
मेचीनगर, २० बैशाख । झापाको मेचीनगरस्थित काँकरभिट्टामा जारी मेची नेत्रालय गोल्डकपको सेमीफाइलनको समीकरण पूरा भएको छ । फाइनलमा दुई विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिस क्लब उपाधिका लागि बैशाख २१ गते अर्थात् भोलि शनिबार भिड्ने छन् ।
आर्मीले बिहीबार थ्री रुस्लान स्टार क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । बैशाख १२ गतेदेखि भएको प्रतियोगितामा आयोजक सहित, भुटानको पारो एफसी, क्यामरुनको दाउफिन्स फुटबल क्लब, संकटा क्लब, च्यासल युथ कलब, धरान फुटबल क्लब, माइभ्याली फुटबल कलब, रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेताले नगद रू १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

