
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
राजाराम कार्की काठमाडौैँ, २६ माघ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भूउपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ । सरकारले “भूउपयोग ऐन, २०७५” संसद्मा दर्ता गरेको छ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई जरिवाना लगाउने प्रावधानसहित नेपालमा पहिलोपटक यस्तो ऐन संसद्मा दर्ता भएको हो । सो ऐन पारित भएपछि खेतीयोग्य भूमि बाँझो राख्ने जो कोही व्यक्ति कानूनको कठघरामा पुग्नेछन् । सरकार गठन भएको झण्डै एक वर्षपछि…
काठमाडौँ, २६ माघ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल महासङ्घ (एएफसी)द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी दिनुभयो । उमेर समूहको दक्षिण एशियाली फुटबल प्रतियोगिता र एशियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्नेछ । “खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट हुने टोलीले प्रतियोगितामा नतिजा सोचेभन्दा राम्रो आउने भएकाले यो कार्यक्रम शुरु गर्न लागेका हौँ ।” महासचिव तुलाधरले भन्नुभयो । एन्फाका अनुसार…
सन्तोष शर्मा बनियानी, २६ माघ । झापामा यसवर्ष एक हजार छ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ । ‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार ६०० हेक्टरमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान केन्द्र झापा निमित्त कार्यालय प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत चैते धानको क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि गर्नका लागि कृषकलाई रु एक करोड ६० लाख अनुदान उपलब्ध गराइने उहाँले बताउनुभयो । पाँच दशमलव एक प्रतिशत रहेको हालको उत्पादकत्वलाई वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत झापाका आठ स्थानीय तहमा २२ वटा क्लस्टर निर्माण गरिने भएको…
काठमाडौँ, २६ माघ । वाग्मती सरसफाइ ३००औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले पहिलेको जस्तै वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताउनुभयो । उहाँले वाग्मती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्नेमा जोड दिनुभयो । ‘‘वाग्मतीको मुहानमा वर्षातको समयमा पानी सङ्कलन गरेर पानीको बहाव बढाउनुपर्दछ’’ उहाँले भन्नुभयो,‘‘जुन बहावले वाग्मतीमा भएको फोहरमैलालाई बगाएर…
कोलम्बियामा एक महिलाले आफ्ना १० वर्षीय छोरा सँगै हाम फालेर आत्महत्या गरेको दृश्य अहिले भाइरल बनेको छ । ऋणमा डुबेकी ति महिलाले अन्ततः आत्महत्याको बाटो रोजेकी थिइन्। उनी आफ्ना १० वर्षीय छोरालाई काखमा लिएर आत्महत्या गर्न पुलमा पुगेकी थिइन् । प्रहरीले थाहा पाउँने बितिक्कै त्यहाँ गएर उनलाई अपिल गर्यो। तर, उनको कदम देखेर ति प्रहरीनै रुँदै फर्के। काखमा रहेका छोरा समेत आमालाई हाम नफाल्न गुहार गरिरहेका थिए। अधिकारीहरूका अनुसार ३२ वर्षीया जेसी माउला परुज कु्रजले ऋणदाताले घरबाटै निकालिदिएपछि उनले यस्तो अवस्थामा पुगेकी हुन्। टोलिमास्थित ला भेरेन्टि पुलबाट ३३० फिट गहिराइमा उनले हाम फालेकी थिइन् । एजेन्सी
खस्यौली, २६ माघ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताउनुभएको छ । आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भन्नुभयो । अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताउनुभयो । राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उहाँले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गर्नुभयो । मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख…
इलाम, २६ माघ । इलामको माङसेवुङ गाउँपालिका–४ मा शुक्रवार राती खुकुरी प्रहारबाट १ जना घाइते भएका छन् । खुकुरी प्रहारबाट सोही स्थान बस्ने २७ बर्षका सन्देश राई घाइते भएका हुन् । राईलाई राती ११ बजेको समयमा सोही स्थान बस्ने ५५ बर्षका अमृत प्रसाद राईले चोर भनि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट राईको टाउको, ढाड र हातमा चोट लागेर उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २६ माघ। जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको मृत्यु भएको छ । जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय भएका भद्रपुर नगरपालिका–७ महेशपुर घरभएका २५ बर्षका अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। । क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रवार साँझ ६ बजे उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा आज बिहान साढे १० बजे सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
बलिउड सुपर्स्टार सलमान खान यो वर्ष विवाह गर्दैछन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ । डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् । भारतको सेटबाट सामाजिक सामाजिक सञ्जाल ईन्स्टाग्रामबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक गरेकी छिन् जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । यसअघि सलमान र कट्रिनाले माल्टामा…
काठमाडौँ, २६ माघ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । काठमाडौँमा २१।५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा…