झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काभ्रेपलाञ्चोक, १० चैत । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन् । पीडित परिवारको किटानी जोहरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय सुनिल दनुवारलाई खोजतलासका क्रममा मण्डनदेउपुरबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दनुवारलाई यही चैत ३ गते साँझ मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । दनुवारसहित चार जनाले बालुवा चाली टिपरमा फर्कंदै गरेकी १४ वर्षीया किशोरीलाई नदी किनारमा लगी सामूहिक बलात्कार गरेको पीडित…

Read More

काठमाडौँ, १० चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ । शनिबार साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ । कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

Read More

धनकुटा, ९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार क्रियाशील रहेको बताउनुभएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घको छैठौँ साधारणसभा तथा तेस्रो महाधिवेशनको आज धनकुटामा उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ अलैँचीको कूल उत्पादनको ८६ प्रतिशत उत्पादन गर्ने क्षेत्र भएकोले यसलाई व्यवस्थित गर्नका लागि आवश्यक नीति बनाएर अगाडि बढ्न सरकार तयार छ भन्नुभयो । प्रदेशमा उत्पादन हुने कृषि जन्य उपजलाई बाहिरी देशमा निकासी गर्नका लागि विभिन्न चरणमा छलफल भइरहेको बताउनुहँुदै मुख्यमन्त्री राईले उत्पादित सामग्रीलाई सजिलै कृषकले बेच्ने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

Read More

हिलिहाङ, ९ चैत । खानेपानीको हाहाकार भएपछि फिदिम नगरपालिकाले अहिले फिदिम बजारवासीलाई घरघरमै लगेर पानी वितरण गरेको छ । फिदिम खानेपानी उपभोक्ता समितिबाट सञ्चालनमा ल्याइएको खानेपानीको पाइप फुटेर बिग्रिएपछि अहिले फिदिम बजारमा खानेपानीको अभाव भएको हो । खानेपानीको अभाव भएकोले दमकलबाट घरघरमै पानी वितरण गरिएको फिदिम ४ का वडा अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “जनतप्रतिनिधि भएपछि जनताको दुःखमा हामीले साथ दिनुपर्दछ, त्यसैले राहतहोस भनेर पानी वितरण गरिरहेको छाँै ।” आज पहिलो दिनमा नौ पटक दमकलबाट पानी ओसारेर वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी डम्बरबहादुर आङदेम्बेले बताउनुभयो । फिदिम बजार, जोरसाल र थाक्ले क्षेत्रमा पानी वितरण गरिएको उहाँले बताउनुभयो ।…

Read More

सान नेपाल गौरादह, ९ चैत । अस्थायी करार शिक्षक संघर्ष समितिको झापा जिल्ला संघर्ष समिति गठन गरिएको छ । जिल्ला भरिका ८० जना भन्दा बढी अस्थायी करारमा कार्यरत शिक्षकहरुको कन्काई क्याम्पस सुरुंगामा भएको भेलाबाट १७ सदस्यिय संघर्ष समिति गठन गरिएको हो । नव गठित समितिको संयोजकमा कमल ढकाल रहेका छन् । त्यसैगरी सह–संयोजकमा ढकमाया शिवाकोटी, सचिवमा पुरुषोत्तम ढकाल, सह–सचिवमा किशोर कुमार गणेश रहेका छन् । मितिको कोषाध्यक्षमा उमा पास्वान तथा सदस्यहरुमा चन्द्र गणेश, जीवन सिटौला, शिला देवकोटा, नविना न्यौपाने, दिनेश गजुरेल, सरण प्रधान, बदन कुमार साह, खेमराज ताजपुरिया र भविष्य विक्रम दुलाल रहेका छन् । मुलुक भरी रहेका अस्थायी करार…

Read More

ताप्लेजुङ, ९ चैत । निर्माणको अन्तिम तयारीमा रहेको तमोर–मेवा जलविद्युत् आयोजनालाई असफल बनाउन विभिन्न चलखेल भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ । कम्पनीको नाममा कायम भएको सर्वेक्षण क्षेत्र काटेर सरकारले बेइमान गर्न खोजेको सो कम्पनीको आरोप छ । शक्ति र पैसाको भरमा विद्युत् नियमावलीविपरीत सर्वेक्षण भएको क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले बताउनुभयो । विसं २०६२ देखि आफ्नो कम्पनीले पाएको क्षेत्रलाई सूचना र सहमतिबिना नै विसं २०७४ असार ९ गते श्रीगङ्गादेखि तुप्रुकसम्मको दुई किलोमिटर साविक सर्वेक्षण क्षेत्र काटेर युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिलाई दिएको एक प्रेश विज्ञप्तिमार्फत जनाइएको छ । विद्युत्…

Read More

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताउनुभएको छ । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा उहाँले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताउनुभयो । उहाँले गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ ९जेएन० खनालद्वारा रचित उक्त एल्बम सार्वजनिक गर्नुभयो । “मुलुकलाई विकसित बनाउने हामीसँग स्पष्ट दृष्टिकोण र सङ्कल्प रहेको छ”, उहाँले भन्नुभयो, “अब मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउनेछौँ ।” प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि दिनदिनै नयाँ संरचना बनाउनका लागि उद्घाटन शिलान्यास गर्दै गइरहेको उल्लेख गर्नुभयो । “आर्थिक विकासलाई…

Read More

गोरखा, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताउनुभएको छ । गोरखामा आज पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । “प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गर्नुभएको कुरा सञ्चारमाध्यममा बाहिर आइरहेकै छ”, उहाँले भन्नुभयो, “सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनेर भनिएको छैन ।” उहाँले विप्लव समूहले जुनजुन संविधान विरोधी क्रियाकलाप गरिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने काम मात्र सरकारले गरेको बताउनुभयो । “बाहिर चर्चामा आए जस्तो सरकारले वार्ता…

Read More

बेइजिङ, ९ चैत । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट शक्तिशाली थियो । यस विस्फोटमा परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई उद्धार गरिएको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ शहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् । पूर्णरुपमा ध्वस्त भएको यस कारखानाको भग्नावशेषबाट शनिबार बिहान…

Read More