झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

प्यूठान, ७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताउनुभएको हो । उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उहाँको भनाइ थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको…

Read More

भद्रपुर, ७ फागुन । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो । मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौँ पठाइएको छ । नेपालको विभिन्न नाकाबाट मणिपुर पु¥याइएका उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्माको बाटो हुँदै…

Read More

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा जारीे विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले देश र जनतालाई समृद्ध बनाउन प्रजातान्त्रिक मूल्य र मान्यताको शासन प्रणाली शुरुआत भएको आजको दिनको विशेष महत्व रहेको बताउनुभएको छ । विज्ञप्तिमा कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकारजस्ता विशेषताको सम्वद्र्धन गरी जनताका अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । सोही पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले पनि प्रजातन्त्र दिवसका…

Read More

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ । परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।’’ निरङ्कुशतन्त्र र अधिनायकवादलाई…

Read More

पंकजा भण्डारी ‘नेपाल’ गौरादह, ७ फागुन । विवाहको भोजमा होस वा अन्य पार्टीहरुमा, हामीहरु स्वादिष्ट परिकारमा रमाउने गर्दछौँ, जिब्रोको स्वाद राम्रो मात्र भएर हुन्न हेर्दा पनी खानाहरु रंगी चंगी कलरहरु प्रयोग होस भन्ने आम मानसिकता भैसकेको समयमा हामी आफुले खाने परिकारहरु कति स्वस्थवर्दक छन् भन्ने कुराको ख्याल राख्नु उतिनै जरुरी छ । हिजो आज बजारमा विभिन्न थरिका फुड कलरहरु पाउँने गरेको छ । ब्यवसायिक उद्देश्यले उत्पादन गरिएका फुड कलरहरु लामो समय सम्म टिकाउनको लागि विभिन्न प्रकारका हानिकारक रसायनहरुको प्रयोग गरिएको हुन्छ । हानिकारक रसायन मिसाएर तैयार पारेका मसला र फुड कलरहरुबाट मानव जीवनमा गंभिर प्रभाव पर्न थालेको छ । आँपैmले…

Read More

सान नेपाल गौरादह, ६ फागुन । नेपाल मानव धर्म सेवा समिति मेची अञ्चल कार्यालय धुलावारीले एक दिवसिय सत्संग कार्यक्रम आयोजना गरेको छ । आगामी फाल्गुण २३ र २४ गते श्रदेय आश्रम धुलावारीमा हुन गइरहेको विराट सत्संग कार्यक्रमको पुर्व सन्ध्यामा गौरादहमा सत्संग आयोजना गरिएको हो । गौरादह बजारको दुर्गा मन्दिर परिसरमा भएको सत्संग कार्यक्रममा महात्मा विणा वाईजी र गौमुखी वाईजीले भक्तजनहरुलाई सत्संग श्रवण गराउनु भएको थियो । कार्यक्रममा श्रदेय आश्रम धुलावारीमा गुरुमहाराज सतपाल जी महाराजको पदार्पण हुने वारेमा सुचित गरिएको थियो । शिवरात्रीको अवसर पारेर श्रदेय आश्रम धुलावारीमा विराट सत्संग आयोजना गरिएको र सोही अवसरमा सतपालजी महाराजबाट नव निर्मीत श्रदेय आश्रम…

Read More

काठमाडौँ, ६ फागुन । काठमाडौँ महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालले विवरण नबुझाउने सहकरीलाई कारवाही गर्ने बताउनुभएको हो । कामपाअन्तर्गत अहिले एक हजार ८५६ सहकारी भए पनि ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । आजभन्दा ११ वर्षअघि स्थापना भएको निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लिले समाजमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी समाजकै हितमा परिचालन गर्दै आएको छ । संस्थाका सदस्यलाई बेलाबेलामा तालीमका कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुने भएकाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना…

Read More

द्रोण अधिकारी भद्रपुर,६ फागुन । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्न महोत्सव गर्ने भएको छ । प्रथम भद्रपुर आदिवासी महोत्सव २०७५को आयोजना गरेको महासंघले फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा मिस एण्ड मिस्टर आदिवासी झापा समेत गर्ने भएको हो । भद्रपुर ६ स्थित उद्योग वाणिज्य संघ झापाको सचिवालय अगाडिको चौरीमा सम्पन्न हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले साँगीतिक प्रस्तुति दिने छन् भने महासंघमा आबद्ध १४ जातिका जातीय पहिचान झल्कने खाद्य परिकार, भेषभुषा सहितको स्टल रहेने छ । ३५ वटा स्टल रहने महोत्सवमा राजवंशी, गन्गाई, सुनुवार, मेचे, सन्थाल,…

Read More

सान नेपाल गौरादह, ६ फागुन । गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाले नगर स्तरीय हात्तीपाइले रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हात्तीपाइले रोग सम्वन्धि जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । गौरादह १ को वडा कार्यालयमा कार्यक्रम सोमवार सम्पन्न भएको कार्यक्रममा गौरादह नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराई र सह संयोजक गोविन्द श्रेष्ठले सहभागीहरुलाई हात्तीपाइले रोग र यसबाट बच्न सकिने उपायहरुबारेमा जानकारी गराएका थिए । कार्यक्रममा हात्तीपाइले रोग के हो? कस्तो व्यक्तिलाई यो रोग लाग्छ ? रोगका लक्षणहरु, यसबाट बच्ने उपाय, हात्तीपाइलेको औषधी कस्तो व्यक्तिले सेवन गर्नुपर्ने हो भन्ने बारेमा जानकारी गराईएको थियो । फागुन १५ गते…

Read More

चितवन, ६ फागुन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन समयमा नै हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले समय सीमाभित्रै महाधिवेशन गरेर निष्पक्ष पारदर्शी ढङ्गले हुनुपर्ने बताउनुभयो । महाधिवेशनपछि पार्टीलाई नेतामुखी नभई नीतिमुखी, विधिमुखी नभइ संस्थामुखी र पारदर्शी बनाउन काङ्ग्रेसको ध्यान केन्द्रित रहेको उहाँले जानकारी गराउनुभयो । काङ्ग्रेसले महाधिवेशनपछि राष्ट्रव्यापी कार्यक्रम शुरु गर्ने नेता केसीले बताउनुभयो । काङ्ग्रेसभित्र ठूलो सुधार र एकताको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एकता भन्दैमा दुई जनाले हात मिलाएर हिँड्दैमा नभइ विचार, पद्धति, मूल्य र नीतिगत रुपबाट वैधानिक प्रक्रियाबाट एकता हुनुपर्छ ।”

Read More