
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २९ चैत । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० भण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रुपमा महसुल छुट दिएको’ भेटिएको हो । छानबीन गरी झण्डै आठ महिना गोप्य राखिएको प्रतिवेदनमा ‘बिलिङमा भएको गडबडीले नोक्सान भएको रकम ४ अर्ब २९ करोड ३८ लाख ६१ हजार ४ सय ८ रुपैयाँ हुने’ भनी उल्लेख छ । प्राधिकरणका सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा गठित समितिले आठ क्षेत्रिय कार्यालयमध्ये सबैबाट यसरी उठ्नुपर्ने रकम चुहावट भएको निष्कर्ष निकालेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा, २९ चैत । झापाको झापा गाउँपालिका–४ बस्ने राजेश गणेशको किराना पसलमा बिहीबार राती आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । राती ११ः५० बजे भएको उक्त आगलागीबाट गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद १० हजार जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।
जितेन्द्र भण्डारी पाँचथर, २८ चैत । वाईवाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा हिमालयन शेर्पा क्लव विजयी वन्दै सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा न्यू स्टार क्लव सुनसरी लाई ४–३ गोल अन्तरले पराजित गर्दे हिमालयन शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो । हिमालयनलाई जिताउन डेडि बाम्बाले १४ र २५ औ मिनेटमा दुई गोल,मान बहादुर तामाङले ९ औ र विजय श्रेष्ठले ६७ औ मिनेटमा एक एक गोल गरेका थिए । यस्तै न्यू स्टार क्लव सुनसरीको तर्फबाट जवाफमा दिनेश राईले ७२ औ,रोशन भूजेलले ८२ औ मिनेटमा र पारस कटुवालले ३९ औ मिनेटमा एक एक गोल गरेका थिए…
खोटाङ, २८ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । दिक्तेलमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आएमा मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए । राजनीतिक कारण, मधेशी, आदिवासी, जनजाति, महिला, दलित र पिछिडिएका वर्गका मुद्दा अहिले पनि सम्बोधन हुन बाँकी रहेको उपप्रधानमन्त्री यादवले बताए । “हामीले उठाएका मुद्दालाई सम्बोधन गरेर जाने समझदारीअनुसार हामी सरकारमा गएका हौँ”, उनले भने, “जुन कामका लागि हामी सरकारमा समावेश भयौँ, त्यो भएन भने, हुन…
अत्तरिया, २८ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति कैलालीले आज आयोजना गरेको स्वागत तथा अन्तत्रिया कार्यक्रममा उनले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारवाही गरिने बताए । राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्ने भन्दै उनले कर्मचारीले गैरजिम्मेवार बन्न नहुनेमा जोड दिए । उनले कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै भने, “गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।” कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको…
उर्लाबारी, २८ चैत । सञ्चार क्लब नेपाल उर्लाबारीका कार्यसमिति सदस्य तथा ब्लाष्ट टाइम्स दैनिकका मधुमल्ला समाचारदाता केशव खड्कालाई समाचारको विषयमा अश्लील गालिगलौज गर्नेलाई कार्वाहीको माग गरिएको छ। सञ्चार क्लब नेपाल उर्लाबारीले आज विज्ञप्ति जारी गरी विगत केही समययता स्थानीय अराजक र उदण्ड समूहले सामाजिक सञ्जालमा समाचारको विषयलाई लिएर अश्लील गालि गलौज गर्ने र विभिन्न सुत्रमार्फत मानसिक तनाव दिने कार्यहरु भइरहेको हुँदा क्लबको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। क्लबका महासचिब किशोर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार खड्कालाई प्रत्यक्ष – अप्रत्यक्ष धम्की र दबाब दिएको सन्दर्भ उल्लेख गर्दै जीवन रक्षाको माग गरी प्रहरी प्रशासनमा उजुरी गर्दा पनि कुनै सुनुवाई नभएको पाइएको…
ओखलढुङगा, २८ चैत्र । ओखलढुङगाको लिखु गाउँपालिका–३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज दिउँसो २ः२० बजेको समयमा लिखु गाऊँपालिका–४ की ५५ बर्षीया सेतीमाया मगर, निजकै छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्न गएकोमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा ५५ बर्षीया सेतीमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । अन्य दुई जना मध्ये बिष्णु मगरको अवस्था गम्भीर भएकोले उपचारको लागि काठमाण्डौ पठाईएको तथा गोमा मगरको अवस्था सामान्य रहेको उक्त कार्यालयले जनाएको छ ।…
काठमाण्डौ, २८ चैत । अबदेखि प्रदेश सरकारले घोषणा गरेका बिदाहरुमा संघीय सरकारअन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रदेश सरकारले दिएको बिदाको दिन प्रदेशभित्र रहेका सबै सरकारी कार्यालयमा बिदा हुने निर्णय भएको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले एउटै प्रदेशमा कुनै कार्यालय खुल्ने र बन्द हुने गर्दा मुख्यमन्त्रीहरुबाटै गुनासो आएको बताउँदै त्यसलाई सम्बोधन गर्न पनि सरकारले यस्तो निर्णय गरेको बताउनुभयो । उपत्यकाको हकमा भने संघीय कार्यालयमा बिदा दिने नदिने विषयमा भने गृह मन्त्रालयले निर्णय गर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । मन्त्रिपरिषद्को पछिल्लो निर्णयले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुने…
भद्रपुर, २८ चैत्र । हल्दिवारी ४ जलथल ऐनावारी स्थित दीपेन्द्र प्राविले लोपोन्मुख मेचे भाषाबाट शिक्षण सुरू गर्ने भएको छ । हल्दिवारीकै नमूना विद्यालका रूपमा विकसित हुँदै गएको सो विद्यालयले शैक्षिक वर्ष २०७६ बाट एउटा विषय मेचे भाषामा शिक्षण गर्ने भएको हो । लोपोन्मुख मेचे जातिका ९० प्रतिशतभन्दा बढी बालबच्चा अध्ययनरत सो विद्यालमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमममा पढाइ भइरहेकोमा यस वर्ष कक्षा ४ सम्म अंग्रेजी माध्यम पुर्याउने व्यवस्थापन समितिको तयारी छ । यसैबीच विद्यालयले वार्षिक परीक्षा फल प्रकाशनको अवसर पारेर अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता तथा गाउँ शिक्षा समितिका संयोजक,…
सान नेपाल गौरादह, २८ चैत । हिन्दुराष्ट्र कायम गर्ने मागसहित देशव्यापी रुपमा संघर्षरत राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरादह नगरपालिकामा एक घण्टा धर्ना दिएको छ । गौरादह डिपु चोकमा भेला भई राप्रपाका नेता कार्यकर्ताहरु झण्डा, ब्यानर र पोस्टरसहित नारा जुलुस गर्दै नगरपालिका कार्यालय स्थल पुगेका थिए । हिन्दु राष्ट्र कायम गर, धर्म निरपेक्षता खारेज गर, स्थानीय तहमा भएका भ्रष्टाचार नियन्त्रण गर, संघीयताबारे जनमत संग्रह गर, राजसंस्थाबारे गोलमेच सम्मेलन गर लगायतका नारा लगाउँदै नगरपालिका कार्यालय पुगेका उनीहरुले कार्यालयको मुख्य गेटमा धर्ना दिएका हुन् । धर्ना कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै पार्टीका जिल्ला अध्यक्ष अम्बर विष्टले मुलुकमा बढ्दै गएको अनियमितता र विसंगतिको बारेमा राप्रपा…