झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चितवन, १९ चैत । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् । उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । रेग्मीका अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन् । शव…

Read More

स्याङ्जा, १९ चैत । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले सरकारले अनावश्यक रुपमा विखण्डनवादी सीके राउतलाई प्राथमिकता दिएर गल्ती गरेको बताउनु भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध र छुट्टै राज्य माग गर्ने सीकेलाई प्राथमिकता दिनु सरकारको कमजोरी भएको उहाँले दाबी गर्नुभयो । ‘सरकारले त राज्यलाई कुन तत्वले बढि क्षति पुर्‍याउँछ भन्नेतर्फ केन्द्रित हुनुपर्ने हो, तर सरकारले त्यसतर्फ ध्यान दिन सकेन’, नेपाल प्रेस युनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भन्नुभयो, ‘राउतसँग गरेका सहमतिमा सरकार र राउतले आ–आफ्नै ढङ्गले व्याख्या गर्नु सरकारको कमजोरी हो ।’ ‘विखण्डनवादीलाई प्राथमकिता दिँदा नागरिकमा नकारात्मक सन्देश भएको छ’, नेता कोइरालाले भन्नुभयो, ‘राउतसँगको सहमतिमा…

Read More

चर्चित बलिउड गायिका नेहा कक्कड काठमाडौँ आउने भएकी छिन् । उनले काठमाडौँका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौँका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । नेहाले चैत २७ गते काठमाडौँको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

Read More

संखुवासभा, १९ चैत । संखुवासभाको सभापोखरी गाउँपालिका(६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको छ । आज विहान ७स्५५ बजे सोही स्थान बस्ने बिकाश तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको कम्प्युटर(२ थान, प्रिण्टर(३ थान, काउन्टिङ मेशिन(१ थान, कुर्सी(४ थान, फायर कन्ट्रोल मेशिन(१ थान, फर्निचर लगायत ढोकाको सिसा फुट्नुका साथै सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी बाह्रविसेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको…

Read More

झापा, १९ चैत । प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको आज शिलान्यास भएको छ । ३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको नयाँ भवनको आज प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले एक कार्यक्रमका विच शिलान्यास गर्नु भएको हो । भवन शिलान्यास पश्चात कार्यक्रममा बोल्नु हुँदै मन्त्री कार्कीले प्रहरीलाई प्रविधि मैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने कार्यमा प्रदेश सरकारले सहयोग अघि बढाएको र आन्तरिक सुरक्षाको अग्रपंक्तिमा रहने प्रहरी भौतिक, मानसिक र शारीरिक रुपमा सम्पन्न भएमा मात्र आम नागरिकहरुले सुरक्षाको प्रत्याभुति पाउन सक्ने र विकास निर्माणका…

Read More

कार चोरी गर्ने मानिसमाथि अदालतले कस्तो सजायँ गर्ला रु जेल सजायँ वा नगद जरिवाना । तर अमेरिकामा भने एकजना कार चोरीका अभियुक्तलाई अदालतले चार वर्षसम्म पेप्सी पिउन नपाउने फैसला गरेको छ । अमेरिकाको हवाईस्थित अदालतले २१ वर्षका एक अभियुक्त विरुद्ध यस्तो फैसला गरेको हो । समाचार अनुसार क्रिस्टोफर मोन्टीलियानो नामका ती अभियुक्तलाई उनको मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म नपिउने आदेश गर्ने न्यायाधीशको नाम रोन्डा लू हो । गत जुन महिनामा माउल क्षेत्रमा चोरीको कारसँगै पक्राउ परेका थिए क्रिस्टोफर । तर उनले उक्त कार आफ्नो भतिजको भएको र आफु कार चलाएर आफुलाई मनपर्ने पेय पदार्थ पेप्सी किन्न जान लागेको भनी…

Read More

काठमाडौँ, १९ चैत । बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो । त्यसको केही समयअघि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन । सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ । त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाई छ । आजको नागरिक दैनिकमा खबर छ । हवाई उड्डयनका लागि सिमरा विमानस्थलमा जडित मौसम स्टेसनले पनि हावाहुरीको पूर्वसंकेत गर्न सकेन । महाशाखाका अनुसार हावाहुरीको…

Read More

काठमाडौं, १९ चैत । चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु ग¥यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलेृ समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए । अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट भाषणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्वदेशमा रोजगारी सिर्जना गर्त तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । अर्को आर्थिक वर्षको बजेट भाषण आउन करिब दुई महिना बाँकी रहँदा स्वदेशमा कति रोजगार सिर्जना भए भन्ने यकिन हुन नसके पनि युवाको विदेश मोह…

Read More

भोजपुर, १९ चैत । भोजपुरको ट्याम्के मयुम गाउँपालिका–५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा(२ तिवारीभञ्ज्याङ बस्ने वर्ष २७ को नबिन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

ताप्लेजुङ, १९ चैत । ताप्लेजुङको मेरिदिङ गाउँपालिका–५ थुकिम्बामा सोमबार ट्याक्टको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे.१ त. ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ३५ को आईतबीर लिम्बुलाई ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थलमा नै मृत्यु भएको हो भने ठक्कर दिने ट्याक्टर र चालक मेरिङदेन–२ सानथाक्रा बस्ने बर्ष २७ को लाक्पा शेर्पालाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

Read More