
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह दुई दशमलव ४६ र लगानी समूह…
१. शरीरलाई ठंडा र चिसो राख्छ : दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ । २. पसिनाको गन्धबाट मुक्ति : दही र बेसनलाई मिक्स गरेर त्यो मिश्रणले मालिस गर्नुहोस् केही समयपछि नुहाउनुहोस् यसले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ । ३. हड्डीलाई मजबुत बनाउँछ : दहीमा प्रसस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ ।४. स्वस्थ मुटु : दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।५. जोर्नीको दुखाईबाट मुक्ति : दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ…
धनकुटा, २ वैशाख । धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार जना नाबालकलाई पनि पक्राउ गरी सोधपुछ भइरहेको छ । नयाँ वर्षको दिन हिजो धनकुटा नगरपालिका–५ बिहीवारे हटिया नजिक १७ वर्षीय कुशल राई र आयुष राईमाथि छुरा प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घाइते कुशल र आयुषको…
झापा, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । पन्जाबको मुल्लनपुरमा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । कोलकाता ६ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । पन्जाब ५ खेलमा ६ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ ।
झापा,२ वैशाख । नयाँ वर्षको दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । इलाम, माई नगरपालिका–४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे–९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका–६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ, ग्रामथान गाउँपालिका–६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय…
काठमाडौँ, २ वैशाख। नेपाल शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा सरकारले गृहकार्य थालेको छ । औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आव्हान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो । यसका लागि श्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबीच आज छलफल भइरहेको छ । अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईबीच शिक्षकका मागका सम्बन्धमा छलफल भएको हो । सरकारले आज पनि शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। तर शिक्षक महासंघले भने हिजो मात्र पदाधिकारी बैठक बसेर आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो । महासंघले आन्दोलन…
मुस्ताङ, २ वैशाख। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् । जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही…
झापा, २ बैशाख । नयाँ वर्षको पूर्व सन्ध्यामा तराई मधेशमा मनाइने सिरुवा पर्व शुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन मोरङमा काद सिरुवा मनाइएको छ । मोरङका कोच राजवंशी समुदायले एक अर्कालाई हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा मनाएका हुन् । मोरङका कोच राजवंशी समुदायले नयाँ बर्ष बैशाख १ को पूर्व सन्ध्याबाट तीन दिनसम्म सिरुवा पर्व मनाउँछन् । तराईका अन्य जिल्लाहरुमा बैशाख १ देखि ३ गतेसम्म सिरुवा मनाउने गरिए पनि मोरङका कोच राजवंशी समुदायले भने चैत महिनाको अन्तिम दिनबाटै सिरुवा मनाउन शुरु गर्छन् । काद सिरुवा अर्थात हिलो खेल्दै उनीहरुको सिरुवा पर्व शुरु हुन्छ । सो अवसरमा मोरङको…
झापा, २ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहेका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस प्रदेशमा आदिकालदेखि बस्दै आएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व भएको बताए । कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । मुख्यमन्त्री कार्कीले भनेका छन्, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यही विविधताका बीचमा हुर्किएको सिरुवा पर्वले हामी…
झापा, २ बैशाख । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना ९बदाम०, जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका ज्येष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित…