
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुधबारे, २ चैत्र । बुधबारे जेसीजले लोम अफिसर्स तालिम शनिबार सम्पन्न गरेको छ । बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालको अध्यक्षतामा भएको तालिममा धुलाबारी जेसीजका पुर्व अध्यक्ष जेसीआई सिनेटर लीला भण्डारी तथा धुलाबारी जेसीजका पुर्व अध्यक्ष सुवास रिजालले तालिममा सहजिकरण गरेका थिए । डेढ दर्जन बढीको सहभागिता रहेको तालिममा जेसीज के हो ?, बैठक सञ्चालन विधि तथा बैठकमा सञ्चालनका लागि आवश्यकीय जानकारीका बारेमा सहभागिहरुलाई सहजिकरण गराइएको थियो । उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिको सभा हलमा भएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी दूर्योधन सिंहले स्वागत मन्तव्य राखेका थिए भने आस्था बाचन कार्यकारिणी उपाध्यक्ष जेसी अनिल वाग्लेले गरेका थिए । कार्यक्रममा बुधबारे…
द्रोण अधिकारीभद्रपुर, ०२ चैत । सरकारी उदासिनताले सरकारी जग्गा तथा भवनहरू अतिक्रमण हुने क्रम बढ्दै गइरहेको छ । पछिल्लो तीन दशकयता उपयोगमा नल्याइएका खाद्य संस्थानको मातहतका जग्गा तथा भवनहरू संरक्षणमा चासो नदिइँदा अतिक्रमणमा पर्न थालेका हुन् । कृषि उपज खरीद–बिक्री गर्न सरकारले संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका भद्रपुरमा रहेका ३ वटा ठूला भवन तथा गोदाम घर तीन दशकदेखि प्रयोगविहीन बनेका छन् । यी भवन गाई बाख्राका चरण स्थल तथा थलाका रूपमा रुपान्तरण भइ रहे पनि सरकारी चासोको विषय बन्न नसक्दा दुरुपयोग हुन थालेका हुन् । मेची अञ्चलका पूर्वी पहाडी जिल्लामा खाद्यान्न आपूर्तिको लागि झापाको सदरमुकाम चन्द्रगढीमा नेपाल खाद्य…
काठमाडौँ, २ चैत । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । अठार सदस्यीय नेपाली टोलीमा कप्तान रोहितसँगै आशिफ सेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् । नेपाली टोली वल्डकप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४…
इलाम, २ चैत । सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक चूडामणि पौडेलका अनुसार बालिका कराएपछि घरका अन्य सदस्यले जानकारी पाएका थिए । बालिकाका आफन्तको उजुरीपछि पाठकलाई शुक्रबार पक्राउ गरेर करणीअन्तर्गत दुव्र्यवहारमा मुद्दा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सन्तोष शर्मा बिर्तामोड, २ चैत । केएफसी खानका लागि सिलिगुढी धाउनुपर्ने बाध्यतामा रहेका झापाबासीलाई अब छुट्कारा मिल्ने भएको छ । झापाको बिर्तामोडमै ‘चिकेन स्टेशन’ खुलेपछि सिलिगुढी धाउने होइन, अडर गरेर घरमै बसेर ‘सीएफसी’ आनन्द लिन पाइने भएको हो । झापाका पाँच ऊर्जाशील युवाले पूर्वभरि नै चिकेन स्टेशन खोल्ने लक्ष्यका साथ शनिबारदेखि बिर्तामोडमा सञ्चालनमा ल्याएका हुन् । युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङको संयुक्त लगानीमा बिर्तामोडको बीएण्डसी हस्पिटल गेट नजिकै रू ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका छन् । मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ पूर्वमा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले झापाको बिर्तामोडमा शाखा विस्तार…
एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् । उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको सुन्न सकिन्छ । उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो…
बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सघर्ष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ । धेरैले बाहिरबाट हेरेरै यो सोच्ने गर्छन् कि बलिउडको अभिनेत्रीहरुको जिन्दगी धेरै नै विलासी रहेको छ र उनीहरुले सामान्य जनताले जस्तो मुश्किलको सामना गर्नु पर्दैन होला । तर, तपाई हाम्रो यस्तो सोच गलत हुन सक्छ किनभने यी सबै अभिनेता अभिनेत्रीहरुलाई बलिउडमा नाम र दाम कमाउनको लागि धेरै नै मेहनत गर्नुपर्छ । यस्तोमा केही बलिउडका अभिनेत्रीहरुले सार्वजनिक रुपमै स्वीकार गरेका छन् कि उनीहरुले फिल्ममा ब्रेक पाउनको लागि केही प्रसिद्ध निर्माता र निर्देशकहरुले सेक्स गर्नुपर्ने प्रस्ताव गरेका थिए…
विराटनगर, २ चैत्र । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, र ताप्लेजुङ जिल्लामा शुक्रवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा शुक्रवार सवारी दुर्घटनाम परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो २ बजे फत्तेपुरबाट सिवाई तर्फ आउँदै गरेको को १ ख ६३८८ नम्बरको ट्रिपरलाई ओभरटेक गर्ने क्रममा बा ३७ प ८८३६ नम्बरको मोटरसाईकल ट्रिपरसंग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकलमा सवार चालक ईलाम नगरपालिका–८ बस्ने ५२ वर्षका महेश राई र मोटरसाईकलको पछाडी सवार निजको श्रीमती ५० वर्षकी युरोपिया राई घाईते भई…
झापा, २ चैत । झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा शुक्रवार बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । बेलुका साढे ७ बजे पश्चिमबाट पूर्व जाँदै गरेको गरेको मे १ ख २५३६ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ८ प ६१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक इलाम माङसेवुङ गाउँपालिका–५ मझुवा बस्ने २४ वर्षका अजय लिम्बुलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते लिम्बुलाई उपचारको लागि दमकस्थित लाईफ लाईन अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
पाल्पा, २ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउनुभयो । उहाँले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताउनभयो । नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उहाँले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बतउनुभयो । नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले नेपाल संविधानमा व्यवस्था मान्ने बताउनुभयो । उहाँले…