झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १४ चैत । सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय ग¥यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यू डाइमण्ड भिड्नेछन् । हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा आज भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको थियो । एपिएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ को सेटमा पराजित गरेको हो । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को…

Read More

सुनसरी, १४ चैत्र । ट्राफिक ब्यवस्थापन र सडक सुशासन कायम गर्ने कार्यमा प्रहरी एक्लैको प्रयास असफल हुने हुँदा स्थानीय सरकार लगायत समाजका हरेक वर्ग, बिभिन्न संघ संस्थाहरु र आम नागरीकहरुको पनि उत्तिकै साथ र सहयोग हुनु पर्ने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बताउनु भएको छ । आज सुनसरीको ईटहरीमा भएको सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी १५ दिने महाअभियानको समापन कार्यक्रममा बोल्नु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो । १५ दिने महाअभियानको समापन कार्यक्रका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिकल्पना अनुरुप १५ दिने सवारी दुर्घटना न्यूनीकरण महाअभियान संचालन गर्नु भएकोमा १…

Read More

सुनसरी, १४ चैत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटको कोशी पुलमा बिहीवार ट्रकबाट लडेर सोही ट्रकका सह–चालकको मृत्यु भएको छ । चतरामा हुने कुम्भ मेलाको लागि बाँस लोड गरे ल्याउदै गरेको को.१ ख. २५६९ नम्बरको ट्रक घुमाउरो बाटोमा मोड्ने क्रममा बिहान साढे १० बजे ट्रकबाट लडेर सह–चालक उदयपुर बेलका नगरपालिका–८ बस्ने १९ वर्षका हेमन्त मगर गम्भीर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका मगरलाई उपचारको लागि धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उचारको क्रममा सोही अस्पतालमा बिहान सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटना पश्चात ट्रकका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ…

Read More

विगत केही समयदेखि मलाइका अरोडा र अर्जुन कपुरबीच विवाह हुने चर्चा चलिरहेको छ। उक्त चर्चा अब वास्तविकतामा परिणत हुने देखिएको छ। भारतीय संचारमाध्यमका अनुसार मलाइका र अर्जुन कपुरबीच हुने भनिएको विवाहको मिति तय भएको छ। भारतीय संचारमाध्यमका अनुसार मलाइका र अर्जुनबीच अप्रिल १९ मा विवाह हुने सम्भावना रहेको छ। यो जोडी १९ अप्रिलमा क्रिश्चियन रीति–रिवाज अनुसार विवाह बन्धनमा बाँधिने भएका छन्। मलाइका क्रिश्चियन हुन र त्यही अनुसार दुवैले क्रिश्चित परम्परा अनुसार विवाह गर्ने बताइएको छ। उनीहरुको विवाहमा करीना कपुर खान, करिश्मा कपुर, रणवीर कपुर र दीपिका पादुकोण सहभागी हुने बताइएको छ। करीना–करिश्मा मलाइकाका साथी हुन् भने रणवीर र अर्जुन पनि…

Read More

अल्माटी, १४ चैत । कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ । गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

Read More

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को आज यहाँ उद्घाटन गर्दै उहाँले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताउनुभयो । नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि…

Read More

काठमाडौँ, १४ चैत । पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भन्नुभयो, “पोशाक र परिचयपत्र अनिवार्यका लागि विभागले निर्णय गरिसकेको छ, अब चाँडै कार्यान्वयनमा लैजान्छौँ ।” उहाँले नेपाल घुम्न आउने पर्यटकलाई राम्रो व्यवहार गर्न र इमान्दार चालक बन्नसमेत आग्रह गर्नुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पर्यटन व्यवसायको विकास र…

Read More

काठमाडौँ, १४ चैत । शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश रकम वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । यस्तै जेविल्स फाइनान्सले रु एक करोड ३२ लाख ५६१ बराबरको शेयर लाभांश वितरण गर्ने भएको छ । यस्तै…

Read More

कलात, १४ चैत । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएको छ । जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्व प्रायःसंयुक्त सेनाले अफगानिस्तान छोड्योपछि अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमाथि आएको थियो । यसपछि अफगान सुरक्षा बलको हताहत सङ्ख्या बढेको पाइन्छ । अफगानिस्तानमा तालिबान आतङ्ककारी समूहलेअफगान सुरक्षा बल र सरकारी अधिकारी लक्ष्य गरी बारम्बार…

Read More

काठमाडौँ, १४ चैत । गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गर्नुभएको हो । सो अवसरमा मन्त्री थापाले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु नेपालका लागि खुशीको कुरा भएको बताउँदै नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले खेलाडीको वृत्ति विकास र खेल क्षेत्रको पूर्वाधार निर्माणमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको पनि बताउनुभयो । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा बुधबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । नेपाली टोलीका…

Read More