
सान नेपाल
गौरादह, ६ फागुन । गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाले नगर स्तरीय हात्तीपाइले रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हात्तीपाइले रोग सम्वन्धि जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । गौरादह १ को वडा कार्यालयमा कार्यक्रम सोमवार सम्पन्न भएको कार्यक्रममा गौरादह नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराई र सह संयोजक गोविन्द श्रेष्ठले सहभागीहरुलाई हात्तीपाइले रोग र यसबाट बच्न सकिने उपायहरुबारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा हात्तीपाइले रोग के हो? कस्तो व्यक्तिलाई यो रोग लाग्छ ? रोगका लक्षणहरु, यसबाट बच्ने उपाय, हात्तीपाइलेको औषधी कस्तो व्यक्तिले सेवन गर्नुपर्ने हो भन्ने बारेमा जानकारी गराईएको थियो । फागुन १५ गते बाट प्रत्येक वार्डहरुको टोल टोलमा गई स्वास्थ्यकर्मीबाट शारिरीक जाँच गरि सोको औषधी खुवाउने तालिकाको बारेमासमेत सोही अवसरमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
रोगबाट प्रभावित विश्वका सबै मुलुकहरुबाट सन् २०२० सम्ममा हात्तीपाइले रोग निर्मूल पार्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य रहेको छ र नेपालले पनि सोही अनुरुप हात्तीपाइले रोग निर्मुल पार्ने लक्ष्यकासाथ हरेक वर्ष निशुल्क रुपमा औषधी वितरण गरिरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

