झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २८ बैशाख । नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् । कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन् । त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्रा्ष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ । अन्तर्रा्ष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन । तर, सरकार मानवताको नाताले उनीहरूप्रति नरम देखिन्छ…

Read More

काठमाडौं, २८ बैशाख । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् । श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका वेला ठगीमा संलग्न व्यवसायीलाई नै मान्याता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

ललितपुर, २८ बैशाख । “सेना र पुलिसले टोल नै घेरे । दशलाल उम्किन पाउने अवस्था रहेन । उसलाई समाएर लगे,” ६८ वर्ष अघिको यो घटना पाटन हखाटोल निवासी शङ्खलाल महर्जनका आँखामा अझै सो दृश्य घुमिरहेको छ । नारायणहिटी दरबारका बगैँचे दशलाल महर्जनले गरेको चोरी, ऊ बेला यो घटना चर्चित थियो । गोरखापत्रमा नौ लाख रुपियाँ बराबरको हीरा जवाहरत र १७ हजार रुपियाँ नगद चोरी भएको समाचार प्रकाशित भएको थियो । त्यतिबेला यो रकम निकै ठूलो मानिन्थ्यो । पाटनवासीहरू दशलालले तत्कालीन युवराज महेन्द्रको लाइटर, तत्कालीन युवराज्ञी रत्नको टायरा आदि चोरेको हल्ला आफूहरुले सुनेको बताउँछन् । “श्रीपेच समेत चोरेको भन्ने हल्ला थियो”…

Read More

सिन्धुली, २८ बैशाख । सिन्धुलीमाढी – सिन्धुलीको फिक्कल गाउँपालिका–३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । बाल यौन दुव्र्यवहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबदमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए । आजको कान्तिपुरमा खबर छ ।

Read More

भद्रपुर, २८ बैशाख । रोटरी क्लब अफ भद्रपुर र ट्राफिक प्रहरी कार्यालय भद्रपुरको संयुक्त आयोजनामा संचालन भइरहेको सडक सुरक्षा सप्ताह कार्यक्रम अन्तर्गत शुक्रबार प्रज्ञा एकाडेमी चन्द्रगढीका विध्यार्थीहरुलाइ ट्राफिक नियमको वारेमा जानकारी गराइएको छ । कार्यक्रममा ट्राफिक नियमका वारेमा प्रहरी नायब निरीक्षक विकास भट्टराई र ट्राफिक चिन्हको वारेमा ट्राफिक प्रहरी प्रकाश अधिकारीले जानकारी गराउनु भएको थियो । रोटरी क्लव अफ भद्रपुरका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीको अध्यक्षता, प्रज्ञा एकाडेमिका प्रिन्सीपल इशुभ पाण्डेको स्वागत तथा शिक्षक राजेश निरौलाले संचालन गर्नुभएको कार्यक्रममा रोटरियन विनोद चापागाइ, विगत ओझा, पवन श्रेष्ठ र इश्वर अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

Read More

भद्रपुर, २८ बैशाख । भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेको चन्द्रगढी क्षेत्रकै पूरानो मन्दिरको पहिचान बनाएको काली मन्दिरको पुनरनिर्माणका लागि सरोकारवालासित छलफल गरिएको छ । काली मन्दिर पुनरनिर्माण समितिको आयोजनामा स्थानीय जनप्रतिनिधि, समाजका अगुवा बुद्धिजीवि, दाता तथा समाजसेवी, मन्दिर व्यवस्थापन समिति लगायतका पदाधिकारीसित छलफल गरिएको हो । वि सं २०२२ मा चन्द्रगढी ७ का वडाध्यक्ष बमसिंह राजवंशीको पहलमा पूजाआजा सुरु गरी समाजलाई हस्तान्तरण गरिएको सो मन्दिर जीर्ण बन्दै गएपछि मन्दिर व्यवस्थापन समितिले निर्माण समिति गठन गरी आवश्यक रकम जोहोका लागि जिम्मेवारी दिएपछि निर्माण समिति मन्दिर निर्माणका लागि स्थानीय सरोकारवालासित गएको हो । मन्दिर पुनरनिर्माण समितिका अध्यक्ष भीम पौडेलको अध्यक्षता तथा…

Read More

विराटनगर, २७ बैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन्। आइसिटी मिडियाद्वारा आज यहाँ आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै उनले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिए। मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समूचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गरे । उनले प्रदेशको आवधिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगको…

Read More

विभा झा नयाँ वर्ष बिते‌छ । सबै‌ले‌ आ–आफ्नो‌ इच्छा अनुसार‌ बिताए । विद्यालयले‌ पनि नयाँ वर्ष मनाउँछ, धुमधामसँग पै‌सा असुल गर‌े‌र‌ । विद्यालयले‌ आफ्नै‌ विद्यार्थीको‌ कक्षा उन्नति भएपछि विभिन्न शीर्षकमा र‌कम तो‌के‌र‌ लिने‌ गर‌े‌का छन् । जति आकर्षक विद्यालय त्यति चकोर्‌ शुल्क लिइन्छ । अभिभावकहरु मौ‌न छन् र‌ शिक्षा कार्यालय तथा सम्बन्धित कर्मचार‌ीलाई थाहा हुन्न । बाह्रै‌ महिनाको‌ र‌कम असुले‌ पनि विभिन्न निहुँमा र‌कम असुल्ने‌ प्रवृति अझै‌ कायमै‌ छ । डायर‌ी, टाइ, कापी, किताब सबै‌मा कमिसन खाने‌ चलन छ । विभा झा कम्प्यूटर‌को‌ प्रयो‌गात्मक अभ्यासको‌ लागि विद्यार्थीहरुलाई हप्तामा एक दिन कम्प्यूटर‌ ल्याबमा लगिन्छ र‌ एउटा कम्प्यूटर‌मा सके‌ चार‌ जना नसके‌ दुइ जना र‌ाखे‌र‌ आधि घण्टा प्रयो‌गात्मक शिक्षा दिइन्छ ।…

Read More

शिबरघान, २७ बैशाख । अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए । तर सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिनुभयो । उहाँले मारिएका तालिबानीमध्ये एक जना जजानमा तालिबान समूहका छायाँ उप–गभर्नर खैरउल्लाह पनि रहेको बताउनुभयो । छिमेकी क्वुस टेपा जिल्लामा सात जना तालिबानीको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । दुई दिनदेखि जारी भिडन्तका क्रममा सात जना सुरक्षाकर्मीको…

Read More

बाँके, बैशाख २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ ग¥यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै रु तीन लाख घुससहित पाठकलाई रङ्गेहात समातेको भन्यो । तर, घटना त्यसो थिएन । घुस रकम भनिएको रु तीन लाख पाठकबाट बरामद नभएको रहस्य खुल्यो । अख्तियारले भनेजस्तो रङ्गेहात घुस रकमसहित पाठक पक्राउ परेनन् । जसका कारण यतिखेर अख्तियारभित्र…

Read More