
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ३ वैशाख । नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताए । उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीमाना जोडिएका पानी ट्याङ्की नक्साल वाडीलगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन मतदान हुने भएकाले सुरक्षालाई ध्यान राखेर भारतीय पक्षले आज बेलुका ६ बजेदेखि पानी ट्याङ्कीमा सीमा बन्द गरेको हो । बिहीबार बेलुका ६ बजेसम्म गरिएको बन्दबाट नेपालमा रहेका भारतीय र सिलगुडीमा रहेका नेपालीलाई आवातजावतको बाधा नपुगोस् भनेर सीमामा आज जाँँच गरी…
सन्तोष शर्मा बनियानी, ३ बैशाख । हात्तीको उपद्रवबाट आक्रान्त दक्षिणी झापाबासीले अब राहत पाउने भएका छन् । झापाको हल्दिबारी र कचनकवलस्थित जलथल चारकोशे जंगलमा विद्युतीय तारवार गरिने भएपछि यहाँका बासिन्दाले राहत पाउने भएका हुन् । नेपाल सरकारको प्रकृति संरक्षण कोष अन्तरगत रू ६ करोडको लागतमा जलथल चारकोशे जंगल क्षेत्रको करिब ४५ किलोमिटर क्षेत्रमा तारवार गर्न लागिएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार हल्दिबारी गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र कचनकवल गाउँपालिकाको १, ६ र ७ नम्बर वडामा विद्यतीय तारवार गरिने छ । ‘हात्तीको सास्ती व्यहोरिरहेका यहाँका बासिन्दाले अब राहत पाउने छन्’, उहाँले भन्नुभयो, ‘बर्सेनि हुँदै…
सुरुङ्गा, ३ बैशाख । रेडक्रस सोसाइटी सुरुङ्गाको निर्वाचनमा ानेकपा र विवेकशील साझ पाटीको प्यानलै बिजयी भएको छ । यो जितसगै कनकाईमा नेकपाले केही महिना अगाडि भएको उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस र राप्रपासँग हारेको वदला लिन सफल भएको छ । भएको निर्वाचनमा नेकपा र विवेकशीलका सभापतिका उम्मेद्धार प्रविन तिम्सिनाले छन उनका प्रतिद्धन्द्धी २ सय ७८ मत ल्याउदै बिजयी बनेका नेपाली कांग्रेस र राप्रपाका उम्मेद्धार देवि बास्तोलाले १५५ मत मात्रै ल्याउनुभएको छ । सभापतिमा १२३ मतअन्तरले तिम्सिना बिजयी हुनुभएको हो । यसैगरी उपसभापति, सचिव कोषाध्यक्ष, उपसचिव र सदस्यहरुमा समेत तिम्सिना प्यानलै बिजयी भएको छ । उपसभापतिमा तिम्सिना प्यानलका कमला सुबेदीले २६२…
नारायण ढुङ्गाना काठमाडौँ, ३ वैशाख । तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौँ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ । कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरीद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय प्रहरी परिसर काठमाडौँले सबैमा आग्रहसमेत गरेको छ । यस्ता घटनाका बारेमा गुनासा प्रशस्त अइरहेकाले अहिले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर खोजीकार्य भइरहेको परिसरका निमित्त प्रमुख अशोक सिंहले…
संखुवासभा, ३ वैशाख । संखुवासभाको खाँदवारी नगरपालिका–८ मा आज एम्बुलेन्स र टाटा सुमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दिउँसो १ बजे तुम्लिङटार सडक खण्डमा खाँदबारीबाट तुम्लिङटार तर्फ जाँदै गरेको को १ झ ४४८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउँदै गरेको को १ च ७६३४ नम्बरको टाटा सुमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा सुमोमा सवार रहेका खाँदबारी नगरपालिका–३ बस्ने ५६ वर्षका हेमराज घिमिरे, १८ वर्षकी मनिषा गुरुङ, भोजपुर साल्पा–सिलिछो गाउँपालिका–३ बस्ने १८ वर्षकी चन्द्रकला लिम्बु त्यसैगरी एम्बुलेन्समा सवार खाँदबारी नगरपालिका–९ बस्ने २४ वर्षकी बिनिता मगर, निजको छोरा ९…
मोरङ, ३ बैशाख । मोरङको २ छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा अन्दाजी ५५ लाख रुपयाँ बराबरको क्षति भएको छ । आज बिहान ९ः३० बजेको समयमा मोरङको कटहरी गाउँपालिका–६ मुस्लिम टोलमा स्थानीय कृष्ण बहादुर लुईटेलको घरबाट अचानक बिद्युत सर्ट भई आगलागी हुँदा निजको २ तले कच्ची घर, छिमेकी मनोज बिष्ट र कमल बिष्टको घर समेत जलेर नष्ट हुँदा अन्दाजी ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा दिउँसो १२ः३० बजे पुर्ण रुपमा आएको साथै कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ । यसैगरी…
मोरङ, ३ वैशाख । मोरङको पथरी–शनिश्चरे नगरपालिका–४ मगर टोलमा आज नहरमा डुबेर १ बालकको मृत्यु भएको छ । बिहान सवा ११ बजे सोही स्थान बस्ने बिमल मगरको छोरा १२ वर्षका अभिषेक मगर घर नजिकै रहेको नहरमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृयापश्चात शव पोष्टमार्टमको लागि मंगलवारे अस्पताल उर्लावारीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
सान नेपाल गौरादह, ३ वैशाख । नयाँ वर्ष तथा महान सिरुवा पर्वको अवसरमा गौरादह—गौरिगञ्जका विभिन्न स्थानमा सांस्कृतीक मेला आयोजना गरिएको छ । नयाँ वर्षको अवसर पारेर बैसाख १ गते कमल गाउँपालिका ६ स्थित लखनपुरमा रहेको ऐतिहासिक महाराजथान स्थलमा मेला आयोजना गरियो । त्यसै गरी बैसाख २ गते गौरिगञ्जमा निरन्तरता पाएको सांस्कृतीक मेला बैसाख ३ गते गौरादह ७ स्थित दुधाली बजारमा रहेको दुधाली महाराजथानमा मेला आयोजना गरिएको छ । सिरुवा पर्वको अवसरमा प्रत्येक वर्ष लगाईंदै आएको मेलामा यस वर्ष पनि दुधाली महाराज र शक्ति महाराजको पुजा अर्चना गरि मेला लगाईएको छ । मेलामा भावना र आत्मियता साटासाट गर्नको लागी दमक, गौरिगञ्ज,…
काठमाडौं, ३ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’लाई जिल्ला अदालतले कारागार पठाएको छ । सोमबारको थुनछेक आदेपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगिएको हो । न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो । केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनलाई सोमबार अदालत पेश गरिएको थियो ।
पोखरा, ३ वैशाख । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।