
विभा झा
नयाँ वर्ष बितेछ । सबैले आ–आफ्नो इच्छा अनुसार बिताए । विद्यालयले पनि नयाँ वर्ष मनाउँछ, धुमधामसँग पैसा असुल गरेर । विद्यालयले आफ्नै विद्यार्थीको कक्षा उन्नति भएपछि विभिन्न शीर्षकमा रकम तोकेर लिने गरेका छन् । जति आकर्षक विद्यालय त्यति चकोर् शुल्क लिइन्छ । अभिभावकहरु मौन छन् र शिक्षा कार्यालय तथा सम्बन्धित कर्मचारीलाई थाहा हुन्न । बाह्रै महिनाको रकम असुले पनि विभिन्न निहुँमा रकम असुल्ने प्रवृति अझै कायमै छ । डायरी, टाइ, कापी, किताब सबैमा कमिसन खाने चलन छ ।

विभा झा
कम्प्यूटरको प्रयोगात्मक अभ्यासको लागि विद्यार्थीहरुलाई हप्तामा एक दिन कम्प्यूटर ल्याबमा लगिन्छ र एउटा कम्प्यूटरमा सके चार जना नसके दुइ जना राखेर आधि घण्टा प्रयोगात्मक शिक्षा दिइन्छ । यस्तो परिस्थिमा पनि सम्झौता गरेका विद्यार्थीहरुका अभिभावकहरुले कम्प्यूटरको बाहैर् महिनाको फिस तिर्नु पनेर् नै हुन्छ । कम्प्यूटर घरमा भएको विद्यार्थीले घरमा नै चलाएर बेसी जान्दछ भने नहुने बालबालिकाको लागि त्यति थोरै सिकाइ खासै उपयोगी हुन्दैन ।

त्यस्तै गरि बसैर््पिच्छे किताब परिवर्तन गनेर् गर्छ । किताब किन फेरेको हो स्पस्ट रुपमा बुझ्न सकिन्छ –कमिसनको लागि जुन अघोसित र अप्रमाणित हुन्छ तर सहजै अनुमान लगाउन सकिन्छ । परिवर्तन गरिएको किताबका सबै बिषयबस्तुहरु पूरानो किताबसँग समान हुन्छ र पढाउने शैली पनि पूरातन नै हुन्छ । केवल लेखक र प्रकाशक परिवर्तन हुन्छ । प्रबिधिको जमानामा किताब फेरेर मात्र जानकारी हासिल गर्न सकिन्छ भन्ने कदापि होइन । किताब फेनेर् नहुने चाँहि होइन तर किन फेरेको कारण स्पस्ट पार्न सक्छन र विद्यालयले ?
यति मात्र कहाँ हो र ! बसैर् पिच्छे फेरिने स्वेटर वा कोट वा ड्रेसले पनि कमिसन कै गन्ध दिन्छ । कतिपय विद्यालयमा बिजुली र मैण्टेनान्स वापत पनि रकम लिइन्छ । एक अभिभावकले विद्यालयले आफ्नो नानी टोइलेट गएको मात्र पैसा लिदैन अरु सबै हसुनेर् गर्छन भनि गुनासो गरे । तर आश्चर्य न त अभिभावक नै बोल्दछन र न त यस्ता कुरालाई नियन्त्रण गनेर् निकायलाई केहि थाहा नै हुन्छ । कतिपय अभिभावकले बोले पनि केहि हुन्न , बोलेर के गर्नु भनि प्रतिप्रश्न गर्छन ।
दुनिया भरिको किताब राख्यो, पढाई भने उही रटन्ते । कक्षा सात आठका विद्यार्थीले राम्ररी नेपाली लेख्न र पढ्न नजान्ने, अंग्रेजी पढ्न जान्ने तर नबुझ्ने साथै रटेको कुरा मात्र हुबहु लेख्न जान्ने विद्यार्थीको जमात तयार गरिदै छ । हुदाँ हुदाँ परिक्षा हुनु एक हप्ता अगाडी देखि बिभिन्न शिर्षकमा प्रश्न दिइयो र परिक्षामा हुबहु त्यहि प्रश्न सोधी दियो । सबलाई अमनचयन । कही सिलेबस र कही रिभिजनको नाममा त्यस्ता प्रश्नहरु दिइन्छ । कक्षामा पनि एक हप्ता सम्म सके सम्म विद्यार्थीलाई रटाईन्छ ।
दश वषेर् यो कार्यक्रममा बहुसंख्यक विद्यार्थीको चौतर्फी विकास के कति हुदैछ भन्ने तिर ध्यान दिएको भए झन् राम्रो हुन्थ्यो । कतिपय विद्यालय हदै सम्मको व्यापारी बनि दिन्छन । विद्यार्थीलाई ९ कक्षापछि निकाली दिन्छन् वा पुनः कक्षा दोहोर्याउन भन्छन । मानौ अचानक यो परिस्थिति शृजना भएको हो । मानौ पहिलो पटक त्यो विद्यार्थी लगभग सबै बिषयमा फेल भएको हो । कम्जोर विद्यार्थीले गर्दा एस. ई. ई.को परिणाममा असर पर्छ अर्थात् तथाकथित प्रतिष्ठित विद्यालयको ईज्जतमा पर्छ भनि सचेत भएका हुन् ।
जति नै कम्जोर भए पनि विद्यार्थीलाई कक्षा नौ सम्म खुरु खुरु पास गराउने र दशमा जाने बेलामा विद्यार्थी फेल भयो भने विद्यालयले अभिभावक समक्ष समस्या उत्पन्न गनेर् परिपाटी हट्नु पर्दछ किनकि ९ बर्ष यस विद्यालयमा पढेको विद्यार्थीलाई कुन अकोर् विद्यालयमा भर्ना गराउनु एउटा ठुलो समस्या हो । फेरी खर्च पनि त लाग्छ । साथै विद्यार्थीमा पनि मनोबैज्ञानिक असर पर्छ । ९ कक्षासम्म विद्यालयले के पढाए र कसरी विद्यार्थी ९ सकेर फेल भएका कक्षा १० का लागि अनुपयुक्त भए त ? यसको जवाफ दिनुको सट्टा विद्यालयले अभिभावक र विद्यार्थी सँग नाना थरि कुरा गर्नु हुन्न । हुनत, विद्यालयले किन यसो गरेको हो सहजै अनुमान लगाउन सकिन्छ । एउटा अभिभावकलाई यतिसम्मको आर्थिक र मनोबैज्ञानिक पिडा दिनु कतिको जायज छ ? फेरी यस्तो कुरा सामाजिक प्रतिष्ठा सँग पनि जोडिएको हुन्छ ।
शैक्षिक संस्थालाई नियमन गनेर् र नियन्त्रण गनेर् अधिकार पाएका कर्मचारीहरुलाई शैक्षिक संस्थाहरुले गनेर् यी र यस्ता प्रकारका कतिपय कुराहरु थाहै हुदैन मानौ उनीहरु अकैर् दुनियामा बस्छन । वा भनौ कही उनीहरुको पनि सेटिङ्ग त छैन नि ?
शंका मात्र गरेको, प्रमाण जुटाएको छैन । विद्यालयले लिने गरेको फिसको आधारमा विद्यार्थीको पढाई, लेखाई तथा अतिरिक्त क्रियाकलापमा ध्यान दिएको छ र छैन भनि निरीक्षणकर्ता तथा सम्बन्धित ओहोदाधारी व्यक्तिहरुले आफ्नो जिम्मेवारी समयमा पूरा गरी दिए सबै अभिभावकहरुलाई केही हदसम्म राहत हुन्थ्यो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
