
काठमाडौँ, ४ चैत । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक एनसिएल स्पोर्टस प्रालिले आज यहाँ पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडाँैं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ ।
भैरहवाको मार्की खेलाडी कविता कुवँर, विराटनगरका करुणा भण्डारी, धनगढीका सीता राना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् । प्रतियोगिता यही चैत ९ गतेदेखि विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

