
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिपरको ठक्करबाट आज एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयवासीको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिति असामान्य बनेको छ । उक्त स्थानमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक प्रबन्ध गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । विराटचोकबाट–विराटनगरतर्फ आज बिहान आउँदै गरेको…
काठमाडौँ, १४ माघ । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशलाई विधेयक बनाउनका लागि संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार विधेयक बनाउन थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विधेयकका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट कानूनी राय मागी संसद्मा पेश गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरिएको छ । सरकारले संसद् नचलेका बेला तीनै तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश जारी गरेको थियो । पछि अध्यादेशलाई प्रतिनिधिसभाबाट गत पुस १७…
विराटनगर, १४ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राससबाट प्रकाशित हुने समाचारप्रति जनताका विश्वास अझ बढिरहेको बताउनुभएको छ । रासस प्रदेश नं १ को कार्यालय विराटनगरको आज अवलोकनपछि उहाँले राससमा काम गर्ने समाचारदाता जनता, सरकार र राष्ट्रप्रति अझ बढी जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी सञ्चार माध्यम रासस लामो समयदेखि नेपाली जनताका मनमा बसेको यथार्थ हो भन्दै राससलाई समयानुकुल बनाउन प्रदेश सरकार तयार छ भन्नुभयो । सो अवसरमा रासस सञ्चालक समितिका सदस्य दयाराम दाहाल, प्रदेश नं १ कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुल र उपसमाचारदाता मनोज दाहालले कार्यालयको गतिविधि बारे जानकारी…
विराटनगर, १४ माघ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थान वरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
गौरादह, १४ माघ । नगरपालिकाभित्रको गतिविधिलाई लिएर बारम्बार प्रश्न उठिरहने गौरादह नगरपालिकाले चारदिने सार्वजनिक सुनुवाई अभियान सञ्चालन गरेको छ । नगरपालिकाले माघ १३ गतेदेखि १७ गतेसम्म विभिन्न वडामा सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । सार्वजनिक सुनुवाईको पहिलो दिन आइतबार वडा नं. ४ र ५ का वडाबासीहरुको गुनासो सुन्ने गरी तय गरिएको थियो । तर सार्वजनिक सुनुवाईमा वडाबासीहरु उल्लेख्य रुपमा उपस्थित भएर सुनुवाईमा सहभागी बन्लान् भन्ने आसा अनुरुप स्कुलचोनको सामुदायिक हलमा सञ्चालन गरिएको कार्यक्रममा न्युन संख्यामा वडाबासीहरु उपस्थित भएका थिए । यद्यपि थोरै संख्यामा उपस्थित भएता पनि सहभागीहरुले दर्जनौँ प्रश्नहरु राखेका थिए । सहभागीहरुले उठाएका विषयप्रति जनप्रतिनिधिले दिएको जवाफसँग दिए पनि…
घोडाघोडी, १४ माघ । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महीना खुला आकाशमुनि हुँदा पनि गाईबस्तु मरेका हुन् । शुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईबस्तु रहे पनि अहिले जम्मा १५० मात्र छन् ।” नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको…
दमक, १४ माघ । झापाको दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आइतबार अपराह्न आगलागी भएको छ । आगलागीबाट त्यहाँका एक दर्जन छाप्रा नष्ट भएका छन् । अपराह्न ५ बजेतिर आगलागी हुँदा शिविरका सात वटा घर पूर्ण रुपमा जलेको थियो भने अन्य पाँच वटा घर आगो निभाउने क्रममा भत्काइएको थियो । आगो बेलडाँगी २ सेक्टर वी ४ की अनिता राईको छाप्रा नं १०२ बाट शुरु भएको थियो । आगो कसरी सल्किएको भन्ने खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणका क्रममा रहेकाले क्षतिको पूर्ण विवरण आई नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो ।
सुरुङ्गा, १३ माघ । पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० हजार र १० तोला सुन लुटेर लगेका थिए । सो समयमा डाका समूहले गाउँमा हवाई फायर र बमसमेत विष्फोट गराएका थिए । पक्राउ परेका आलमलाई जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो । दुगडको दाहसंस्कार हातखुट्टा…
भद्रपुर, १३ माघ । अवैध रूपमा भारतीय कुखुरा नेपाल ल्याइने गर्दा नेपाली कुखुरा व्यावसाय धरासयी भएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । खुला सिमानाका कारण झापामा भारतीय कुखुरा अवैध आयात गरिदा नियमनकारी निकायले चासो नदेखाउदा नेपालको पोल्ट्री ब्यावसाय धरापमा पर्ने परेको भन्दै व्यावसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्याकर्षण गराएका हुन् । सिमा क्षेत्रमा खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीको बेवास्थाकै कारण प्रतिबन्धित भारतीय कुखुरा व्यापारीहरुले नेपाल भित्राइरहदा समेत प्रशासनको मौनताका कारण नेपाली व्यावसाय धरासायी बन्दै गएको व्यावसायीको गुनासो छ । भारतवाट अवैघ रूपमा विचौलियाहरु मार्फत नेपाल आयात हुने प्रतिवन्धित कुखुरा बन्द गर्न आफुहरुले पटक पटक प्रमुख जिल्ला अधिकारी…
भद्रपुर, १३ माघ । भारतको गणतन्त्र दिवसको अवसर पारेर भद्रपुरमा शुभकामना आदान प्रदान गरिएको छ । नेपाल भारत मैत्री संघको आयोजनामा भद्रपुर स्थित सामुदायिक विकास केन्द्रको सभाहलमा दुई देशका प्रतिनिधि बीच शुभकामना आदान प्रदान गरिएको हो । मैत्री संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारत नेपाल मैत्री संघका गणेश प्रसाद राया, अग्रज पत्रकार चिन्तामणि दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।