
काठमाण्डौ, ४ चैत । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएलको ड्रिम टिममा पर्न सफल भएका छन् ।
पीएसएलको यो सिजन सकिएसँगै सार्वजनिक गरिएको टिम अफ् द पीएसएलमा सन्दीप १२ औं खेलाडीका रुपमा रहन सफल भएका हुन् । पीएसएलमा गरेको प्रदर्शनको आधारमा छनोट समितिले एबीडी भिलियर्सको कप्तानीमा ड्रिम टिम सार्वजनिक गरेको हो । लाहोर कलन्दर्सबाट पीएसएलमा डेब्यू गरेका सन्दीपले प्रतियोगितामा कुल ७ खेल खेल्दा ११ विकेट लिएका थिए । उनको इकोनोमी रनरेट ७ दशमलब ६६ रहेको छ ।
प्रतियोगितामा व्यक्तिगत राम्रो प्रदर्शन गरेपनि सन्दीपको टिम भने कुल १० खेलमध्ये ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहन पुग्यो ।
प्रतियोगिताको यस संस्करणको उपाधि भने क्वेटा ग्लाडिएटर्सले जितेको छ । आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीलाई ८ विकेटले हराउँदै क्वेटा ग्लाडिएटर्सले उपाधि जितेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

