
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
आश गुरुङ लमजुङ, ३ वैशाख । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराति १२ बजेतिर मृत्यु भएको हो। राति आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा मृत्युु भएको हो। ‘अचानक राति अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेछन्। तत्काल कम्पनीमा खबर गरी एम्बुलेन्स बोलाएछ। ढुकढुकी चलिरहेको थियो भन्छन् साथीहरु,ु उनले भने,’ डाक्टरले साढे १ घण्टाजति उपचार गर्ने प्रयास गरेपनि बचाउन सकिएन भन्ने खबर आयो।ु…
काठमाडौँ, ३ वैशाख । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ । मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भीम सार्की र कप्तान रोहित पौडेलले उकासेका थिए । जसमा रोहितले ७५ रन बनाए भने भीमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ब्याटिङ गर्दै…
सान नेपालगौरीगञ्ज, ३ बैशाख । मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै ओझेलमा परेका जातीय चाड पर्वहरु महत्वका साथ मनाउने क्रम बढेको छ । सिरुवा पर्व कोच समुदायको निकै महत्वपूर्ण पर्व हो । पूर्वी तराईमा मनाइने कोच पर्वले हिजो–आज गौरादह र गौरीगञ्ज क्षेत्रलाई रोमाञ्चित बनाइरहेको छ । नयाँ वर्षको शुरुवातसँगै मनाइँदै आएको सिरुवा पर्व ३ दिनसम्म मनाउने गरिन्छ । कोच समुदायका मानिसहरुले कुल देवताको पूजा गरी पानी, काद र रङ सिरुवाको रुपमा मनाउने गरिन्छ । घर परिवार, आफन्त, नातागोता, कुलकुटुम्बहरु एकै ठाउँ भेला भएर मिठामिठा परिकारका साथ मनाइने यो पर्वको महत्व कोच समुदायभन्दा बाहिर समेत लोकप्रिय बन्दै गएको पाइएको छ । परिकारको स्वादमा…
ताप्लेजुङ, २ वैशाख । सदरमुकाम फुङ्लिङको हेलिप्याड गेटनजिकै भएको निजी कार दुर्घटनामा २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबैको खतरामुक्त अवस्थामा तमोर हस्पिटलमा उपचार भइरहेको छ। डिएसपी सञ्जयसिंह थापाका अनुसार हेलिप्याड गेट अगाडिबाट अनियन्त्रित भई झरेको कार मेवाखोला हिल रिसोर्टको माथिपट्टिको पर्खालमा गएर अड्किएको छ। बा १२ च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक गाडी धनी ललितपुर कुसुन्ती बस्ने टंकलिम्बू र उनीसँगै सवार कालीबहादुर तामाङ घाइते भएका हुन्। दुर्घटना भएलगत्तै प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए। यात्रु पाथीभरा मन्दिरको दर्शनका लागि हिंडेको जानकारी आफूले पाएको डिएसपी थापाले जानकारी दिए।
चितवन, २ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताएका छन्। नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीबीच पूर्वबजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आओस् भन्ने सरकारले चाहेको बताए । व्यवसायीले मै खाउँ मै लाउँ नभनी हामीले खाउँ हामीले लाऔँ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले सरकार अनुदान दिने कुरामा भने धेरै लचिलो हुन नसक्ने बताए । उद्योगलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको बताउँदै उनले…
भारतको नयाँ दिल्लीमा मोबाइल एप टिक टकले गर्दा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, १९ वर्षीय व्यक्तिले मोबाइल एप टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको हो । आइतबार राति सलमान जकिर आफ्ना साथीहरु सोहिल र आमिरसँगै दिल्लीको इण्डिया गेट घुम्न निस्किएका थिए । इण्डिया गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसेका थिए । सोहिलले घरेलु पेस्तोल निकाले र सलमानलाई लक्षित गर्दै टिक टकमा भिडियो बनाउन लाग्दा अचानक सलमानको देब्रे गालामा गोली लागेको प्रहरीले जानकारी दियो । आमिर भने क्रेटा कारको पछाडिपट्टि बसेका थिए । मध्य दिल्लीको बाह्रखम्बा सडक नजिकै रहेको रञ्जित सिंह फ्लाइओभरमा…
झारखण्ड, २ बैशाख । भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो। ‘दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सीआरपीएफले जनाएको छ। भिडन्तमा मारिएका माओवादीबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन र चारवटा पाइप बम फेला पारेको छ। उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ।
फिदिम, २ वैशाख । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ। दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए। उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ। नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए। गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए। भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको शुरुआत समेत गरिएको थियो । गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण…
सोलुखुम्बु, २ वैशाख । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका–४ डाँडागाउँमा आइतवार भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एक युवकको मृत्यु भएको छ । अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईको छोरा २० वर्षका सुमन राईले आफ्नै कोठामा रहेको भरुवा बन्दुकले आफ्नै पेटको नाईटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गोलीले लागेर गम्भीर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गए राती साढे १ बजे बाटोमा नै मृत्यु भएको हो भने शव परिक्षणको लागि सोही अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । उक्त भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा राखिएको छ ।
सुनसरी, २ वैशाख । सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ सर्बैया टोलमा कुटपिटबाट आइतवार एक बृद्धको मृत्यु भएको छ । राती साढे ११ बजे भोक्राह–नरसिंह गाउँपालिका–७ बस्ने २९ वर्षका शंकर मण्डल र २५ वर्षका बुदु मण्डलले सोही ठाउँ बस्ने ७५ बर्षीय जागेश्वर मण्डल पुरानो रिसिईवीको कारण कुटपिट गरेका थिए । कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई प्रहरिको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयलयले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।