झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सिद्धराज भट्ट र एकीन्द्र तिमिल्सेना धनगढी, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गर्नुभयो । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा रु २८ अर्ब ८४ करोड छुटयाइएको छ । उहाँले पहिलो वर्ष कानून निर्माण, कर्मचारी, कार्यालय व्यवस्थापन र नेपालको भविष्यको बाटो तय गर्ने आधार वर्षका रुपमा बितेको र अब जनता आवश्यक शिक्षा, स्वास्थ्य, आवास, लुगा, खानाजस्ता कुरा धेरै वर्ष कुरेर बस्न नसक्ने भएकाले तीनै…

Read More

बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । “मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,” बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भन्नुभयो । अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै उहाँले यसलाई निरन्तरता दिने जानकारी पनि दिनुभयो । बङ्लादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका…

Read More

काठमाडौँ, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाउनुभएको छ । “हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर…

Read More

गङ्गा पराजुली पशुपतिनर, ८ फागुन । इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् । प्राकृतिक कुवा, धारा सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेलेको वर्षाँै बितेको छ । गाउँका पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका स्रोत भएका छन् । चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र अतिक्रमणका कारण पानीका मुहान सुकेपछि स्थानीयवासीले खानेपानीका लागि…

Read More

मङ्गलबारे, ८ फागुन । इलाम बजारबाट तराई जोड्ने दू्रतमार्ग खुलेको छ । दू्रतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ । इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम बजारबाट झापा पुग्न सर्वसाधारणलाई सहज भएको हो । गतवर्ष निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत रु १४ लाख ५५ हजार र जिल्ला समन्वय समितिको रु दुई लाख ५० हजारमा सडक निर्माण गरिएको हो । चालू आर्थिक वर्ष २०७५÷७६ मा इलाम नगरपालिकाको रु १५ लाख…

Read More

मोरङ, ८ फाल्गुन । मोरङको सुन्दर–हरैचा नगरपालिका–५ गुरुङ चौक बस्ने नेगी गुरुङको ग्वाली घरमा गए राती आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ । गएराती ३ बजे गुरुङको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा २ तले टिनको छानो भएको ग्वाली घर सहित छिमेकी मोहन लिम्बुको फुसको छानो भएको ग्वालीमा समेतमा आगलागी हुँदा ग्वालीमा राखेको पराल, काठ, भाडावर्तन र अन्नापात जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलवारी, प्रहरी चौकी गछिया र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।

Read More

ताप्लेजुङ, ८ फाल्गुन । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ मा भएको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते अमिर बर्देवाको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार दिउँसो सवा ३ बजे मालपोत कार्यालयबाट राजमार्गमा निस्कदै गरेको ना २१ प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो । दुर्घटनामा बर्देवा सहित मोटरसाईकलको पछाडी सवार जिल्ला सिंचाई कार्यालय ताप्लेजुङमा कार्यरत इलाम देउमाई नगरपालिका–१ चमैता घर भएकी २७ वर्षकी सिर्जना गुरुङ गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते दुबै जनालाई जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा उपचारको क्रममा गुरुङको मंगलवार दिउँसो नै मृत्यु भएको हो भने बर्देवालाई थप उपचारको लागि पाँचथर स्थित समरित अस्पताल पठाईएकोमा…

Read More

भद्रपुर, ७ फागुन । झापा भद्रपुरका सर्जक भानुभक्त कुभिण्डेलीका दुई कृति एकैसाथ विमोचन गरिएको छ । झापाको कमल गाउँपालिकामा आयोजित कार्यक्रममा कुभिण्डेलीर्का जागिर भित्रको व्यथा’ कविता संग्रह तर्था संस्मरणका क्षणहरू’ आत्मकथा संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. जगतमान गुरूङले विमोचन गरेका हुन् । कमल गाउँपालिकाको आयोजनामा वाल्मीकी बृहद साहित्यिक कार्यक्रमको अवसरमा विमोचित कार्यक्रममा प्रा. डा. टंक न्यौपाने, प्रा. डा. देवी नेपाल, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई लगायतको उपस्थिति रहेको थियो । खोटाङ जिल्लाको साविक कुभिण्डेमा जन्मिएका सर्जक भानुभक्त हाल भद्रपुर ९ का स्थायी बासिन्दा हुन् । प्रगतिशील विचारधाराबाट प्रभावित कुभिण्डेली भोजपुर जिल्लामा शिक्षण गर्दै आएका छन् ।

Read More

काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न २२ बुँदे माग राखी प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राप्रपा अध्यक्ष कपल थापा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीले २२ बुँदे ज्ञापनपत्र बुझाएको हो। राप्रपाले संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गरेको छ। यसैगरी राप्रपाले राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग गरेको छ। संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न पनि राप्रपाले माग गरेको छ। देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता…

Read More

विराटनगर, ७ फागुन । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमका रुपमा राष्ट्रिय समाचार समिति सदैव अगाडि रहनु पर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको (रासस) ५८औं वार्षिकोत्सवको अवसरमा आयोजित “सङ्घीय संरचनामा राससको भूमिका” तथा पुरस्कार वितरण समारोहलाई आज यहाँ उद्घाटन गर्दै उहाँले राससले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरिरहेकाले यसको साख र भविष्य उज्ज्वल रहेको छ भन्नुभयो । सो अवसरमा मन्त्री कार्कीले उत्कृष्ट समाचारदाता मोरङ उर्लावारी जिल्ला प्रतिनिधि सुमन घिमिरे, उत्कृष्ट तस्वीर ताप्लेजुङ जिल्ला समाचारदाता सन्तोषकुमार सार्की र उत्कृष्ट आलेख समाचारदाता रवीन्द्र काफ्लेलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्नुभयो । उहाँले राससलाई समय सापेक्ष बनाउन प्र्रदेशस्तरका…

Read More