झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् । प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले अनौठो माने । तर विडम्बना प्रेमीका लागि नाइटो नै फ्याँक्ने ती युवतीको उनका प्रेमीसँग ब्रेकअप भैसकेको छ । मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने ती युवतीको नाम पालिना क्यासिलास लेन्डरोस हो । उनले झण्डै तिन वर्षअघि…

Read More

बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडाबीच केही समययता खटपट चलिरहेको छ । सलमानको फिल्म ‘भारत’ प्रियंकाले एकाएक छोडेपछि सम्वन्ध बिग्रिएको हो । प्रियंका चाँडै आफ्ना अमेरिकी प्रेमी निक जोनससँग बिहे गर्दैछिन् । उक्त विहेमा सलमानलाई उनले निम्ता नगर्न सक्ने अनुमान गरिएको थियो । तर, अनुमानलाई गलत सावित गर्दै उनले सलमानलाई चुल्है निम्तो पठाएकी छन् । बिहेमा सपरिवार निम्तो पठाएर प्रियंकाले सलमानलाई फकाउने प्रयास गरेको देखिन्छ । प्रियंकाकी बहिनी अर्पितालाई पनि उनले निम्ता गरेकी छन् । अर्पिता र प्रियंकाकी मिल्ने साथी हुन् । केहि दिन अगाडि अर्पिताका श्रीमान आयूष शर्माको जन्मदिनको पार्टीमा प्रियंका आमा मधु चोपडा सहभागी भएकी थिइन्…

Read More

तेह्रथुम, १४ कात्तिक । जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् । कतिपय स्थानीय तहले चालू आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका लागि बजेट विनियोजन समेत गरेका छन् । राष्ट्रिय सहकारी महासङ्घ नेपालले म्याङलुङमा आयोजना गरेको ‘सहकारीमा प्रभावकारी दूध आपूर्ति शृङ्खला व्यवस्थापन गोष्ठी’ मा किसान र व्यवसायीसँग छलफल गर्दै स्थानीय तहका जनप्रतिनिधिले उनीहरुका समस्या सुल्झाउन प्रतिबद्धता जनाएका हुन् । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले नगरपालिकाले सहकारी नीति बनाइसकेको र तिनको प्रवद्र्धन गर्दै दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग गर्ने…

Read More

काठमाडौँ, १४ कात्तिक । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ मिनेटमा सावित्राले गोल गरेकी थइन् । दीपाले ५५औँ तथा इन्दिराले ८२आँैं मिनेटमा गोल गरेका थिए । तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो । अन्तिम खेल नेपाली टोलीले बेइजिङ फोनिक्ससँग आज खेल्नेछ । त्यसपछि…

Read More

दमक, १४ कात्तिक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो । दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो । नगरपालिकाले नगरका गर्भवतीलाई आइरन र क्याल्सियम चक्की पनि निःशुल्क उपलब्ध गराउने भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीलाई सो औषधि निःशुल्क उपलब्ध गराउने भएको हो । चार पटक नियमित रूपमा परीक्षणका लागि आउने गर्भवतीले हरेक पटक रु १०० समेत यस वर्षदेखि पाउने व्यवस्था गरिएको अर्यालले बताउनुभयो ।…

Read More

आफ्ना हरेक फिल्ममार्फत् महिला सशक्तिकरणको मुद्धा उठाइरहेकी अभिनेत्री रेखा थापा यस बर्षको दशैं जन्मथलो मोरङमा मनाउँदैछिन् । कात्तिक १६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मालिका’ को प्रचारमा व्यस्त रेखा दशैंले खुसी र मनमोहक बोकेर आउने बताउँछिन् । ुवर्षभरीको दुःख(पीडा भुलेर केही दिन निर्धक्क रमाउने चाड पनि हो दशैं । ठूलाबडाको हातमा आर्शिवाद थाप्नेदेखि सबै आफन्तसँग भेट हुन्छु, उनी बाल्यकालको दशैं सम्झँदै अगाडि भन्छिन्, ुपहिला दक्षिणा भनेपछि टिका लगाउने वितिक्कै खाम खोलेर हेथेँ । अहिले यसको मतलब लाग्दैन ।ु उनले दशैंमा टिका लगाउन जाँदा मामाबाट १ हजार दक्षिणा पाएको विर्सिएकी छैनन् । ुम कान्छी छोरी । सबैभन्दा कम दक्षिणा मलाई नै…

Read More

दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ । समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगे । जोन मार्सलका अनुसार पलङ भाँचिएर भुइँमा बजारिएपछि उनी जुरुक्कै उठे तर क्लेयर भने लडिरहिन् । उनी जोडले हाँसे र क्लेयरलाई उठ्न भने । तर क्लेयर उठ्न सकिनन् । किनकी उनको मेरुदण्डमा गम्भीर चोट…

Read More

भद्रपुर, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको स्वर्ण वर्ष स्मारिकाको विमोचन गर्नुभयो । प्रम ओलीले जिल्ला समन्वय समितिको सभाहलमा स्मारिकाको विमोचन गर्नुभएको हो । रेडक्रस झापाले स्वर्ण महोेत्सवका अवसरमा सो स्मारिका प्रकाशित गरेको हो । उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । सरकार रेडक्रससँग मिलेर काम गर्न तत्पर रहेको प्रम ओलीले बताउनुभयो । स्मारिकामा रेडक्रस झापाको ५० वर्षको इतिहास समेटिएको छ । गृहजिल्ला झापामा नेपाल कम्युनिस्ट पार्टी झापाले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न प्रम ओली झापा आउनुभएको हो ।

Read More

काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिनुभएको छ । दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएको छ, “यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौँ । हामी आमजनताको विश्वास र अपेक्षालाई शिरोपर गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौँ ।” उहाँले भन्नुभएको छ, “देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसङ्ख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो…

Read More

विराटनगर, २ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ । यसैगरी सन्देशमा विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उल्लेख गरिएको छ ।…

Read More