
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
राजेन्द्र गौतमबिर्तामोड, १३ चैत ।कुनै बेला एक ठाउँ बस्नै नचाहाने द्वन्द्व पीडित यतिबेला एक ठाउँमा बस्नेसम्म भएका छन् । तर, उनीहरु अहिले पनि एकले अर्कालाई खुलेर रुचाउँदैनन् । उनीहरु भित्र विगतको तुष अझै छ । माओवादी पीडितले एउटा तर्क गर्छन् त राज्य पक्षबाट पीडित तत्कालीन माओवादी कार्यकर्ता आफ्नै अडानमा हुन्छन् । मुलुकमा दुईवटा शक्तिसम्पन्न आयोगहरु क्रियाशील रहे पनि मेलमिलाप र न्यायको क्षेत्रमा उपलब्धीपूर्ण काम भएको छैन । परिणाम अहिले पनि द्वन्द्व पीडितको संख्या एकिन छैन । झापामा द्वन्द्व पीडितको संख्या राज्य पक्ष र द्वन्द्व पीडितका संस्थासँग फरक फरक छ । शान्ति समिति झापा मार्फत सत्य निरुपण आयोग र मेलमिलाप आयोगले…
बुधबारे, १३ चैत ।भगवती वेभेरेज प्रालि झापा बुद्धशान्तिका सञ्चालक युवा व्यवसायी बरुण उप्रतीको सवारी दुर्घटनामा परि निधन भएको छ । गत चैत ४ गते मेची राजमार्ग अन्र्तगत बुद्धशान्ति ३ स्थित बुधबारे चोकमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका बरुणको काठमाडौंको मेडिसिटि अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको भगवती वेभेरेजका अर्का सञ्चालक सुमन पनेरुले जनाएका छन् । चैत ४ गते साँझ बुद्धशान्ति–३ काली खोलामा रहेको मिनिरल वाटर उत्पादन गर्ने भगवती वेभेरेज प्रालिबाट घर फर्कने क्रममा ट्याक्टरमा ठक्कर खाँदा मोटरसाइकलमा सवार बरुण गम्भिर घाइते भएका थिए । दुर्घटनामा परेपछि उनलाई तत्काल विर्तामोड स्थित बिर्तासिटि अस्पताल पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि…
नानजिङ, १२ चैत । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताउनुभयो । “सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने…
काठमाडौँ, १२ चैत । अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो । नेपालबाट भियना पुग्नुभएका चलचित्रका निर्देशक विनोद विष्ट, बेलायतबाट भियना पुग्नुभएका ‘जीवन काँडा की फूल’ पुस्तकका प्रकाशक विश्वासदीप तिगेला र राजदूत सुवेदीले चलचित्रबारे बोल्नुभएको थियो । चलचित्र हेरेर धेरै दर्शकका आँखा रसाएका थिए । विशेष चलचित्र मात्र प्रदर्शन गरिने फिल्म क्यासिनो हलमा नेपाली चलचित्र प्रदर्शन गर्नु…
बिराटनगर, १२ चैत्र । आज बिहान आएको हावाहुरी र पानीसँगै चट्याङ पर्दा चट्याङको झिल्काले लागेर १ नम्बर प्रदेशका बिभिन्न स्थानमा ४ जना घाईते भएका छन् भने २ वटा चौपाया मरेका छन् । आज बिहान ९ बजेको समयमा इलाम नगरपालिका–६ गढीमा चट्याङको झिल्काले लागेर स्थानीय ३३ बर्षीय दिनेश गुरुङ र ४१ बर्षीय बम बहादुर लिम्बु घाईते भएका छन् । घाईते दुवै जनाको जिल्ला अस्पताल इलाममा उपचार भईरहेको छ भने तत्कालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका–११ मा स्थानीय फुलमाया बर्देवाको घरमा चट्याङ पर्दा चट्याङको झिल्काले लागेर ४७ बर्षीया फुलमाया बर्देवा र ४२ बर्षीया…
काठमाडौँ, १२ चैत । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो आंैल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ । उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्तीलाई आज यहाँ हस्तान्तरण ग¥यो । समितिका सदस्य उमेश श्रेष्ठको संयोजकत्वमा गठित सो उपसमितिमा अञ्जना विशङ्खे, एकवाल मियाँ, चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, नवीना लामा, नारायणप्रसाद मरासिनी र योगेशकुमार भट्टराई सदस्यका रुपमा रहनुभएको थियो । विद्यालय सञ्चालनसम्बन्धी व्यवस्था मिलाउन गाउँ वा नगर शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, राष्ट्रिय शिक्षा परिषद्को गठन, प्रदेश शिक्षा परिषद्को गठन,…
रुपन्देही, १२ चैत । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्ड, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दैछन् । सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्धिजमको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रोफसर ह्युग मियल, ‘श्रीलङ्कामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा…
काठमाडौँ, १२ चैत । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ । यसअघि दुई÷दुई खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन् । पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसीप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोलअन्तरले पराजित भएको…
काठमाडौँ, १२ चैत । पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिनुभयो । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु तीन करोड ८७ लाख राजश्व उठेको छ । वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५…
रियल मड्रिडमा फर्किएपछि प्रशिक्षक जिनेदिन जिदानले उत्कृष्ट खेलाडी अनुबन्ध गर्नका लागि प्रकृया सुरु गरेका छन् । उनको पहिलो टार्गेट पीएसजी स्ट्राइकर केलियन एमबाप्पे हुन् । आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउ भित्राउन प्रशिक्षक जिदानले चासो देखाएका छन् । फ्रान्सबाट प्राप्त रिपोर्ट अनुसार एमबाप्पे जिदानको पहिलो प्राथमिकता भएको बुझिाएको छ । एमबाप्पेका लागि रियलले २८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको छ । दुई वर्षअघि एमबाप्पे रियल मड्रिडमा आबद्ध हुने कुरा चलिरहेका बेला उनी पेरिस सेन्ट जर्मेइनमा आवद्ध भएका थिए । नेयमार र इडिन्सन कभानीसँग निकै राम्रो कम्बिनेसन गरिरहेका एमबाप्पे अनुबन्ध गर्न रियलले पीएसजीलाई मनाउनु पर्नेछ । जसका लागि उसले…