झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, ४ चैत । झापाको बिर्तामोड नगरपालिका–९ स्थित गरामनीमा आज एक युवा मृत अवस्थामा फेला परेका छन् । बिर्तामोड–९ का २१ वर्षीय युसन श्रेष्ठ घर नजिकै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । मृतक श्रेष्ठको मुखबाट फिज निस्किएको र केमिकलको गन्ध आइरहेको उहाँले बताउनुभयो । ‘शरीरमा कुनै चोट पटक छैन’, उहाँले भन्नुभयो, ‘विषाक्त खानेकुरा खाएकाले मृत्यु भएको हुन सक्छ, शव पोष्टमार्टमका लागि पठाएका छौँ, रिपोर्ट आएपछि मात्र कारण भन्न सकिन्छ ।’ बेलुका ९ः३० बजेसम्म युसन घरमै रहेको भने फोनमा बोलिरहेको अवस्थामा उनका बुबाले ‘त्यो केटीसँग नबोल’ भनेको अनुसन्धानका क्रममा पत्ता…

Read More

काठमाडौँ, ४ चैत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ । उहाँको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पूर्वप्रधानमन्त्री खनालले आफूले विसं २०६२÷६३ को आन्दोलनपछि यता देशप्रेम, विकास, निर्माण, समृद्धि, गृह जिल्ला इलामका सन्दर्भहरुमा लेखिएका गीतहरु समावेश गरिएको जनाउँदै आन्दोलनको चरण सकिएकाले अब साहित्यकारले विकास र निर्माणका लागि कमल चलाउनु पर्नेमा जोड दिनुभयो । खनालको…

Read More

काठमाडौँ, ४ चैत । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एनसिएल स्पोर्टस प्रालिले आज यहाँ पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो । पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडाँैं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी कविता कुवँर, विराटनगरका करुणा भण्डारी, धनगढीका सीता राना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् । प्रतियोगिता यही चैत ९ गतेदेखि विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुनेछ ।

Read More

विराटनगर, ४ चैत । प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को मस्यौदा पेश भयो । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले सो मस्यौदा पेश गर्नुभएको हो । आजैको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो । उहाँले विधेयकमा सैद्धान्तिक छलफलमा भाग लिने सदस्यहरुबाट आएका अमूल्य सझावले विधेयकलाई परिपक्व बनाउन मद्दत मिल्ने विचार व्यक्त गर्नुभयो । मन्त्री कार्कीले सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिमा सहकारी पनि एक पाटो भएकाले यसलाई बलियो र परिपक्व बनाउन सदस्यहरुका विचार र सैद्धान्तिक बहसले…

Read More

काठमाण्डौ, ४ चैत । विवेकशील साझा पार्टीले बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ । सोमबार पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै मेडिकल कलेज र शैक्षिक संस्थाहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहर प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यावसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थीहरु मारमा परेको तर त्यस्ता कलेजहरुलाई कारबाही गर्नेतर्फ सरकारको उदासीनता संशयपूर्ण रहेका भन्दै पार्टीले आपत्ति जनाएको छ । विज्ञप्तिमा विद्यार्थी र अभिवावकलाई मर्का पर्न गएकोमा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा यो शुल्क फिर्ता गर्नुपर्ने…

Read More

काठमाण्डौ, ४ चैत । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएलको ड्रिम टिममा पर्न सफल भएका छन् । पीएसएलको यो सिजन सकिएसँगै सार्वजनिक गरिएको टिम अफ् द पीएसएलमा सन्दीप १२ औं खेलाडीका रुपमा रहन सफल भएका हुन् । पीएसएलमा गरेको प्रदर्शनको आधारमा छनोट समितिले एबीडी भिलियर्सको कप्तानीमा ड्रिम टिम सार्वजनिक गरेको हो । लाहोर कलन्दर्सबाट पीएसएलमा डेब्यू गरेका सन्दीपले प्रतियोगितामा कुल ७ खेल खेल्दा ११ विकेट लिएका थिए । उनको इकोनोमी रनरेट ७ दशमलब ६६ रहेको छ । प्रतियोगितामा व्यक्तिगत राम्रो प्रदर्शन गरेपनि सन्दीपको टिम भने कुल १० खेलमध्ये ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहन…

Read More

सुनसरी, ४ चैत्र । सुनसरीको भोक्राह नर्सिङ गाउँपालिका–४ बस्ने बौवालाल उरावको घरमा सोमवार आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो साढे १२ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा उरावको टाटी बेरा र टिनको छानो भएको १ तले घर, घर भित्र रहेको नगद २० हजार, सुन २ आना, चाँदी २१ तोला, टि.भि. खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सर–सामान जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

द्रोण अधिकारी भद्रपुर, ४ चैत्र । समृद्ध हल्दिवारी सवल गाउँबासी अभियान सञ्चालन गरिरहेको हल्दिवारी गाउँ पालिकाले पुर्वाधार विकास अन्र्तगत सिमान्तकृत बस्ती जोड्न पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ । ३७ लाख लागतमा हल्दिवारी ३ तथा ४ नम्बर वडा जोड्ने काजली खोला पुलको निर्माण सम्पन्न गरी वर्षौंदेखिको स्थानीयको बाँसे पुलको धराप यात्रा अन्त्य गरी पक्की पुल सञ्चालनमा ल्याइएको हो । विकट बस्तीका रूपमा रहेको डाँडागाउँ क्षेत्रमा रहेका स्थानीयको वर्षादको यात्रा सहज बनाउन पुल निर्माणको माग वर्षौंदेखि भए पनि यस पटक पूरा भएकोमा स्थानीयमा हर्ष छाएको देखिन्थ्यो । आदिवासी, जनजाति, दलित, सिमान्तकृत तथा कृषि पेशामा आश्रित कृषकहरूको बस्ती रहेको सो क्षेत्रमा बाँसे…

Read More

झापा, ४ चैत्र । झापाको दमक नगरपालिका–७ धरधरे पुलमा सोमवार दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प ८८०६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मे ८ प ८८०६ नम्बरको मोटरसाईकल चालक उर्लाबारी नगरपालिका–६ बस्ने २५ वर्षका संजिब बि.क. र पछाडी सवार २० वर्षका निशान राई त्यसैगरी मे ५ प ६४१४ नम्बरको मोटरसाईकल चालक तत्काल पहिचान खुल्न नसकेका १ पुरुष घाइते भएका हुन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय…

Read More

विराटनगर, ४ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र पर्यटन प्रवद्र्धनमा हिमालयदेखि समुद्रसतहसम्म” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालको व्यापार घाटा कम गर्नका लागि भएपनि बङ्गलादेशी पर्यटक नेपाललाई आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फे विन्ते शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको स्मरण गर्दै एक सय आठ नेपाली उत्पादनलाई बङ्गलादेशले भन्सार सुविधा दिएको बताउनुभयो । प्रदेशसभा सदस्य सूर्यमाराज राई, नवोदिताकुमारी चौधरी, लीलाबल्लभ अधिकारी, मोहन खड्का र उदिता परियारले…

Read More