
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २० बैशाख । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्ति नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने बताएका हुन् । ‘जसले ठगी गरेको छ, उसैले क्षतिपूर्ति तिर्छ । शेरबहादुर देउवा, विष्णु पौडेल वा सुवर्ण समशेरको हकमा पनि त्यही लागु हुन्छ । उहाँहरुको छ भने सरकारले लिन्छ, क्षतिपूर्ति तिर्दैन, हामीले जानेको त्यति हो ।’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘मैले धेरै पटक सरकारको पोजिसन स्पष्ट…
काठमाडौं, २० बैशाख । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज हुनेछ, यसले नेपाल भ्रमण वर्षलाई सकारात्मक टेवा दिनेछ’–भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने । ‘आर्थिक पावर हाउस’का रुपमा उदाएको भियतनामसँग सिधा हवाई सम्पर्क जोडिएपछि नेपालको अन्तर्रा्ष्ट्रिय व्यापार फराकिलो बन्ने उनको भनाई छ । भियतनामी समकक्षी गुयेन युवान…
जाजरकोट, २० बैशाख । नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् । जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट आएको चामल बाटौमै बिक्री गरिएको छ, जुम्ला र सुर्खेतबाट ल्याउने चामल पनि पुगेको छैन,’ मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने, ‘गाउँमा चामल छैन ।’ आजको नयाँ पत्रिकामा खबर छ ।
मेचीनगर, २० बैशाख । झापाको मेचीनगरस्थित काँकरभिट्टामा जारी मेची नेत्रालय गोल्डकपको सेमीफाइलनको समीकरण पूरा भएको छ । फाइनलमा दुई विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिस क्लब उपाधिका लागि बैशाख २१ गते अर्थात् भोलि शनिबार भिड्ने छन् । आर्मीले बिहीबार थ्री रुस्लान स्टार क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । बैशाख १२ गतेदेखि भएको प्रतियोगितामा आयोजक सहित, भुटानको पारो एफसी, क्यामरुनको दाउफिन्स फुटबल क्लब, संकटा क्लब, च्यासल युथ कलब, धरान फुटबल क्लब, माइभ्याली फुटबल कलब, रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद रू १० लाख १ हजार र उपबिजेताले…
काठमाडौं, २० बैशाख । बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’को प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ । सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ । ‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’– महाशाखाद्धारा विहिवार साँझ जारी विज्ञप्तीमा उल्लेख छ…
काठमाडौँ, २० बैशाख । अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् । मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यस्तो सेवा सञ्चालनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार समझदारी भएको छ । सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारी स्वामित्व भएका दुई निकायले बिहीबार संयुक्त रुपमा कम्पनी स्थापना गरी मोबाइल मनी सेवा दिने समझदारी गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ…
बनियानी, २० बैशाख । झापाको कमल गाउँपालिका–२ सुकुम्बासी टोलबाट प्रहरीले लागूऔषधसहित सोही ठाउँका ३० वर्षीय संजिव राईलाईलाई पक्राउ गरेको छ । राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले राति साढे ७ बजे शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई–छिपाई राखेको लागूऔषध डाइजेपाम–८ पिस, लुपिजेसिक–७ पिस, फेनारागन–८ पिस फेला पारेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धा भरहेको उक्त कार्यालयले जनाएको छ ।
बुधबारे, १९ बैशाख । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर बुद्धशान्ति गाउँपालिकाले विहिबार साइबर सेक्युरिटी तथा सामाजिक सञ्जाल सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाहको सभापतित्वमा भएको कार्यक्रममा साइबर सेक्युरिटी तथा सामाजिक सञ्जालको प्रयोग र अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षक निरज अधिकारीले सहभागीलाई जानकारी गराएका थिए । विद्यार्थी सहित विभिन्न विद्यालयका शिक्षक, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागितामा भएको कार्यक्रममा खुल्ला हाजिरीजवाफ कार्यmक्रम पनि भएको थियो । शिक्षा शाखा प्रमुख कमल निरौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सभापति शाहले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रमको सञ्चालन सूचना प्रविधि अधिकृत तोषराज ठाकुर ( सन्तोष) ले गरेका थिए…
अनिल वाग्ले बुधबारे, १९ बैशाख । बुद्धशान्ति गाउँपालिकाका गर्ववती महिलाको गर्भ जाँचका लागि गाउँपालिकाले निशुल्क भिडियो एक्स–रे को व्यवस्था गरेको छ । गाउँपालिकाले करारमा स्टाफ नर्स नियुक्त गरेर सो सेवा सुरु गरेको बुधबारे स्वास्थ्य चौकीका प्रमुख ज्ञाननाथ भट्टराईले जनाएका छन् । विहिबारबाट अनौपचारिक रुपमा सुरु भएको सेवाबाट अब गर्भवती महिलाले लाभ लिने छन् । सेवा प्रारम्भ भएकै दिन ६ जना गर्भवती महिलाको भिडियो एक्स–रे गरिएको छ । सेवा तत्कालका लागि बुधबारे स्वास्थ्य चौकीबाट शुरु भए पनि आगामी दिनमा ठाउँठाउँबाट सेवा प्रदान गरिने बताइएको छ ।
मोरङ, १९ बैशाख । प्रदेश नं. १ को बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिएको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्धारा हस्ताक्षरित सूचनामा प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनमा बैठक स्थगित गरिएको र अर्को बैठक बैशाख २२ गते दिउँसो १ बजे बोलाइएको छ । बिहीबारको प्रदेशसभामा प्रस्ताव लगेर बैशाख २२ गते भित्र प्रदेश १ को नाम र राजधानीको टुंगो लगाउने प्रदेश सरकारको तयारी रहेको थियो । संसदमा प्रस्ताव दर्ता भइसकेपछि छलफलको प्रकृयामा लैजाने तयारी थियो । प्रदेश १ को स्थायी राजधानी र नामाकरणको प्रस्ताव दर्ता गर्ने बिहीबार…