
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २४ चैत । झापामा पहिलो पटक सहकारी संघ–संस्थाभन्दा बाहिरको व्यवसायिक शैक्षिक प्रतिष्ठानले यहाँका तीन दर्जन सहकारीकर्मीलाई तालिम दिइएको छ । काठमाडौंको बैंकिङ ट्रेनिङ इन्स्टीच्युट (बिटीआई) र बिर्तामोडको अक्सफोर्ड एकाडेमिक सेन्टरको संयुक्त आयोजनामा शनिबार यस्तो तालिम दिइएको हो । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहजीकरण गरेको ‘सहकारीमा सुशासन’ सम्बन्धी तालिममा सहकारी ऐन २०७४ मा गरिएको व्यवस्थाका बारेमा वृहत छलफल भएको थियो । नेपाल संघीय संरचनामा गएकाले तीन तहका सरकारले सहकारीलाई हेर्ने दृष्टिकोणमा फरक पर्न सक्ने भएकाले ऐनका प्रावधानमा एकरुपता ल्याउन सहकारीका सदस्यहरु र अभियन्ताको एउटै आवाज हुनुपर्ने ढकालको सुझाव छ । जिल्लाकै चुनिन्दा सहकारी संस्थाहरु एनएमसी, कर्णाली, सिम्रिक, हाम्रो…
विर्तामोड, २४ चैत । सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोडले आइतबार नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’का लागि पच्चीस हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सहकारीले आयोजना गरेको सदस्य शिक्षा सहकारी तालिम कार्यक्रममा सो रकम गृहकी अध्यक्ष अम्बिका भण्डारीलाई हस्तान्तरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का सांसद झलकसिंह दर्लामी, संस्थाका अध्यक्ष कमल बस्नेत र शिक्षा तालिमका संयोजक सुवास भट्टराईले संयुक्त रुपमा भण्डारीलाई नगद हस्तान्तरण गरेका हुन् । सञ्चार गृहले झापाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नका लागि सो अक्षयकोषको स्थापना गरेको…
द्रोण अधिकारी भद्रपुर, २४ चैत्र । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै चैत्र १७ गतेदेखि चरणबद्ध आन्दोलन सुरू गरेपछि चिया बगान तथा उद्योगहरू बन्द भएका छन् । नेपाल चिया बगान श्रमिक संघ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदूर संघले संयुक्तरूपमा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि सरकारद्वारा श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनु पर्ने माग राखेर चरणबद्ध आन्दोलन थालेपछि चिया बगान तथा उद्योगहरू बन्द भएका हुन् । श्रमिक संगठनहरूले झापा लगायत चिया क्षेत्रका सबै जिल्लाका चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दी गरी जिल्ला सदरमुकाममा विरोध सभा तथा धर्ना गरिरहेका भए…
ताप्लेजुङ, २४ चैत्र । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–५ पेदाङमा आइतवार बाटो खन्ने क्रममा बाटो माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । बिहान ११ बजे खैरबारीबाट राष्ट्रिय माध्यामिक विद्यालय पेदाङ जोड्ने बाटो खन्दै गरेको स्काभेटरलाई बाटो माथिबाट झरेको ढुंगा र माटोले किच्दा चालक सिन्धुलीको कमलामाई नगरपालिका– १ बेल्टार बस्ने २१ वर्षका बीर बहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरीको टोली खटि गई शव उद्धार पश्चात कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको छ भने पुरिएको स्काभेटर निकाल्ने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
डोटी, २४ चैत। सेती हाइड्रोपावरमा कार्यरत प्राविधिक दीपेन्द्र ओलीको शव आज फेला परेको छ । रुकुम जिल्ला स्थायी घर भएका ओली यही चैत १८ गते दिउँसो सेती नदीमा ढुङ्गातर्ने क्रममा बगेर बेपत्ता भएका थिए । बेपत्ता भएका ओलीको खोजीका लागि परिचालन भएको सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नं को विपद् व्यवस्थापन टोलीले आज उनको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रदिपकुमार पालले बताए । उनले भने, “ओली बगेर बेपत्ता भएको खबर पाउने वितिकै हाम्रो र बाहिनीको टोली परिचालन भएको थियो, एक सातापछि बल्ल शव फेला पारेकाछौँ ।” बगेर बेपत्ता भएका ओलीको शव…
काठमाण्डौ, २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुआवेले काठमाण्डौमा आयोजना गरेको नेपाल मोबाइल काङ्ग्रेस–२०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताउनुुभयो । उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी…
झापा, २४ चैत । सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरेर मेनपावरको धरौटी रकम बढाएपछि व्यवसायमा तरंग उत्पन्न भएको छ । २३ लाख रुपैयाँ बैंक ग्यारेन्टी र ७ लाख रुपैयाँ नगद धरौटी राखेर सञ्चालनमा आएका मेनपावरले अब २ करोडदेखि ६ करोड रुपैयाँसम्म धरौटी राख्नुपनेर् भएको छ । दर्ता भएर सञ्चालनमा आएका मेनपावरले पनि अगामी भदौसम्ममा धरौटी रकम थप गरेर मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्नुपनेर् प्रावधान छ । नयाँ व्यवस्था अनुसार वार्षिक तीन हजार कामदार पठाउने कामदारले ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी राख्नुपर्छ । वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउने मेनपावरले १ करोड रुपैयाँ नगद र ३ करोड रुपैयाँ…
झापा, २४ चैत । आन्दोलन होस् वा चुनावी सभा राजनीतिक दलले ठूलो जमात देखाउनुपरे सुरुमै सम्झने वर्ग हो– चिया मजदुर । विभिन्न राजनीतिक दलका भातृ संगठनमा आबद्ध मजदुरको नेतृत्वलाई इसारा गरेमात्र पुग्ने भएकाले पनि राजनीति दलको शक्ति प्रदर्शनमा चिया मजदुर बलियो आड बन्दै आएका छन् । तर, दलहरुका लागि उपयोगी सावित हुँदै आएका तिनै हजारौँ चिया मजदुर दलको प्राथमिकतामा कहिल्यै परेनन् । दशकौँदेखि चिया मजदुरको समस्या ज्यूँकात्यूँ रहनु पेशागत सुरक्षाका हिसाबले उच्च जोखिममा रहनु राजनीति प्रतिनिधित्वमा पनि विभेदमा परेका घटनाले दलहरुका लागि मजदुर खोला त¥यो लौरो बिर्सियोकै अवस्थामा रहेको पुष्टि हुन्छ । चुनावताका चिया बगानमा डेराडण्डा जमाएर बसेका नेता कार्यकर्ता त्यसपछि मजदुरका समस्याका बारेमा…
काठमाडौँ, २४ चैत । भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्यो । थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन विमानस्थल बाहिरको नयाँ पार्किङ क्षेत्रमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । गृह मन्त्रालयले फागुन १३ मा जारी गरेको ‘गृह प्रशासन सञ्चालनको एक वर्ष’ प्रतिवेदनमा संगठित सुन तस्करीको सन्जाल ध्वस्त पारेको दाबी गरेको डेढ महिनापछि विमानस्थलबाट यति धेरै अवैध सुन बरामद भएको हो । शुत्रmबार बरामद भएको सुन तस्करीको शैली भने नयाँ थियो । पक्राउ परेकाहरु प्रहरी अधिकारीहरुलाई झुक्याउन सुनको बाला,…
काठमाडौँ, २४ चैत । उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिरी जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका लागि राज्य व्यवस्था समितिमा गएको छ । सो कानुनको मस्यौदामा सहसचिव र सचिवलाई अवकाश लिनेवित्तिकै एनजिओ, आइएनजिओ, कन्सल्टेन्सी, विकासका योजना तथा संवैधानिक अंगलगायतका लाभका पदमा जाने प्रवृत्तिमा रोक लगाइएको छ । संघीय निजामती सेवा ऐनको दफा ७९ को उपदफा ५ मा राजपत्रांकित विशिष्ट र राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदबाट सेवा निवृत्त भएका व्यक्तिले नेपाल सरकारको पूर्वस्वीकृतिविना सेवा निवृत भएको मितिले…