झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २३ फागुन । भद्रपुर नाकाबाट नारी सौन्दर्यका सामान तथा खाद्यन्य सामग्री मटर तस्करी भइरहे पनि नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासन रमिते देखिएको छ । अवैध कारोबारीले प्रहरी प्रशासन र स्थानीय टाठा बाठासित नजरानाको सम्बन्ध जोडी तस्करी मार्फत ती सामग्री भद्रपुर नाकाबाट भारत तर्फ निकासी गरिरहेको हो । अवैध कारोवार रोक्ने जिम्मेवारी पाएको सीमा प्रहरीलाई समेत दिदाहाडै चुनौति दिदै कारोबारीले फेयर लब्ली, कोलगेट मञ्जन, पत्ताको सैम्फू, चुरोट , हाजमोला, सेतो मटर लगायत सामग्री अवैध बाटो हुँदै दैनिक लाखौँ राजश्व छलेर भारत लैजाने गरेका छन् । अधिकाम्स कारोवारीले भद्रपुर क्षेत्रबाट साइकल तथा टाउकोमा बोकाएर भरिया मजदुर मार्फत सामान भारत पठाउने गरेका…

Read More

काठमाडौँ, २३ फागुन । मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग राखिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको नम्बर उल्लेख गरिएको छ । हाललाई एक हजारप्रति प्रकाशन गरिएको नक्सा नयाँ प्रदेशको नामकरण हुने बित्तिकै पुनः छापिने छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले नक्साको सार्वजनिकीकरण गर्दै सातै वटा प्रदेशसँग जोडिएका जिल्ला…

Read More

काठमाडौं, २३ फागुन । सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई रिहा गर्न आदेश दिएको हो। जिल्ला अदालत रौहतटले राउतलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो। राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्न दिएको आदेश बदर गर्दै सर्वोच्चले राउतलाई रिहा गर्न आदेश दिएको हो। राउतमाथि राज्य विप्लव गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। प्रहरीले सिके राउतलाई गत असोज २१ गते पक्राउ गरेको थियो। जिल्ला अदालत रौतहटले मंसिर २० मा राउतलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। उक्त आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन…

Read More

मोरङ, २३ फाल्गुन । मोरङको विराटनगर महानगरपालिका–१२ मा बिहीवार दिउँसो ट्याक्टरको ठक्करबाट १ जना पैदल यात्री महिलाको मृत्यु भएको छ । दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी विराटनगर–१६ बस्ने ५० वर्षकी ठेकनीदेवी रायलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायलाई उचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो १२ः४० बजे सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका–३ अमरफाड बस्ने ४० वर्षका रामा पहाडीलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले…

Read More

भद्रपुर, २३ फागुन । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा सदस्य, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिसहित सरोकारवालाबीच बुधबार भद्रपुरमा भएको छलफलमा मेची पुललाई पूर्णरूपमा सञ्चालनको वातावरण बनाउन प्रधानमन्त्री, अर्थ र भौतिक योजनामन्त्री, भारतीय दूतावास तथा आवश्यकताअनुसार विहार सरकारको समेत ध्यानाकर्षण गराउने निर्णय भएको छ । उक्त कार्यलाई अघि बढाउन छलफलबाट प्रतिनिधिमण्डलसमेत चयन गरिएको छ । प्रतिनिधिमण्डलमा सङ्घीय सांसद राजेन्द्र लिङ्देन, प्रदेशसभा सदस्य वसन्त बानियाँ, ओमप्रकाश सरावगी, पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ रहनुभएको छ । त्यस्तै…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, २३ फागुन । झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको पकेट क्षेत्र नै घोषणा गरेर शुरु गरेको बगरमा यतिबेला, काँक्रा, घिरौँला, फर्सी, लौका र करेला लटरम्मै फल्न थालेको खेतीका प्राविधिक जनार्दन मण्डलले जानकारी दिनुभयो । असी किसान मिलेर प्रतिबिघा १२ हजारका दरले भाडामा लिएको बगरे जमीनमा फलेको तरकारी खरीदका लागि…

Read More

काठमाडौँ, २३ फागुन । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् । मन्त्रालयले ती शिक्षकसँग ¬‘राहत अनुदान कोटामा…

Read More

तौलिहवा, २३ फागुन । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो । रोकाको घरबाट दुई थान एसएमजी, त्यसको म्यागजिन तीन थान, एसएमजी गोली ६८ राउण्ड, चाइनिज पेस्तोल एक थान र त्यसको म्यागजिन दुई थान, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी रोकाको घरबाट रिमोट कन्ट्रोल दुई थान, तार र बम…

Read More

विराटनगर, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गर्नुभयो । उहाँले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताउनुभयो । यसैगरी…

Read More

काठमाडौँ, २३ फागुन । साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा आएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बुधबार सो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । साहित्यकार काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील रहेका राईको कथासङ्ग्र्रह नेपाली कथासाहित्यका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । समालोचक प्रा डा ज्ञानु पाण्डेले ‘पल्टनको फोटो’भित्रका कथाहरूमा विचार, दर्शन र चिन्तनको सङ्गम रहेकोे बताउनुभयो । नेपाली प्रतिभा प्रतिष्ठानका संयोजक प्राज्ञ शशी लुमुम्बूले खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्वब्रिटिस…

Read More