
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौशाला, २८ फागुन । महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो । प्रहरीका अनुसार महोत्तरीमा यो पहिलो घटना हो । पशुलाई क्षति पु¥याएको आरोपमा कुनै मानिसमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो । इन्दल महरा चमारले आफ्नो घरमा पालेका गाई, बस्तुका लागि काटेर राखेको घाँस घरमा पसेर साँढेले खाइदिएपछि रीसको झोकमा धारिलो हतियार…
चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन र प्रचारमा व्यस्त रहेका नायक अनमोल केसीलाई एक नयाँ चलचित्रबाट अफर गरिएको छ । चलचित्र ‘कागजपत्र’का निर्देशक अपिल बिष्टले उनलाई फरक कथामा निर्माण हुन लागेको लभ स्टोरी चलचित्रबाट अफर गरिएको हो । चलचित्रको नाम ‘प्रताप’ राखिएको छ । अनमोललाई चलचित्रको शिर्ष भूमिकाका लागि अफर गरिएको हो । निर्देशक बिष्टले भने–‘हो, हामीले अनमोललाई चलचित्र अफर गरेका छौ । उनले वन लाइट स्टोरी पनि सुनिसकेका छन् । फाइनल कथा पनि तयार भैसकेको छ ।’ अनमोलले चलचित्रको वन लाइन स्टोरी मन पराएका छन् । अपिलले अगाडि भने–‘मैले पहिलेदेखि नै अनमोललाई यो चलचित्रमा काम गर्नुपर्छ भनेर अनमोललाई भनेको…
काठमाडौँ, २८ फागुन । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो । सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोडेको थियो । उनकोे टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडमा भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि सुझाव संकलन गरिएको छ । प्रदेश नम्बर–१ मा गठित भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी कार्यदलले सोमबार झापाका साहित्य, कला, संस्कृति लगायतका क्षेत्रमा अग्रज तथा युवाहरुसँग सुझाव संकलन गरेको हो । कार्यदलका संयोजक प्राध्यापक डाक्टर टंकमणि न्यौपानेले विभिन्न चार वटा समूह बनाई छलफल गरिएको बताउनुभयो । ‘सुझाव प्रतिवेदनका रुपमा समेटेर प्रदेश सरकारलाई बुझाइने छ’, उहाँले भन्नुभयो । सहभागीहरुले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि अब बन्ने कानूनमा समेट्नु पर्ने विषयवस्तु, प्रदेशका भाषा, कला र साहित्य सम्बन्धीको उन्नयनका लागि अपनाउनु पर्ने नीति, ऐनमा समेट्नु पर्ने विषयवस्तु लगायतका…
काठमाडौँ, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट नपाउने विज्ञप्तिमा उल्लेख छ । “सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमतसङ्ग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएको छ । सहमतिपश्चात् सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन…
भद्रपुर, २८ फागुन । झापाको कचनकवल–२ पाठामारीमा सोमबार साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार घाइते सबैलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा भर्ना गरिएको छ ।
बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडका व्यवसायी सुनिलकुमार विन्दललाई अपहरण गरी ज्यान मार्ने उद्योगमा दायर भएको मुद्दामा झापा जिल्ला अदालतले १४ जना अभियुक्तलाई जेल सजायको फैसला गरेको छ । अपहरण घटनामा मुख्य अभियुक्त भनिएका भारत आसामका फौदसिंह तामाङसहितका अभियुक्तलाई अदालतले सोमबार जेल सजायको फैसला गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले सङ्गठित मानव अपहरण तथा हतियार खरखजना मुद्दा चलाएको थियो । १८ माघ २०७१ मा का“करभिट्टाबाट अपहरणमा परेका विर्तामोडका अलैँची व्यवसायी विन्दललाई मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच झापाको धरमपुरमा गोली हानाहान समेत भएको थियो । महिलाको प्रयोग गरेर अपहरण गरिएका विन्दलसँग अभियुक्तले ३० करोड भारतीय रुपैयाँ फिरौती माग गरेका…
घनश्याम गौतम (कलाकार) म आगो सहन्छु अन्याय सहन्न तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाउ बरु त्यो सहन्छु तर कोही परायाले टेके सहन्न यी गीतका शब्दहरुले आज मलाई लेख्न बाध्य बनायो । म अरु राजनितिक विषयमा खासै बोल्दिन र म कुनै पार्टीको सदस्य पनि होइन । म एक राष्ट्रप्रेमी नेपाली हुँ र यो देशको एक कलाकार । जब–जब देश र राष्ट्रको नाममा आँच आउने कुरा सुन्छ, देशको हित विपरीत कुरा सुन्छ मेरो रगत उम्लिएर आउँछ, मेरो मुटु बेस्सरी धड्कन्छ । र, एक्लै शिरुपाते खुकुरी नचाएर लड्न जाउ जस्तो लाग्छ । थाहा छैन किन फेरि यस्तै भएको छ । म आज…
काठमाडौँ, २८ फागुन । बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको छ । सङ्घले १०९औँ अन्तर्राष्ट्रिय नारी दिवस ९८ मार्च० को सन्दर्भमा यहाँ सोमबार आयोजना गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन् । कूल जनसङ्ख्याको १३ प्रतिशत जनसङ्ख्या दलित समुदायको छ, जसमा आधा सङ्ख्या महिलाको छ । अन्य जातजातिको करीब जनसङ्ख्याको अनुपात बराबर बलात्कारका…
काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् । सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिएका हुन् । पार्टी स्थायी कमिटी सदस्य रावलले युनिभर्सल पिस फेडेरेसन (युपिएस) को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति असन्तुष्टि प्रकट गरेका थिए । त्यस्तै पार्टी स्थायी कमिटी सदस्य भट्टराई दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरणमा पनि असन्तुष्ट देखिएका थिए । उनको भूमिका सत्तापक्षको नभई प्रतिपक्षको जस्तो छ । रावलले ‘होली वाइन’ ग्रहणदेखि सिके राउतसँगको…