
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बोल्दा अक्मकिने, शब्द सही उच्चारण गर्न नसक्ने वा रोकिइ रोकिइ बोल्ने बानीलाई भक्भकाउनु भनिन्छ । यो समस्या कतिपयमा उमेरको वृद्धिसंगै समाधान हुन्छ भने कतिपयमा जीवनभर रहिरहन्छ । वयस्क उमेरमा पनि भकभकाउने मानिसहरु कतिपय अवस्थामा हाँसो मजाकका पात्र पनि बन्छन् । कहिलेकाँही सामान्य मानिसहरु पनि तनाव, घबराहट, डिप्रेसन, आवेगलगायतका कारण भकभकाउँछन् । तर, त्यो क्षणिकमात्र हुन्छ, त्यो कुनै समस्या होइन। के हुन्छ भकभकाउँदा ? यस्तो समस्या भएका व्यक्तिले बोल्ने क्रममा पहिलो शब्द उच्चारण गर्दा नै कठिनाई महसुस गर्छन् । जिब्रो मुखतिर धकेलिन्छ र मुखको मांसपेशीमा स्वतः संकोच आउछ जसका कारण बोल्नका लागि झट्का लगाउनुपर्ने हुन्छ । यो यस्तो मानसिक कुण्ठाको रोग…
हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ। ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो। यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ। ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो। सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ। नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गरेका थिए। उनले भने , ‘‘हामीले जे देख्यौँ त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ।’ के हो ब्ल्याक होल ? ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन।…
विराटनगर, २८ चैत। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको विराटनगरमा सम्पन्न आठौँ महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ । महासङ्घले बुधबार साँझ सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार शर्माले गणेश केसीलाई ११२ मतले पराजित गरी निर्वाचित हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रमेश लामा, रमा ढकाल, राजु बस्नेत, भावुकजङ्ग थापा र केपी अधिकारी निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्यमा रमेश पोखरेल, सुगम भट्टराई, सीता सुवेदी, रुपारानी राई र प्रतिमा लामा निर्वाचित हुनुभएको छ । महासङ्घको अनुशासन आयोगको संयोजकमा टेकनाथ न्यौपाने र सदस्यमा कुमार पौडेल निर्वाचित हुनुभएको छ भने समावेशीतर्फका १३ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ…
काभ्रेपलाञ्चोक, २८ चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।” उहाँले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गर्नुभयो । मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताउनुभयो । “हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग ग¥यौँ भने समृद्धि टाढाको विषय होइन”, उहाँले भन्नुभयो । उहाँले पर्यटनले आफ्नो पहिचान जोगाउने…
चितवन, २८ चैत। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उहाँले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताउनुभयो । राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भन्नुभयो, “पञ्चायत विरोधी आन्दोलन भनाँै या २०६२÷६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।” उहाँले थप्नुभयो, “सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।” विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै उहाँले आम नेपालीले…
सागर गौतम झापा, २८ चैत । इलाम जिल्लाका दुई वटा सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । माई नगरपालिकाको जोडिएको सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थान लागू भएको हो । माईनगरपालिका सव–डिभिजन कार्यालयका प्रमुख सुरज निरौलाका अनुसार माईनगरपालिका–४ मा अवस्थित सुखानी र लालीगुँरास सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको १० वर्षे कार्ययोजना तयार गरी लागू गरिएको बताए । निरौलाले सो दुईवटा वनमा वन विज्ञानको आधारमा रूखको जीवनचक्र अनुसार नयाँ बिरुवाको पुनरुत्पादनवनमा पुराना बुढा सालका रूख रहेको र काटछाँट गरी नयाँ सालको जंगल हुर्काउने वैज्ञानिक वन व्यवस्थापन विधिलाई कार्यक्रमका माध्यमबाट लागू गरिने जानकारी दिए । त्यसो हुदाँ स्थानीय उपभोक्ताले वार्षिक…
काठमाण्डौ, २८ चैत । नयाँ वर्षको सुरुवातसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाण्डौ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन सुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् । सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा नयाँ वर्षको सुरुवातसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने छ । प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ…
सुर्खेत, २८ चैत। कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ। आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ। एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफका साथै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडेमी काठमाडौँले सहभागिता जनाउने भएका छन्। आयोजक संस्थाले मैदानको स्तरोन्नति गर्नुका साथै आवश्यक व्यवस्थापकीय तयारी गरिरहेको जनाएको छ। केपीएलको पहिलो…
वालिङ, २८ चैत। हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पुतलीबजार नगरपालिका–१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको छ। गत कात्तिक ६ गते आफूखुशी घरबाट हिँडेका घर्तीको मानसिक अवस्था ठिक नभएको मृतकका दाजु धनसिंह घर्तीले बताइ। कङ्कालमा भएको कपडाको हुलियाका आधारमा धनसिंहले पहिचान गरी कङ्काल बुझेर लैजानुभएको प्रहरी प्रवक्ता भण्डारीले बताए। ड्यामबहादुर हराएको पाँच दिनपछि धनसिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलियासहित निवेदन दिएका थिए।
भद्रपुर, २८ चैत । भद्रपुर नगरपालिका–५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–५ का २२ वर्षीय वीरधन तामाङ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । बुधबार ९ः३० बजे प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तामाङलाई जाँच गर्ने क्रममा लागूऔषध फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० थान बरामद गरेको हो । पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ । यही चैत १६ गते यसै नाकाबाट नेपाल भित्र्याइएको रु २२ लाख मूल्य बराबरको यौनवद्र्धक औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।