
भद्रपुर, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको स्वर्ण वर्ष स्मारिकाको विमोचन गर्नुभयो ।
प्रम ओलीले जिल्ला समन्वय समितिको सभाहलमा स्मारिकाको विमोचन गर्नुभएको हो । रेडक्रस झापाले स्वर्ण महोेत्सवका अवसरमा सो स्मारिका प्रकाशित गरेको हो । उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । सरकार रेडक्रससँग मिलेर काम गर्न तत्पर रहेको प्रम ओलीले बताउनुभयो ।

स्मारिकामा रेडक्रस झापाको ५० वर्षको इतिहास समेटिएको छ । गृहजिल्ला झापामा नेपाल कम्युनिस्ट पार्टी झापाले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्न प्रम ओली झापा आउनुभएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
