झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, १७ असार । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ । दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यू उत्पादन हुँदै आएको छ । उद्योगमा वार्षिक रूपमा उत्पादन हुने ८० हजार किलोग्राम छुर्पी अमेरिका निर्यात हुँदै आएको उद्योगका व्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । इलाममा रहेका…

Read More

काठमाडौँ, १७ असार । चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा बाँस र बेतबाट निर्माण भएका सामग्री प्रवद्धन हुने भएको हो । सम्झौताअनुसार नेपालमा बाँसजन्य सामग्रीको उद्योग स्थापनाका लागि चीनले आवश्यक प्रविधि, उपकरण तथा व्यावसायिक तालीम उपलब्ध गराउने छ । उक्त सम्झौता चीनको प्रस्तावित महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (ओबिआर) सँग सम्बन्धित रहेको स्वदेश फर्केपछि मन्त्री बस्नेतले जानकारी दिए। सम्झौता कार्यान्वयनमा आवश्यक कानूनी तथा नीतिगत व्यवस्थाका लागि सन् २०१८ भित्रै काठमाडौँमा नेपाल र…

Read More

काठमाडौँ, १६ असारः लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले प्रा डा शर्मालाई दोसल्ला ओढाएर नगद हस्तान्तरण गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहप्राध्यापक लेखराज निरौलाले प्रा डा शर्माले छ दशकदेखि नेपाली भाषासाहित्यका क्षेत्रमा क्रियाशील रही विशेषतः समालोचना, निबन्ध र नियात्रा लेखनमा कलम चलाएर नेपाली वाङ्मयको गरिमा अभिवृद्धिका लागि काम गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वजको लेखन तथा संकलन ‘स्वाभिमानका प्रतीक लीलाध्वज थापा’ विमोचन…

Read More

काठमाडौँ, १६ असारः मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो । मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अझै एक÷दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खास…

Read More

सन्तोष शर्मा झापा, १६ असारः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ, अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुनेछ ।” नेता भट्टाराईले दुई ठूला कम्युनिष्ट पार्टी एक भइसकेकाले अब साना कम्युनिष्ट पार्टीलाई पनि एकताको मूलधारमा ल्याइने बताउँदै समानुपातिकबाट तीन प्रतिशत र प्रत्यक्षबाट एउटा सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनसक्ने संवैधानिक व्यवस्था रहेकाले साना दललाई मिल्नुको विकल्प नरहेको विचार व्यक्त गर्नुभयो । “अब नेपालको राजनीति…

Read More

मोरङ, १६ असारः पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिनुभयो । यस्तै जिपिए ३.९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई ६० हजार, जिपिए ३.९ प्राप्त गर्ने कुसुम लिम्बूलाई ५० हजार, जिपिए ३.८५ ल्याउने विवेक दुलाललाई २५ हजार र जिपिए ३.७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई १५ हजार प्रदान गरिएको थियो ।

Read More

झापा, १६ असार ः झापामा राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । १५ औं राष्ट्रिय धान दिवसलाई विभिन्न तरिकाले मनाएको पाइएको छ । कतै आधुनिक मेसिनबाट धान रोपेर त कतै, गलामा धानको विउको माला लगाई दिवस मनाइएको देखियो । धान दिवसमा दहि चिउरा खाने प्रचलन छ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइदै आएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजना धान सुपर जोन बनियानी झापाले ‘धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि’ नाराका साथ १५ औं राष्ट्रिय धान दिवस कचनकवलमा मनाएको छ । कृषिमा यान्त्रिकरण मार्फत् उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा रहेको सुपरजोनले प्रदेशसभा संसद…

Read More

बनियानी, झापा, १६ असारः झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुवैतर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केबल चुडिएपछि बिहीबारदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका बरिष्ठ इन्जिनियर सुधिरकुमार शर्माले जानकारी दिनुभयो । उहाँ अनुसार तीन ठाउँमा प्राइमरी केबल चुडिँदा १२ सय थान लेण्डलाइन टेलिफोन लाइन अवरुद्ध भएको छ । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ’, उहाँले भन्नुभयो, ‘मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयत्न गरिरहेका छौँ ।’ टेफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुडिएको टेलिकम बिर्तामोडका…

Read More

रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सकिएर १६ देश नकआउट चरणका लागि छनोट भएका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन्। यसरी नकआउट चरणमा प्रवेश गर्नेमा एसियाली देश जापानसमेत छ भने बाहिरिनेमा सन् २०१४ को विश्वकप विजेता जर्मन पनि छ। विश्वकपका लागि ३२ टिम छनोट भएका थिए। ३२ देश ८ समूहमा विभाजन गरिएका थिए र उनीहरूले समूहका एक अर्काविरुद्ध तीन तीन खेल खेलेर शीर्ष दुईमा रहेका नकआउटमा पुगेका हुन् भने समूहको पुछारमा रहेका दुई टिम बाहिरिएका हुन्। अब विश्वकप खेल नयाँ चरणमा पुगेको छ। नकआउट चरणमा एक खेल हार्ने टिम स्वतः विश्वकपबाट बाहिरिनेछ। नकआउट चरणमा एक…

Read More

विराटनगर, १५ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्षभित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ र ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा तथा जर्मन सरकारको सहयोगमा आज आयोजित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको उद्घाटन गर्दै उनले अँध्यारोमुक्त प्रदेश बनाउन सरकारले नवीकरणीय ऊर्जाको सबै स्रोत उपयोग गर्ने बताए । नेपालको ग्रामीण तथा विकट क्षेत्रमा उज्यालो पु¥याउन नवीकरणीय ऊर्जाको निकै महत्व रहेको भन्दै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताए । प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री हिक्मत कार्कीले प्रदेशलाई अगामी तीन वर्षभित्रै उज्यालो प्रदेश…

Read More