सवलीकरणमा स्वयम्सेवीकालाई साइकल वितरण गरेको हो । वडाध्यक्ष होमप्रसाद चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा च्याउ खेती अनुदानमा ४ जना कृषकलाई प्रति कृषक २५ हजार, बाख्रापालनमा ३ जना कृषकलाई ३० हजार र १ जनालाई १० हजार, सब्जी खेतीतर्फ ए ग्रेडका किशान ३ जनालाई प्रति किशान १८ हजार, बी ग्रेडका ३ जनालाई प्रति किशान १२ हजार, सी ग्रेडका किशान ९ जनालाई प्रति किशान…