
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सान नेपालगौरादह, २० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी गौरीगञ्जले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि हस्ताक्षर संकलन कार्य सुरू गरेको छ । पार्टीका सहमहामन्त्री राजेश गिरीले हस्ताक्षर संकलन कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महामन्त्री गिरीले हिन्दु राष्ट्र पुनःस्थापनका लागि जनतालाई जागरुक गराउन र सरकारलाई दबाब दिन हस्ताक्षर संकलन गरिएको बताए । चैत १७ गतेदेखि राप्रपाले देशभर हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ । अभियान अनुशासित जीवन पद्धति अंगालने सबै हिन्दु धर्मावलम्बी भएको सहमहामन्त्री गिरीले बताए । झापाबाट १ लाखभन्दा बढीको हस्ताक्षर गरी देशभरिबाट अत्याधिक हस्ताक्षर संकलन गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाई हिन्दुधर्म स्थापनाका लागि दबाब दिने उनले बताए…
सान नेपालगौरादह, २० चैत । बारा र पर्सा जिल्लामा आएको बिनाशकारी हावाहुरीबाट घरवारविहीन भएकाहरुलाई विभिन्न संघ–संस्था तथा व्यक्तिबाट खाद्यान्न तथा लत्ता कपडा वितरण भइरहेको बेला गौरादहका युवाहरु पनि राहत सामग्रीसहित त्यसतर्पm प्रस्थान गरेका छन् । स्थानीय फर्निचर व्यवसायी तथा गौरादह उद्योग वाणिज्य संघका सदस्य समेत रहेका प्रकाश बाँस्कोटाको नेतृत्वमा रहेको टोली नगद ५० हजार बराबरको राहत सामग्री लिएर मंगलबार सबेरै प्रभावित क्षेत्र तर्पm गएका हुन् । ‘तत्कालका लागि आवश्यक पर्ने खाद्यान्नहरु वितरण गरिने छ, आवश्यक परेको खण्डमा थप राहत सामाग्री संकलन गरेर पठाउने गृहकार्य भईरहेको छ’, बाँस्कोटाले भने । ११ सदस्यीय गौरादहका युवाहरुको टोलीसँग ५ सय किलो चामल, ४०० किलो…
काठमाडौँ, २० चैत । बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८।०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उनले थपे, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।” यो सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा प्रभाव बोकेको हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउँछन् । “चितवन हुँदै वेगमा गएको चिसो बादलसँग बङ्गालको खाडी र अरेबियन खाडीको तातो वायुसहित वेगमै आएको बादल त्यो क्षेत्रमा पुगेर मडारियो,” विज्ञ श्रेष्ठले थपे, “बादलभित्रै तातो वायु र चिसो वायुको घर्षण सानो घेराभित्र धेरै हुँदा…
काठमाडौं, २० चैत । खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ उनले भनिन्, ‘कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो ।’ स्प्रिङवाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो । मन्त्री मगरले नेपाल र कतार…
काठमाडौं, २० चैत । विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा विश्वको अन्य कुनै पनि कम्पनीको भन्दा बढी भएको छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफाभन्दा ४६ प्रतिशत बढी हो । साउदी अरामकाको नाफा जे पी मोर्गान चेज, अल्फाबेट, फेसबुक तथा एक्सन मोबिलको संयुक्तभन्दा पनि बढी भएको छ । २०१८ मा यी सबै कम्पनीको कुल मुनाफा जोड्ने हो भने १ सय ६ अर्ब डलर पुगेको थियो । जे पी मोर्गान अमेरिकाका प्रमुख बैंकमध्येको एक हो । एक्सन मोबिल अमेरिकाको सर्वाधिक…
बिर्तामोड, २० चैत । इलामको तत्कालीन शान्तिपुर गाविस हाल रोङ गाउँपालिका–२ बरफल्याङका ८० वर्षीय लेखबहादुर प्रधान मंगलबार तीन घण्टा लामो पैदल हिडेर सोही वडाको बदमटार आइपुगे । जंगलको बाटो हिडेर बदमटार आउनुको एउटै कारण थियो । मंगलबार शान्तिपुर–झापा एकता समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा आँखा परिक्षण गराउनु । लठठीको सहारामा आएका प्रधानले आफ्नो गाँउमा नै शिविर आएर आँखा परिक्षण गरिदिएको भन्दै डाक्टरहरुलाई धन्यवाद दिदैं आयोजकलाई संधैं मानवीय सेवामा लाग्न आग्रह गरे । आफ्नो जन्मभूमि छाडेपछि धेरैले बिर्सने गरेको भन्दै झापामा अस्थायी तथा स्थायी रुपमा बसोबास गरेका शान्तिपुरेहरुले संस्था नै गठन गरेर आफ्नो जन्मथालोमा मानवीय सेवामुलक कार्य गरेकोमा उनले सबैले एक…
खुदुनाबारी, १९ चैत । अर्जुनधारा नगरपालिकाको चौथो नगरसभा सुरु भएको छ । चौथो नगरसभाको अवसरमा मंङ्लबार सुरु चौथो नगरसभामा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तीन जनासहित चार जनालाई सम्मान गरेको हो । तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अर्जुनधारा नगरपालिकाले नगदसहित सम्मान गरेको हो । चीनमा सम्पन्न द वल्र्ड हिरो कपमा सहभागी अर्जुनधारा ९ निवासी दिपेन धिमालले उमेर समूहमा स्वर्ण जित्नुभएको थियो । त्यस्तै, २० वर्षीय धिमालले ५८ केजी तौल समूहअन्तर्गत सिनियर तर्फ स्वर्ण जित्नुभएको थियो । उहाँहरुलाई नगरपालिकाले नगद २५ हजारसहित प्रशंसापत्र प्रदान ग¥यो । द वल्र्ड हिरो कपमै ४२ केजी तौल समूहतर्फ सहभागी एन्किला राईले पनि स्वर्ण जित्नु भएको…
निर्माणाधिन रहेका बहुवर्षे आयोजनाहरु ढिलासुस्ती बारे नेपाली कांग्रेस झापाले चासो राख्दै स्थलगत अनुगन
द्रोण अधिकारी भद्रपुर १९ चैत्र । निर्माणाधिन रहेका बहुवर्षे आयोजना अन्र्तगत २१ करोडको भद्रपुर स्थित मेची अञ्चल अस्पताल भवन तथा ११ करोडको गिरिजाप्रसाद स्मृति भवन निर्माणमा भइरहेको ढिलासुस्ती बारे नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले चासो राख्दै स्थलगत अनुगन गरेको छ । क्षेत्रीय सभापति गणेश पोखरेल तथा प्रदेश संसद ओमप्रकाश सरावगीको नेतृत्वमा गएको टोलीले निर्माण अवधि ६० प्रतिशत पूरा भएर पनि ४० प्रतिशत हाराहारीमा काम अड्कीएका बहुप्रतिक्षित दुवै आयोजनाको कामको अवस्था बारे स्थलगत अनुगमन गरेका हुन् । निर्माणका चरणमा रहेको दुवै योजनाका काम सरकारले सम्झौता बमोजिम रकम भुक्तानी नगरेपछि अड्कीएको निर्माण सम्बद्ध कम्नीका प्रतिनिधिले जानकारी गराएका छन् । गत…
पर्सा, १९ चैत । आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भएर यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरालाई उपचारको लागि नेशनल मेडिकल अस्पतालमा भर्ना गराएकामा मंगलबार उनको मृत्यु भएको हो । हावाहुरीमा परेर मृत्यु हुनेको संख्या बारामा मात्रै २८ पुगेको छ भने पर्साका दुई गरी जम्मा ३० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई निर्देशन दिनुभएको छ । नाष्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार गरी उद्यमशीलताको विकास गरिनुपर्नेमा जोड दिनुभयो । ‘विकास र समृद्धिका लागि नाष्टले नयाँ ढङ्गले काम गर्नुपर्छ । प्राकृतिक स्रोतसाधनको उचित प्रयोगका साथ नवीन अनुसन्धान र आविष्कार जरुरी छ, त्यसका लागि द्रुत गतिमा काम अघि बढाउनुपर्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नाष्टका उपकुलपति…