
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अनिल वाग्ले/ झापा मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति–४ का उदयमान गायक सत्यप्रकाश लिम्बुले आप्mनो एल्वम ‘देउता’ को गीत ‘मन्दिरमा बस्ने’ को म्यूजिक भिडियोमा गाएको गीत हो यो । गीतमा शव्द मन छुने छन् । यो म्युजिक भिडियो हालै उनले युट्युवमा सार्वजनिक गरेका छन् । गायनलाई जिवन सम्झने सत्यप्रकाशले सुवास मन राईको शव्दमा रहेको सो गीतमा आप्mनो स्वर दिएका हुन् । हेमा भण्डारीको संगीत र मोहन लिम्बुको निर्देशनमा बनाइएको…
झापा, ५ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको स्थगित साधारणसभा चैत २८ गते बिर्तामोडमा हुने भएको छ । महासंघ झापा शाखाको आज बसेको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सदस्यता नवीकरणका विषयमा विवाद भई प्रेस चौतारी र फोनिजले महासंघ कार्यालयमा ताला लगाएपछि फागुन ३ गते तोकिएको साधारणसभा स्थगित भएको थियो । झापासँग सदस्यता नवीकरणमा २०७५ सालको पूर्ववत अर्थात क्रियाशीलताको प्रमाण नमाग्ने र २०७६ सालको नवीकरणमा विधान, प्रदेश र केन्दीय समितिको निर्णय अनुसार गर्ने महासंघ झापा र प्रेस चौतारी, प्रेस युनियन र फोनिज झापा वीच चैत ३ गते सहमति पछि ताला खुलेको हो । बैठकले तीन संगठनसँग भएको सहमतिलाई…
भद्रपुर, ५ चैत । संघीय सरकारले झापालाई पहाडसँग दाँजेर होली पर्वको सार्वजनिक बिदा दिएको भन्दै राजवंशी समाज विकास समिति झापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र पठाएको छ। राजवंशी विकास समितिले चैत ७ बिहीबार तराई होलीका दिन सार्वजनिक बिदा दिन माग गरेको हुन्। यस वर्षको होली पहाडमा चैत ६ बुधवार पर्दछ। सोही दिन झापामा सार्वजनिक बिदा दिइएको छ। तर, झापाबासीले चैत ७ मा होली मनाउने तयारीमा गरेका छन्। पहाडको होलीका दिन सार्वजनिक बिदा दिन थालिएकाले तीन वर्षदेखि होलीको बिदा विवादित बन्दै आइरहेको छ। पहाडमा मनाइने होलीको भोलिपल्ट तराईमा पर्ने झापामा होली मनाइन्छ। सरकारले झापाको होली बिदा पहाडमा मनाइने दिन दिन थालेकोमा आपत्ति…
तेह्रथुम, ५ चैत । तेह्रथुमको फेदाप गाउँपालिका(३ जलजलेमा मार्से सामूदायिक जंगलमा लागेको आगोले स्थानीय डोलेश्वर ढुंगानाको घर सल्किदा अन्दाजी १६ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो २ बजे भएको उक्त आगलागीबाट ढुंगानाको ढुंगा, माटोले बनेको फुसको छानो भएको ३ तले घर, घर भित्र रहेको धान, मकै लगायत लत्ताकपडा, भाडावर्तन र काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी पोक्लावाङ, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा साँझ पौने ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उक्त कार्यालले जनाएको छ ।
भीमदत्तनदगर, ५ चैत । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उहाँ बर्खास्त हुनुहुन्छ । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ृण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताउनुभयो । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका…
विराटनगर, ५ चैत । बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपालमा झन्डै एक हजार २९४ इँटा उद्योगमा करीब दुई लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ३२ हजारभन्दा बढी बालबालिका आफ्ना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् । अझ निर्माण क्षेत्रमा पनि व्यापक बालश्रम प्रयोग भइरहेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनु जरुरी देखिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १, एकीकृत हातेमाले समाज नेपाल र नारी विकास सङ्घ विराटनगरसहित सातवटा संस्थाद्वारा आज यहाँ आयोजित ‘श्रममैत्री इँटा उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उहाँहरुले सो धारणा…
देवेन्द्र खड्का सचिव पदका उम्मेद्धार गौरादह खानेपानी गौरादह खानेपानीमा नयाँ कार्यकालका लागि चैत १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतान्त्रिक समूह र प्रगतिशील समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा लोकतान्त्रिक समूहको तर्पmबाट देवेन्द्र खड्काको उम्मेद्वारी पर्ने निश्चित भएको छ । प्रस्तुत छ, सचिव पदका प्रत्यासी देवेन्द्र खड्कासँग पत्रकार सान नेपालले गर्नुभएको कुराकानी– खानेपानीको सचिव पदमा उठ्नु भएको छ । किन उठ्नु भयो ? सायद कथाले मागेको हुनुपर्छ । वास्तवमै भन्नु पर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको म एउटा पुरानो कार्यकर्ता पनि हुँ । पार्टीले चुनावमा भाग लिनको लागी मलाई औपचारिक रुप बाटै आग्रह भएको हो । नेपाली…
काठमाडौं, ५ चैत । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन । किस्टका केही विद्यार्थी एवं नेपाल मडिकल काउन्सिल स्रोतका अनुसार सञ्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकार केशवराज आर्चाय, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त रकमका लागि विद्यार्थीसँग मोलमोलाइई गर्छन् । उनीहरुले कलेजले लिन पाउने शुल्क खातामै जम्मा गर्न लगाउँछन् भने अतिरिक्त शुल्क निजी खातामा राख्न निर्देशन दिन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, ४ चैत । एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् । यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको…
बनियानी, ४ चैत । झापाको भद्रपुर नगरपालिका–९, धनुषमोडस्थित चन्द्रगढी सामुदायिक वनमा आज साँझ भीषण आगलागी भएको छ ।आज साँझ ८ः३० बजेदेखि वनमा आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।‘आगलागीको कारण खुल्न सकेको छैन’, उहाँले रासससँग भन्नुभयो, ‘आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, बारुण यन्त्र, स्थानीयबासी लगायतका सबै जुटेका छौँ ।’ करिब ७० प्रतिशत आगो नियन्त्रणमा लिइसकिएको उहाँले बताउनुभयो ।तीव्र गतिमा चलिरहेको हावाका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको छ भने करिब तीन बिघामा आगो फैलिसकेको स्थानीयबासीको भनाइ छ ।